Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » संस्थापक महासचिव चन्द्र भण्डारीलाई प्रेस क्लब मेचीनगरको मानार्थ सदस्यता प्रदान
    समाचार

    संस्थापक महासचिव चन्द्र भण्डारीलाई प्रेस क्लब मेचीनगरको मानार्थ सदस्यता प्रदान

    कनकाई खबरBy कनकाई खबर२०७८ श्रावण २, शनिबार १६:१३ गते3 Mins Read

    मेचीनगर \ नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीलाई प्रेस क्लब मेचीनगरले मानार्थ सदस्यता प्रदान गरेको छ । शनिबार क्लबको कार्यालयमा सम्पन्न प्रेस क्लब मेचीनगरको लोगो अंकित टि—सर्ट सार्वजनिक तथा अन्तरक्रियात्मक कार्यक्रममा क्लबकातर्फबाट अध्यक्ष लक्ष्मी उप्रेतीले विधानले व्यवस्था गरे बमोजिम पत्रकार भण्डारीलाई क्लबको मानार्थ सदस्यता प्रदान गर्नुभएको थियो ।

    क्लबको विधानको अनुसूची ६ को दफा २ मा सञ्चार क्षेत्रमा लामो समय सेवा पुर्याएका समाजिक रुपमा स्थापित सञ्चारकर्मीलाई कार्य समितिको निर्णयबाट मानार्थ सदस्यता प्रदान गर्न सकिने व्यवस्था गरेको छ । झापा मेचीनगरका स्थायी वासिन्दा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव, अग्रज पत्रकार भण्डारी विर्तामोडबाट प्रशारण भइरहेको कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक हुनुहुन्छ ।

    कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका पत्रकार भण्डारीले सोहि अवसरमा प्रेस क्लब मेचीनगरको लोगो अंकित टि—सर्ट सार्वजनिक गर्नुभएको थियो भने क्लबको मानार्थ सदस्यसहित प्रेस क्लब मेचीनगरको लोगो अंकित टि—सर्ट पत्रकार भण्डारीलाई प्रदान गरिएको थियो । सो अवसरमा बोल्दैं पत्रकार भण्डारीले रहेक पत्रकारहरुले पत्रकार आचारसंहिताको पालना गर्न सुझाव दिनुभयो ।

    अहिले समाजमा पत्रकारलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दैं उहाँले हरेक पत्रकार आफ्नो जिम्मेवारप्रति इमान्दारितापुर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सिङ्गो समाज एउटा पत्रकारसँग किन डराउछ यस विषयमा हरेक पत्रकारले सोच्ने र गम्भीररुपमा ध्यान जानुपर्ने आवश्यकता औल्याउनुभयो । आफुलाई चौथो अंगका रुपमा हेर्ने पत्रकारहरुले के गर्नुहुन्छ के गर्नुहुदैंन आफैले ठम्याउने बेला आएको विचार उहाँको थियो ।

    मेचीनगरक्षेत्रमा राष्ट्रिय, क्षेत्रीय, प्रदेशलगायत जिल्लाकै नेतृत्व गर्न सक्ने पत्रकारहरु रहेको नगरभएकाले कुनै पनि समाचारलाई साना ठुला नभनी उठान गर्नुपर्ने उहाँको भनाई थियो । पत्रकार भण्डारी राष्ट्रिय राजनीति र दलकामात्र समाचार लेखेर नहुने भन्दैं आफ्नै गाउँ ठाउँका हरेक गतिविधिलाई समाचार बनाउन सकिने र समाचार खोज्नैका लागि अन्यत्र धाउनुपर्ने धारणा राख्नुभयो । पत्रकार भण्डारीले प्रेस क्लब मेचीनगरको भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा आफु लाग्ने भन्दैं क्लबका हरेक गतिविधिमा आफ्नो साथ सहयोग र उपस्थिती रहने प्रतिवद्घता व्यक्त गर्नुभयो ।

    कार्यक्रमको अध्यक्षता गदैं प्रेस क्लब मेचीनगरका अध्यक्ष उप्रेतीले २०७७ असोज १० गतेबाट जिम्मेवारी प्राप्त गरेको नयाँ नेतृत्वले अहिलेसम्म गरेका कार्यहरुका बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । उहाँले अहिले पनि क्लबले अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गर्दै कोभिड १९ को महामारीका कारण लक्ष्य अनुसार काम गर्न नसकेको प्रष्ट पार्नुभयो । क्लबकी कोषाध्यक्ष रीता दाहालले क्लवको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा बोल्दैं नेपाल पत्रकार महासघका पूर्व केन्द्रिय सदस्य मोहन काजीले क्लबले अहिलेसम्म गरेका गतिविधि प्रशंसा योग्य रहेको बताउनुभयो । क्लबका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलाले वर्तमान समय सूचना प्रविधिको भएकाले अव हरेक पत्रकार प्रविधिमैत्री नबन्ने हो भने आफ्नो पेशाबाट पलायन हुने अवस्था सिर्जनाहुने बताउदैं हरेक सञ्चारकर्मी प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो । निवर्तमान अध्यक्ष मुक्ति पौडेलले हरेक संञ्चारकर्मी एक आपसमा नफुटी हरेक साहेगाहे अवस्थामा एक भएर उभिनुपर्ने बताउनुभयो । उहाँले क्लवको भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा लाग्न समेत सवैलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा लेखक उज्वल प्रसाईं, प्रेस संगठन झापा अध्यक्ष झुलन रेग्मी, शिक्षासेवी विश्व थापालगायतले आ—आफ्नो धारणा तथा सुझाव प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमा बोल्दै उहाँहरुले क्लबले हरेक पत्रकारहरुको क्षमता अभिवृद्घिका लागि तालिम, पुस्तकालयलगायतका कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा क्लबका ३० जना सदस्यहरुलाई टि–सर्ट वितरण गरिएको क्लबका सचिवालय सदस्य विकास देवकोटाले जानकारी दिनुभयो । क्लबले विधान अन्तर्गत रही सदस्यता लिनका लागि मेचीनगरका सबै सञ्चारकर्मीहरुमा आग्रहसमेत गरेको छ । क्लवका सदस्य हरिकृष्ण भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव जीआर धितालले गर्नुभएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.