Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बिएन्डसी अस्पतालमा अत्याधुनिक ल्याब संचालनमा
    समाचार

    बिएन्डसी अस्पतालमा अत्याधुनिक ल्याब संचालनमा

    कनकाई खबरBy कनकाई खबर२०७८ श्रावण ५, मंगलवार ०४:२६ गते2 Mins Read

    कनकाई खबर / झापाको विर्तामोडस्थित बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटल साथै पूर्वाञ्चल क्यान्सर अस्पतालमा अत्याधुनिक प्रयोगशाला(ल्याब) संचालनमा आएपछि सबै किसिमका क्यान्सर रोगीहरुले भरपर्दो उपचार सेवा पाउँन थालेका छन् ।

    अस्पतालले विश्वस्तरीय प्रयोगशाला संचालनमा ल्याएको जानकारी दिँदै बिएन्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले अब सबै किसिमका क्यान्सरका रोगीहरुको उपचार सेवा बिएन्डसीमै सहज हुने बताए ।

    अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यकारी निर्देशक प्रसाईंले अत्याधुनिक ल्याब सञ्चालनमा ल्याइएको जानकारी दिए । ल्याब संचालनमा आएपछि अब जटिल किसिमका रोग पत्ता लगाउन साथै उपचार सेवाकालागि समेत सेवाग्राहीले टाढा जानु नपर्ने बताइएको छ । समयमै रोगको पहिचान हुन नसक्दा उपचारकै अभावमा मानिसको ज्यान जाने गरेको दृष्टान्त बताउँदै अस्पतालका कार्यकारी निर्देशक प्रसाईले सबै किसिमका रोगको पहिचान साथै उपचार सेवाकालागि एक पटक बिएन्डसी अस्पताललाई समयमै सेवा गर्ने अवसर प्रदान गर्न सम्बन्धित सबैलाई अनुरोध गरेका छन् ।
    विश्वस्तरीय अत्याधुनिक उपकरण साथै त्यत्तिक्कै दक्ष जनशक्ति भएका कारण उपचार सेवाकालागि भारत लगायत अन्य मूलुकमा जानु नपर्ने भन्दै अस्पतालका प्याथोलोजिष्ट डा.उज्वल राईले विश्वका अन्य ल्याबमा परीक्षण गरिने सबै प्रकारका रोग बिएन्डसीमा भएको ल्याबबाट छोटो समयमै पत्ता लगाउन सकिने जानकारी दिए ।

    अस्पतालमा फाइन निडल अस्पिरेसन साइटोलोजी (एफएनएसी) र बायोप्सी परीक्षण गर्न सकिने डा. राईले जानकारी दिए । फोक्सो लगायत शरीरका भित्री अंगमा सुइको माध्यमबाट क्यान्सरजस्ता जटिल रोग पत्ता लगाउन एफएनएसी परीक्षण हुने गरेको बताइएको छ ।

    बिएन्डसीबाटै हुँदै आएको बायोप्सी परीक्षण पनि थप अत्याधुनिक र स्तरीय बनाइएको डा. राईले जानकारी दिए ।
    अत्याधुनिक ल्याबको अभावमा रोगको पहिचान हुन नसकेर धेरै बिरामीको उचित समयमा राम्रो उपचार हुन नपाउँदा ठूलो धनराशी खर्च हुने गरेको कुरालाई मध्यनजर गर्दै बिएन्डसीले विश्वस्तरीय ल्याब स्थापना गरेर सञ्चालनमा ल्याएको अस्पतालका जनसम्पर्क अधिकारी प्रोमिश गिरीले जानकारी दिए ।

    Advertisement :

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.