कनकाई खबर \ झापाका चर्चित मानव अधिकारकर्मी तथा पूर्वाञ्चल दैनिकका स्तम्भकार विष्णुप्रसाद खरेललाई पितृशोक परेको छ ।
खरेलका पिता कनकाई ३ सुरुङ्गा निवासी बालुराम खरेलको बुधबार ८९ वर्षको उमेरमा निधन भएको स्वर्गवासी खरेलका पारिवारिक सदस्य एवम् सञ्चारकर्मी चूडामणि तिम्सिनाले जानकारी दिए । स्वर्गीय खरेल लामो समयदेखि फोक्सो र मुटुको समस्याबाट पीडित थिए । वशिष्ठ आश्रम खरेल प्रबद्र्धन समिति नेपालका संस्थापक समेत रहेका खरेल सामाजिक अगुवाका रुपमा सुरुङ्गामा परिचित थिए । खरेलको बुधबार नै हिन्दु परम्परा अनुसार कनकाई घाटमा अन्तिम संस्कार गरिएको छ ।
परमधामवासी खरेलका छोराहरु विष्णुप्रसाद, नीलम र कमल तथा छोरीहरु देवीमाया ओली, भीमाकुमारी नेपाल र विष्णुमाया घिमिरे रहेका छन् ।
कमेन्टस्