Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापाका पालिकामा खोप अभियान, कनकाईमा अभियान सफल पार्न अन्तरक्रिया ( कुन वडाको खोप केन्द्र कहाँ ? पूरा समाचार पढ्नुहोस )
    समाचार

    झापाका पालिकामा खोप अभियान, कनकाईमा अभियान सफल पार्न अन्तरक्रिया ( कुन वडाको खोप केन्द्र कहाँ ? पूरा समाचार पढ्नुहोस )

    कनकाई खबरBy कनकाई खबर२०७८ श्रावण १४, बिहीबार १६:११ गते4 Mins Read

    कनकाई खबर / कोरोना भाइरसको संक्रमण तिव्र रुपमा बढेसँगै झापाका सबै पालिकामा खोप अभियान सञ्चालन भएका छन् ।

    झापामा भेरोसिल पहिलो डोज ६२ हजार ५ सय ६२ जनालाई पुग्ने गरी उपलब्ध भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार कनकाईमा ३ हजार ९६ जनालाई पुग्ने गरी खोपको मात्रा व्यवस्थापन गरिएको छ । त्यस्तै झापा गाउँपालिकामा २ हजार जनालाई पुग्नेगरी खोपको मात्रा तय गरिएको बताइएको छ । झापामा प्राप्त भएको पहिलो डोजको मात्रामध्ये मेचीनगरमा सबैभन्दा बढी ८ हजार ७ सय १६ डोज उपलब्ध भएको छ । बिर्तामोडका लागि ७ हजार ६ सय ७९ डोज, दमकका लागि ६ हजार ३ सय ९७ तथा भद्रपुरका लागि ६ हजार १ सय ४३ डोजको मात्रा खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत ईश्वरी पौडेलले जानकारी दिएका छन् ।

    जिल्लास्थित खोप केन्द्रहरुबाट खोप अभियान सञ्चालन भएको स्वास्थ्य कार्यालय झापाका खोपअधिकृत पौडेलले जानकारी दिए । खोप अधिकृत पौडेलले दिएको जानकारी अनुसार झापामा डिसीएमसीको बैठकले साउन १२ गते मंगलबारदेखि १५ गते शुक्रबारसम्म खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । तर केही स्थानीय पालिकाहरु कोरोनाका कारण बन्दाबन्दी भएपछि त्यहाँको खोप कार्यक्रमको मिति केही फेरबदल भएको बताइएको छ । हाल नियमित खोप सञ्चालन भइरहेका पालिकाहरु गौरादह, कनकाई, शिवसताक्षी, झापा, कमल र गौरीगञ्ज गाउँपालिकामा भने सात दिन भित्रमा खोप लगाउने व्यवस्था मिलाइएको छ ।

    कनकाई नगरपालिकामा भने यहि साउन १७, १८ र १९ गतेकालागि खोपको मिति तय गरिएको नगरपालिकाले जनाएको छ । कनकाई नगरपालिकामा तपशिल अनुसारको मिति तथा खोप केन्द्रहरुमा तोकिएको लक्षित समुहका ५५ वर्ष माथिका नागरिकहरुलाई कोभिड विरुद्धको भेरोसिल खोप लगाइने कार्यक्रम रहेको बताइएको छ । यो पटक खोप लगाइने उमेर समुहमा ५५ बर्षमाथिका सबै नागरिक रहेका छन् ।

    यसका साथै शिक्षक, कर्मचारी, प्राध्यापक, सार्वजनिक यातायातका चालक÷सहचालक, अत्यावश्यक सेवाका ब्यक्तिहरु, विदेश जान भिषा लागेका नागरिक, पेट्रोलियम पदार्थमा फ्रन्टलाईनमा काम गर्ने कर्मचारी, भन्सार एजेन्टहरु, उद्योग वाणिज्य संघका पदाधिकारी, निर्माण व्यवसायी संघका कर्मचारी, वित्तिय संस्थामा क्याँस डेलिभरी फाँटमा कार्यरत कर्मचारी, सुरक्षा गार्डहरुलाई खोप प्रदान गरिने स्वास्थ्य कार्यालले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

