Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शहिद डिल्ली गौतमको स्मृत्तिमा वृहत वृक्षरोपण (भिडियो सहित)
    समाचार

    शहिद डिल्ली गौतमको स्मृत्तिमा वृहत वृक्षरोपण (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७८ श्रावण ४, सोमबार १६:२९ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाईमा शहिद डिल्ली गौतमको स्मृत्तिमा वृहत वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

    २०५० सालको साउन ४ गतेका दिन देशव्यापी रुपमा भएको मजदुर आन्दोलनमा राज्य पक्षबाट भएको दमनका क्रममा प्रहरीको गोली लागी गौतमको निधन भएको थियो । झापाको दमकमा ज्यान गुमाएका शहिद गौतमको २८ औं स्मृत्ति दिवसको अवसरमा वृक्षरोपण गरिएको हो ।

    पूर्वकै पर्यटकीय क्षेत्र जामुनखाडी सिमसार क्षेत्रमा भएको वृक्षरोपणमा विभिन्न जातका ५ सय विरुवा रोपण गरिएको आयोजक संस्था शहिद डिल्ली गौतम स्मृत्ति प्रतिष्ठान कनकाईका अध्यक्ष रविन्द्र लम्सालले बताएका छन् ।

    हरेक वर्ष रक्तदान, सम्मान लगायतका विभिन्न कार्यक्रम गर्दै आएको भएपनि चार महिना अघि मात्र २०७७ को चैत २६ गतेका दिन मन्त्रि परिषदको निर्णयबाट राष्ट्रिय शहिद घोषणा भएका गौतमको स्मृत्तिमा यस पटक वृक्षरोपण गरिएको बताइएको छ ।

    देश र जनताको निम्ती आफ्नो ज्यानको आहुती दिएका गौतमको लामो समयपछि राष्ट्रिय शहिद घोषणा भएकोमा शहिद गौतमकी आमा पुण्यवती गौतम, श्रीमति देवका गौतम लगायत परिवारका तर्फबाट तत्कालिन सरकारका प्रधानमन्त्री के.पी.शर्मा ओलीप्रति खुशी व्यक्त गरिएको छ । शहिद गौतमको स्मृत्तिमा भएको वृक्षरोपणलाई थप व्यवस्थित गर्दै वृक्षरोपण स्थलमा शहिद गौतमको शालिक स्थापना गरी डिल्ली स्मृत्ति बाटिकाको स्थापना गरिने योजना रहेको बताइएको छ ।

    नेकपा एमाले कनकाई नगर कमिटीका अध्यक्ष समेत रहेका प्रतिष्ठानका अध्यक्ष लम्सालको सभापतित्व एवम् प्रदेश सभा सदस्य हिराकुमार थापाको प्रमुख आतिथ्य रहेको वृक्षरोपणमा राष्ट्रिय युवा संघ नेपाल कनकाई नगर कमिटी, मदन स्मृत्ति स्पोर्टस एकेडेमी कनकाई साथै अनेम संघ कनकाई नगर कमिटीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको प्रतिष्ठानका सचिव विनोद राना मगरले जानकारी दिएका छन् ।

    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँ, कनकाई २ का वडाअध्यक्ष परशुराम गिरी, जामुनबारी सामुदायिक वन समूहका अध्यक्ष ख्यामराज सिटौला, मदन भण्डारी स्मृत्ति प्रतिष्ठानका झापा अध्यक्ष ज्ञानेन्द्र कुलुङ, राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य पर्वतराज भण्डारी, नेपाली कांग्रेस कनकाई नगर समितिका प्रतिनिधि दिपक खतिवडा लगायतले शहिदको स्मृत्तिमा भएको वृक्षरोपणको संरक्षण समेत हुन सकेमा शहिदप्रतिको सच्चा सम्मान हुने बताएका छन् ।

    Advertisement :

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Comments are closed.

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.