Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेकपाका संस्थापक सदस्य कर्माचार्यको स्मृतिमा खाद्य सामाग्री वितरण(भिडियो सहित)
    भिडियो

    नेकपाका संस्थापक सदस्य कर्माचार्यको स्मृतिमा खाद्य सामाग्री वितरण(भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७८ श्रावण १०, आईतवार ०५:५१ गते2 Mins Read

    कनकाई खबर / नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवसका अवसरमा झापामा विविध कार्यक्रम सम्पन्न भएको छ ।

    नेता कर्माचार्यले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको सम्मानमा उहाँको व्यक्तित्व र आदर्शलाई आत्मसाथ गर्दै झापाको विर्तामोडमा स्थापना गरिएको नरवहादुर कर्माचार्य स्मृत्ति प्रतिष्ठान मार्फत सामाजिक क्षेत्रमा महत्वपूर्ण काम हुँदै आएको बताइएको छ । यसै क्रममा प्रतिष्ठानले स्वर्गीय कर्माचार्यको स्मृतिमा झापाको कनकाई ४ स्थित पुकार अपाङ्ग अशक्त समाजको संरक्षणमा रहेका शारिरीक रुपमा अशक्त वालवालिकाहरुलाई खाद्य सामाग्री वितरण गरेको छ ।

    नेकपा माओवादीका १ नं. प्रदेश कमिटि सदस्य समेत रहनुभएका प्रतिष्ठानका अध्यक्ष ज्योतिसिंह दर्लामी, सचिव जयप्रसाद भट्टराई सहित संविधान सभा सदस्य मोहन टुडु, विर्ता जेसीजका पूर्व अध्यक्ष यामकुमार खड्का, समाजसेवी देवेन्द्र खरेल, उमाकान्त माझी लगायतको उपस्थितीमा दाल, चामल, नुन तेल, चिउरा, भुजा जस्ता दैनीक उपभोग्य खाद्य सामाग्री संस्थाकी संरक्षक निर्मला ओझा मार्फत वालवालिकालाई हस्तान्तरण गरिएको बताइएको छ । संस्थामा रहेका १७ जना अशक्त वालवालिकालाई थोरै भएपनि सहयोग पुर्याउँने उद्येश्यले प्रतिष्ठानका पदाधिकारीहरु अपाङ्ग अशक्त वालवालिकाको संरक्षण स्थलमै गएर पहिलो चरणको सहयोग सामाग्री हस्तान्तरण गरेको प्रतिष्ठानका सचिव जयप्रसाद भट्टराईले जानकारी दिनुभएको छ।

    स्व.नेता कर्माचार्यको समाजप्रतिको योगदानलाई चिरस्थायी बनाउँनकालागि प्रतिष्ठानले प्राविधिक व्यवसायिक शिक्षाको विकास गरी समुन्नत नेपाल बनाउँने महान लक्ष्य लिएको बताइएको छ । प्रतिष्ठानद्वारा संचालित बहुप्राविधिक शिक्षालयमार्फत कृषिमा आधुनिकिकरण गर्दै यसलाई व्यवसायीक बनाएर उत्पादनमा वृद्धि गरी बढ्दो जनसंख्यालाई सुनिश्चित गर्ने प्रयासमा प्रतिष्ठान क्रियाशिल रहेको संस्थाका अध्यक्ष दर्लामीले बताउँनुभएको छ ।

    प्रतिष्ठानले झापामा स्नातक साथै प्रमाण पत्र तहका तीनवटा शैक्षिक कार्यक्रम क्रमशः बालि विज्ञान, पशु विज्ञान र वन विज्ञान तर्फका तीन वर्षे प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिइभिटी सानोठिमी भक्तपुरसँगको संयुक्त साझेदारीमा स्थापित गरी पठनपाठन भइरहेको प्रतिष्ठानका अध्यक्ष दर्लामीले जानकारी दिनुभएको छ ।
    यस्तै संविधान सभा सदस्य मोहन टुडुले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यले कम्युनिस्ट आन्दोलनमा गरेको योगदान र मार्ग दर्शनलाई आत्मसाथ गर्दै अघि बढ्न सकेमा उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउँनुभएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.