Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » आरोपितलाई निलम्बन गरी खोप अनियमितता काण्ड छानबीन गर्न पाँच दलको आग्रह
    समाचार

    आरोपितलाई निलम्बन गरी खोप अनियमितता काण्ड छानबीन गर्न पाँच दलको आग्रह

    कनकाई खबरBy कनकाई खबर२०७८ श्रावण १६, शनिबार १३:२५ गते2 Mins Read

    बिर्तामोड \ बिर्तामोड नगरपालिकाको खोप अनियमितता सम्बन्धी घटनाका दोषीलाई तत्काल सेवाबाट निलम्बन गरेर आवश्यक अनुसन्धान गरी घटनाको अध्ययन अनुसन्धान गरी कारबाही गर्न झापाका पाँच राजनीतिक दलले माग गरेका छन् ।

    नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, नेकपा माओवादी केन्द्रका सचिव मणिकुमार राई, जनता समाजवादी पार्टी नेपालका झापा अध्यक्ष दिपेनबाला राई, राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशव ओझा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष सन्तोषकुमार राईले संयुक्त प्रेस विज्ञप्ति निकालेर सो माग गरेका हुन् ।

    सर्वसाधारणले खोप लगाउन नपाउने तर होटलमा लुकाएर राखेको घटना निन्दनीय, अमानवीय र अक्षम्य अपराध भएकोले सो घटनाप्रति खेद व्यक्त गर्दै उनीहरुले कारबाहीको माग गरेका हुन् ।

    घटनाको सत्यतथ्य बाहिर नआएसम्म स्वास्थ्य कार्यालय झापाका प्रमुख र बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका कोरोना फोकल पर्सन खड्कालाई निलम्बन गर्न समेत विज्ञप्तिमार्फत माग गरिएको छ ।

    ‘तत्काल स्वास्थसेवा बाहेकका ब्यक्तित्वको सहभागितामा उच्चस्तरीय छानबिन समिति बनाएर झापामा खोप सञ्चालनका क्रममा भएका विकृति, विसंगति र अनियमितताको अनुसन्धान गरेर दोषीमाथि कडा कानूनी कारबाही गर्न डिसिएमसीका अध्यक्षसँग जोडदार माग गर्दछौं’– पाँचदलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    ‘होटलमा खोपसहित पक्राउ परेका र होटलमा खोप ल्याइएको विषयमा विरोधाभाषपूर्ण अभिब्यक्ति दिएका बिर्तामोडका औषधि ब्यवसायीसमेत रहेका ओम खड्कालाई घटनाको छानवीन पूरा नभई प्रहरीले छाड्नुले थप शंका उत्पन्न गराएको उनीहरुको जिकिर छ । आरोपितलाई तत्काल नियन्त्रणमा लिई शंकास्पद ब्यक्तिहरुको कल डिटेलसमेतको आधारमा अनुसन्धान अगाडि बढाउन र दोषीउपर कडा कारबाही गर्न हामी जोडदार माग गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.