Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईको बजेट ७३ करोड, सार्वजनिक कार्यक्रममा पत्रकारसहित एकदर्जन सम्मानित
    समाचार

    कनकाईको बजेट ७३ करोड, सार्वजनिक कार्यक्रममा पत्रकारसहित एकदर्जन सम्मानित

    कनकाई खबरBy कनकाई खबर२०७८ श्रावण १, शुक्रबार ०१:२६ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले एक कार्यक्रमका विच आ.व. २०७८ \ ०७९ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

    कार्यक्रमका अवसरमा विभिन्न संचारको माध्यमबाट कनकाई नगर क्षेत्रको समग्र विकास निर्माणमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै कनकाई खबर साप्ताहिकका सम्पादक तथा प्रकाशक एवम् सुर्योदय टेलिभिजन साथै राष्ट्रिय समाचार समिति(रासस)का सम्वाददाता रामप्रसाद निरौलालाई नगदसहित कनकाई विकास पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।

    विगत लामो समयदेखि कनकाईबाट पत्रकारिता गर्दै आएका कनकाई प्रेस क्लवका अध्यक्ष समेत रहेका पत्रकार निरौलासहित महासंघ प्रदेश १ का सदस्य पत्रकार लिलाराज झापाली र आँगन एफएमका समचार बाचक चन्द्र बस्नेतलाई समेत सम्मान गरिएको बताइएको छ ।

    कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले ७३ करोड, ७१ हजार, ४ सय २० बराबरको सिमा भित्र रहेर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । नगरपालिकाले सार्वजनिक गरेको बजेटको प्राथमिक्तामा स्वास्थ्य र शिक्षाको गुणस्तर अभिवृद्धि, गरिव भूमि बिहिन तथा अशक्तमैत्री कार्यक्रम, रहेका छन् । त्यस्तै औधोगीकरण तथा युवा रोजगारीको अवसरमा वृद्धि, आर्थिक तथा सामाजिक विकासमा वृद्धि, भौतिक पूर्वाधार निर्माण एवम् स्तरोन्नती रहेका छन् । बजेटमा कृषिको आधुनिकीकरण, विशिष्टीकरण तथा व्यवसायीकरणमा प्राथमिक्ता दिइएको छ । लक्षित तथा विपन्न वर्गको सशक्तिकरण, सुरक्षित आवास र क्षमता विकास, सेवा प्रभावमा प्रभावकारिता र सुशासनमा प्राथमिक्ता दिइएको छ ।

    हरित, उज्यालो,मजदुर मैत्री, बन्द निषेधित र सुन्दर नगर साथै पर्यटकीय गन्तव्यहरुको उजागर गरी आर्थिक विकास, विपद् व्यवस्थापन तथा वातावरण संरक्षणका क्षेत्रलाई बजेटले प्राथमिक्ता दिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताएका छन् ।

    सोही अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने लगायत ७ जना नगरका विभिन्न तहका कर्मचारी सम्मानित भएका छन् । यसरी सम्मानित हुने कर्मचारीहरुमा शिक्षा अधिकृत हरिप्रसाद मिश्र, लेखा अधिकृत दुर्गा खड्का, रन्जना मिश्र, प्रकाश दहाल, मीरादेवी चर्मकार रहेका छन् ।

    सम्मानकै क्रममा नगरपालिकामा सवैभन्दा धेरै कर बुझाउँने कनकाई १ दुर्गापुर निवासी हेलेन पोखरेल, स्वास्थ्यका क्षेत्रबाट नगरलाई सहयोग गर्ने स्वास्थ्य तथा आपुर्ति व्यवस्थापन केन्द्र प्रदेश नं. १ का प्रमुख शम्भू शाह, प्रस्तावित नगर अस्पतालका डाक्टर अभिशेक नायक, नगरपालिकाको लोगो निर्माण गर्ने प्राज्ञ पवन राजवंशी, साहित्यीक स्रष्टा टिका भट्टराई नेपाल, नगर क्षेत्रमा क्रियाशिल उत्कृष्ट निर्माण उपभोक्ता समिति मध्ये कनकाई ३ स्थित आदर्श मार्ग निर्माण उपभोक्ता समिति, कनकाई४मा रहेको मेयर आवास निर्माण उपभोक्ता समिति(मुसहर बस्ती), सफल कृषक देशवहादुर सार्की, सिद्धार्थ बैंक शाखा सुरुङ्गा लगायत रहेका छन् ।

    कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य हिराकुमार थापा, नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाईँ लगायतले सम्मानित सबैलाई नगदसहित सम्मान पत्र प्रदान गरेका थिए ।

    कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँबाट स्वागत गरिएको कार्यक्रममा नेकपा एमाले कनकाईका अध्यक्ष रविन्द्र लम्साल, पूर्व जनप्रतिनिधि एवम् सुरुङ्गा खानेपानीका अध्यक्ष भीमप्रसाद अधिकारी, कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली लगायतले बजेट कार्यान्वयनको सफलताको कामना गरेका थिए । सोही अवसरमा टिका भट्टराई नेपालद्वारा सम्पादित कनकाई नगरपालिकालाई समेटिएको नगर गीत सार्वजनिक गरिएको थियो । कार्यक्रमको संचालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले गरेका थिए ।

    Advertisement :

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.