Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोरोनालाई परास्त गर्ने नयाँ टिप्सका बारेमा कनकाईमा बहस सुरु (भिडियो सहित)
    भिडियो

    कोरोनालाई परास्त गर्ने नयाँ टिप्सका बारेमा कनकाईमा बहस सुरु (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७८ श्रावण १२, मंगलवार ०४:४९ गते3 Mins Read

    कनकाई खबर / कोरोना संक्रमणको दोस्रो लहरसँगै जटिल बन्दै गएको मानव स्वास्थ्यलाई कसरी सहज बनाउँन सकिन्छ भन्ने विषयमा कनकाई नगरमा अन्तरक्रियामूलक बहस सुरु भएको छ ।
    नगरवासीको स्वास्थ्यका विषयमा गम्भिर बन्दै आएका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरभित्रका टोल समितिहरुसँग अन्तरक्रियामूलक बहस सुरु गरेका हुन् ।

    कोरोनाको अवस्थाका बारेमा वडास्तरीय टोल समितिहरुसँग जानकारी लिँदै नगर प्रमुख पोखरेलले सुरुवात गरेको कार्यक्रममा कोरोना संक्रमणको अवस्था, सचेतना तथा न्युनिकरणका विषयमा छलफल भएको बताइएको छ । झापा गाउँपालिकासँग सिमा जोडिएको नगरको ग्रामिण क्षेत्रमा रहेको वडा नंं.५ साथै वडा नं.४ मा पहिलो चरणको कार्यक्रम संचालन भएको नगर प्रमुख पोखरेलले बताएका छन् । सम्बन्धित वडाका वडाअध्यक्षबाट सहजीकरण भएको कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँसहित कार्यपालिका सदस्य सावित्रा बर्देवा लगायत वडासमितिका सदस्यहरुको समेत सहभागिता रहेको बताइएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले कोरोना संक्रमणको अवस्थाका बारेमा आफ्नो अनुभव सुनाउँदै सहभागीहरुलाई कोरोना संक्रमणको त्रासबाट निराश नबन्न अनुरोध गरेका छन् । हाल सम्म कनकाई नगर क्षेत्रमा कोरोनाका कारण २९ जनाको निधन भएको जानकारी गराउँदै नगर प्रमुख पोखरेलले निधन हुनेहरु मध्ये केही दीर्घरोगी र बुढ्यौलीको मुख्य कारण रहेको जानकारी दिएका छन् ।
    संक्रमणकालिन अवस्थामा निराश भएर आत्मबल कमजोर बनाउँनु भन्दा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै वडावासीमा सचेतना जगाउँने कार्यमा थप सक्रिय रहन नगर प्रमुख पोखरेलले टोलसमितिका पदाधिकारीलाई सुझाव दिएका छन् । वडामा स्वयंसेवकका रुपमा क्रियाशिल रहेका टोलसमितिका पदाधिकारीहरु साथै समाजमा अग्र भागमा रहेका विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरुलाई समेत कोरोना विरुद्धको खोप लगाउँने कार्यमा चासो राख्न नगर प्रमुख पोखरेलले सुझाव दिएका छन् ।

    कोरोना संक्रमणलाई न्युनिकरण गर्ने कार्यमा अन्य पालिकाको तुलनामा कनकाई नगरपालिकाले कुनै पनि कन्चुस्याईँ नगरेको प्रष्ट पार्दै नगर प्रमुख पोखरेलले कोरोनाका कारण हुने मृत्युलाई पूर्ण रुपले रोकथाम गर्ने कार्यमा नगरमा क्रियाशिल राजनितीक दल, सरोकारवाला विभिन्न संघसंस्था, समाजसेवी, उद्योगी, व्यवसायी, सुरक्षाकर्मी, संचारकर्मी सबैमा विशेष अनुरोध गरेका छन् ।
    विभिन्न उमेर समुह र सेवा क्षेत्रमा रहेका नगरवासीकालागि विभिन्न चरणमा आएको कोरोना विरुद्धको खोप नगरपालिकाबाट वितरण भइरहेको बताउँदै नगर प्रमुख पोखरेलले नगरवासीकालागि खोप अनिवार्य गर्न माथिल्लो निकायसँग आँफूले पहल गरिरहेको बताएका छन् । एकैपटकमा खोपको मात्रा धेरै नआउँने भएकाले विभिन्न चरणमा आएको सिमित खोपलाई क्रमिक रुपले वितरण गर्दै लगेको नगर प्रमुखले प्रष्ट पारेका छन् ।

    कनकाई नगरको वडा नं. ५ मा २४ वटा साथै वडा नं.४ मा १५ वटा क्रियाशिल टोल समितिका संयोजकहरुको उपस्थितीमा सम्बन्धित वडा कार्यालयमै संचालन भएको अन्तरक्रियामूलक कार्यक्रममा नगर प्रमुख पोखरेलले नगरपालिकाको स्वास्थ्य सेवाका विषयमा केही संचार माध्यम मार्फत उठेका सवालको समेत जवाफ दिएका छन् । कनकाई नगरवासीसहित आसपासका सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रविधिसहितको विशेषज्ञ सेवा संचालनकालागि आवश्यक पूर्वाधारको व्यवस्थापनमा रहेको नगर अस्पताल संचालन हुन नदिने विभिन्न षड्यन्त्र भइरहेको प्रतिक्रिया दिँदै नगर प्रमुख पोखरेलले भ्रमको पछि नलाग्न सम्बन्धित सबैलाई अपिल गरेका छन् । कनकाई नगरपालिकाको नेतृत्वमा जोकोही पनि आउँन सक्छ तर मानवीय स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य अस्पताल सबै पक्ष र समुदायको साझा सम्पत्ति भएकाले यसलाई राजनितीकरण नगर्न नगर प्रमुखले सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

    टोल समितिसँग भएको अन्तरक्रियामूलक वडा नं.५ को कार्यक्रममा वडाअध्यक्ष कृष्णवहादुर राईले सहजीकरण गरेका थिए । कार्यक्रममा वडास्तरीय टोल विकास संस्थाका संयोजकहरु प्रदिप उप्रेती, गंगाराम अधिकारी, तिलकवहादुर बस्नेत, गोविन्द कार्की, डिल्लीराम उप्रेती, छत्रबहादुर चौहान, तपनकुमार मण्डल, वडाका सहजकर्ता सुरेशकुमार गौतम लगायतले आ—आफ्नो धारणा राखेका थिए ।
    त्यस्तै नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं. ४ का वडाअध्यक्ष गोविन्द पौडेलले सहजीकरण गरेको कार्यक्रममा वडास्तरीय टोलविकास संस्थाका संयोजकहरु दुर्गाप्रसाद चापागाईँ, डिल्लीराम भुर्तेल, ईन्द्रध्वज कार्की, खगेन्द्र अधिकारी, बुद्धिप्रसाद सुवेदी, नेत्रप्रसाद भट्टराई लगायतले नगरप्रमुख र उपप्रमुखलाई वडामा भएका समस्याका बारेमा आ—आफ्नो धारणा राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.