Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरपालिका क्षेत्र एक हप्ताकालागि शिल, हालसम्म २८ को निधन
    समाचार

    कनकाई नगरपालिका क्षेत्र एक हप्ताकालागि शिल, हालसम्म २८ को निधन

    कनकाई खबरBy कनकाई खबर२०७८ श्रावण ८, शुक्रबार १३:३५ गते2 Mins Read

    कनकाई खबर / कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिएको भन्दै कनकाई नगरपालिकाको कार्यालयले अत्यावश्यक सेवा बाहेक नगर क्षेत्रलाई एक हप्ताकालागि शिल गरेको छ ।

    कनकाई नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण समितिको आज शुक्रवार बसेको बैठकको निर्णयानुसार भोली साउन ९ गते शनिवार राती १० बजेदेखि साउन १६ गते शनिवार राती १० बजे सम्मकालागि सम्पूर्ण वडाहरु पूर्ण रुपमा बन्दाबन्दी(शिल) गरिएको कनकाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद मिश्रद्वारा हस्ताक्षर गरिएको नगरपालिकाबाट जारी सुचनामा जनाइएको छ ।

    बन्दाबन्दीको समयमा नगरभित्रका अत्यावश्यक सेवा बाहेक सबै किसिमका पसल तथा व्यवसायहरु, बैंक तथा वित्तिय संस्थाबाट दिइँदै आएको सम्पूर्ण सेवाहरु बन्द गरिएको बताइएको छ । बन्दाबन्दीको समयमा जारी सुचनालाई उल्लंघन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजीम कार्वाही हुने जनाइएको छ । बन्दाबन्दीको समयमा स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्ण रुपमा पालना गर्न गराउँन मातहतका सम्पूर्ण निकायलाई समेत अनुरोध गरिएको बताइएको छ ।

    कनकाई नगर क्षेत्रमा कोरोना संक्रमणका कारण पहिलो लहरमा २ सय ५४ जना संक्रमित भएका थिए भने दोस्रो लहरमा हालसम्ममा ८ सय २६ जना गरी जम्मा १ हजार ८० जना नगरबासी संक्रमित भइसकेको कनकाई नगरका कोरोना फोकल पर्सन नारायण अधिकारीले जानकारी दिए । उनका अनुसार हलसम्ममा डिस्चार्ज हुनेको संख्या ८ सय ४३ जना र होमआइसोलेशनमा २ सय ६ जना रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखालाई जानकारी भएसम्म हाल विभिन्न अस्पतालमा तीनजनाको उपचार भइरहेको फोकल पर्सन अधिकारीले कनकाई खबरलाई जानकारी दिए ।

    पहिलो लहरमा ४ पुरुष र २ महिला सहित ६ जनाको कोरोना संक्रमणका कारण निधन भएको बताइएको छ । त्यस्तै दोस्रो लहरको हालसम्म ५ महिलासहित १७ पुरुष गरी २२ जनाको निधन भएसँगै कोरोना भाइरसका कारण हालसम्ममा जम्मा २८ जना नगरवासीको निधन भइसकेको बताइएको छ ।

    Advertisement :

    This image has an empty alt attribute; its file name is ok-final-animation.gif
    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.