    कनकाई नगर क्षेत्रमा यस पटक संचालन हुने खोप अभियानलाई व्यवस्थित गर्दै लक्षित वर्ग सम्म खोप कार्यक्रम सफल बनाउँन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सरोकारवालाहरुसँग अन्तरक्रिया थालेका छन् । आज विहिबार कनकाई ३ स्थित वडा कार्यालयमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख पोखरेलले आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै खोपलाई सफल र व्यवस्थित गर्ने कार्यमा सहयोग गर्न सम्वन्धित सवैलाई अनुरोध गरेका छन् ।

    १. खोपकेन्द्र अनुसारको कार्यक्रम तालिका निम्नानुसार छ :
    २०७८ को साउन १७ गते वडा नं.८ र ९ का लागि घैलाडुवा स्वास्थ्य चौकी, वडा नं.३ का लागि सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र र वडा नं.१ र २ का लागि कनकाई नगरपालिकाको कार्यालय भवनमा विहान १०ः३० बजेदेखि दिउँसो ३ः३० बजे सम्मलाई खोपकेन्द्रको व्यवस्थापन गरी समय सिमा निर्धारण गरिएको कनकाई नगरपालिकाले जारी गरेको सुचनामा जनाइएको छ ।
    त्यस्तै साउन १८ गते वडा नं. ४ कालागि सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं.५ का लागि कनकाई ५ को वडा कार्यालय साथै वडा नं.६ र ७ का लागि कनकाई नगरपालिकाको कार्यालय भवनलाई खोप केन्द्र व्यवस्थापन गरिएको बताइएको छ । यसका साथै लक्षित समूहका लागि साउन १९ गते कनकाई नगरपालिकाको कार्यालय भवनमा खोप केन्द्र तोकिएको नगरपालिकाको सुचनामा जनाइएको छ ।

    २. खोप कार्यक्रमको लक्षित समूह निम्नानुसार हुनेछ :
    क. हाल सम्म कोभिड विरुद्धको कुनै पनि खोप नलगाएका ५५ वर्ष वा सो भन्दा वढी उमेर समुहका नागरिकहरु
    ख. हाल सम्म कोभिड विरुद्धको कुनैपनि खोप नलगाएका शिक्षक, कर्मचारी तथा प्राध्यापकहरु
    ग. हाल सम्म कोभिड विरुद्धको कुनैपनि खोप नलगाएका सार्वजानिक यातायातका चालक÷ सहचालकहरु
    घ. हाल सम्म कोभिड विरुद्धको कुनैपनि खोप नलगाएका फ्रण्टलाइनमा काम गर्ने तथा अत्यावश्यक सेवामा कार्यरत जनशक्तिहरु
    ङ. हाल सम्म कोभिड विरुद्धको कुनैपनि खोप नलगाएका विदेश जानका लागि भिसा लागि सकेका नागरिकहरु
    च. हाल सम्म कोभिड विरुद्धको कुनैपनि खोप नलगाएका पेट्रोलियम व्यवसायमा अग्रपङ्तिमा काम गर्ने व्यक्तिहरु
    छ. हाल सम्म कोभिड विरुद्धको कुनैपनि खोप नलगाएका भन्सार एजेण्टहरु, उद्योग वाणिज्य संघका पदाधिकारीहरु, निर्माण व्यावसायी संघका पदाधिकारीहरु, नेपाल रेडक्रस सोसाइटीका स्वयमसेवकहरु, वित्तिय संस्थाहरुको क्यास काउण्टरमा काम गर्नेहरु तथा सुरक्षा गार्ड लगायत रहेका छन् ।

    खोप लगाउन आउदा ५५ वर्ष वा सो भन्दा वढी उमेर समुहका नागरिकहरुले नागरिकता र अन्य लक्षित समुहका महानुभावहरुले सम्वन्धीत कार्यालय÷ संस्थाले जारी गरेको परिचय पत्र अनिवार्य रुपमा ल्याउनु पर्नेछ अन्यथा खोप सेवा नपाउँने जनाइएको छ ।
    यस अघि कोभिसिल्ड ( इण्डियन भ्याक्सिन) को पहिलो मात्रा लगाएका व्यक्तिहरुकालागि यसपटक पनि खोप सेवा उपलव्ध नभएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.