Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी पत्रकारिता पुरस्कार घोषणा गर्दै रोटरी र रोट्रयाक्ट क्लव सुरुङ्गाको पदहस्तान्तरण सम्पन्न
    समाचार

    रोटरी पत्रकारिता पुरस्कार घोषणा गर्दै रोटरी र रोट्रयाक्ट क्लव सुरुङ्गाको पदहस्तान्तरण सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०७८ श्रावण २, शनिबार ०३:२६ गते3 Mins Read

    कनकाई खबर / रोटरी क्लव अफ सुरुङ्गा साथै रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

    कोरोना महामारीका कारण केही मुख्य पदाधिकारीहरुको भौतिक उपस्थिती साथै अन्य पदाधिकारी एवम् प्रमुख अतिथी, अतिथीहरुलाई समेत भर्चुअल माध्यमबाट सहभागिता गराएर पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

    क्लवका अध्यक्ष सुशिलकुमार श्रेष्ठको अध्यक्षता एवम् रोटरीका डिस्ट्रिक गभर्नर सन्तोषप्रसाद रिजालको प्रमुख आतिथ्य रहेको पदहस्तान्तरण कार्यक्रममा डिस्ट्रिक गभर्नर रिजालले भर्चुअलको माध्यमबाट प्रमुख अतिथीको आतिथ्यता ग्रहण गरेका थिए ।

    रोटरी वर्ष २०२१/०२२ का लागि रोटरी क्लव अफ सुरुङ्गाको यस अघि नै सम्पन्न साधारण सभाबाट क्लवको अध्यक्षमा यस क्षेत्रका शिक्षासेवी सामाजिक व्यक्तित्व सुशिलकुमार श्रेष्ठ सर्वसम्मत भएका थिए । त्यस्तै रोट्रयाक्ट क्लवको समेत सम्पन्न साधारण सभाबाट यहाँका जुझारु युवा दिपेन ओली अध्यक्षमा सर्वसम्मत भइसकेका थिए ।

    सोही अवसरमा सुरुङ्गाको होटल डिलाइटमा सुक्रबार सम्पन्न संयुक्त पदहस्तान्तरण कार्यक्रममा रोटरी क्लव अफ सुरुङ्गाका संस्थापक अध्यक्ष एलपी उप्रेतीले वर्ष २०२१/०२२ का अध्यक्ष सुशिलकुमार श्रेष्ठलाई ग्याबल हस्तान्तरण गरेका थिए । त्यस्तै पूर्वअध्यक्ष कुमारमणि पोखरेलले अध्यक्ष श्रेष्ठलाई रोटरीयन पिन प्रदान गरेसँगै वर्ष २०२१/०२२ का लागि अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । क्लवका संस्थापक अध्यक्ष उप्रेतीले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई सपथ खुवाएका थिए भने अध्यक्ष श्रेष्ठले समितिलाई पूर्णता दिँदै सम्पूर्ण पदाधिकारीहरुलाई सपथ खुवाएका थिए ।

    त्यस्तै रोट्रयाक्ट क्लवका अध्यक्ष दिपेन ओलीलाई क्लवका संस्थापक अध्यक्ष डाक्टर मनिष उप्रेतीले क्लवको पिन साथै ग्याबल हस्तान्तरण गरेसँगै अध्यक्ष ओलीले पदभार ग्रहण गरेका हुन् । संस्थापक अध्यक्ष डाक्टर उप्रेतीबाट सपथ लिएका वर्ष २०२१/०२२ का अध्यक्ष ओलीले आफ्नो कार्यसमितिलाई पूर्णता दिँदै सपथ खुवाएका थिए ।

    सामाजिक क्षेत्रमा निस्वार्थ ढङ्गले सेवा गर्दै आएको अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लव अफ सुरुङ्गाको बर्ष उत्कृष्ट रोटरियनको रुपमा क्लवका उपाध्यक्ष लुवराज उप्रेतीलाई विशेष सम्मान गरिएको छ । क्लवका संस्थापक अध्यक्ष उप्रेती साथै पूर्व अध्यक्ष पोखरेलले क्लवका तर्फबाट यस क्षेत्रका युवा सामाजिक अभियन्ता उप्रेतीलाई सम्मान पत्र प्रदान गरेका थिए ।

    कोरोना संक्रमणको वर्तमान अवस्थामा प्रविधिको उच्चतम प्रयोग गर्दै सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष टिकाप्रसाद जमरकट्टेलले भर्चुअलको माध्यमबाट आफ्नो कार्यकालको प्रगतिप्रतिवेदन प्रस्तुत गरेका थिए । निवर्तमान अध्यक्ष कट्टेलको कार्यकालमा रोटरी क्लव अफ सुरुङ्गाले सामाजिक क्षेत्रमा महत्वपूर्ण छाप छोड्न सफल भएको थियो । कट्टेलकै कार्यकालमा रोटरीको भातृ संगठनका रुपमा रोट्रयाक्ट क्लव समेत गठन भई युवाहरुलाई समाज रुपान्तरणमा लाग्न प्रेरित गरिएको थियो । त्यस्तै वर्ष २०२१/०२२ का अध्यक्ष श्रेष्ठले आफ्नो नेतृत्वमा एक वर्षभित्रमा सम्पन्न गर्ने वार्षिक कार्ययोजनाको खाका प्रस्तुत गरेका थिए ।

    वार्षिक कार्ययोजना प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले यस वर्षदेखि रोटरी उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । सेवाको भावनाले मानव जीवनमा परिवर्तन ल्याउँने रोटरीको महान अभियानमा सहकार्य गर्दै रोटरीले गरेका गतिविधिहरुलाई संचारको माध्यबाट योगदान दिने एकजना पत्रकारलाई क्लवको पदहस्तान्तरण कार्यक्रममा नगद १५ हजार सहित सम्मान पत्रका साथ विशेष सम्मान गर्ने क्लवको निर्णय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । सुरुङ्गा रोटरीले गरेको यो घोषणा झापा जिल्लाकै रोटरी क्लवहरु मध्येको पहिलो कार्यक्रम भएको रोटरी क्लव अफ सुरुङ्गाका संचार संयोजक पत्रकार रामप्रसाद निरौलाले बताएका छन् ।

    पदहस्तान्तरण कार्यक्रममा रोटरी क्लव अफ विर्तामोड मिड टाउनका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल , प्रमुख अतिथि सन्तोष रिजालले भर्चुअलको माध्यमबाट शुभकामना मन्तव्य राख्दै सुरुङ्गा रोटरीले छोटो समयमा सामाजिक क्षेत्रमा गरेको पवित्र कार्यको प्रशंसा गरेका थिए ।

    क्लवका प्रेसिडेन्ट इलेक्ट खेमप्रसाद प्रसाईंले स्वागत तथा प्रेसिडेन्ट नोमिनी मोतिखर ओझाले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा क्लवकी सदस्य सुस्मा उप्रेतीले टोस्ट प्रकट गरेकी थिइन् । कार्यक्रमको संचालन रोटरी क्लव अफ सुरुङ्गाकी सचिव सरला दहाल पोखरेल र रोट्रयाक्ट सचिव सारिका गिरीले संयुक्त रुपमा गरेका थिए ।

    Advertisement :

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.