काठमाडौं । सर्वाेच्च अदालतको परमादेशपछि हट्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ बजे देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । उनका प्रेस सल्लाहकार सूर्य थापाले सो जानकारी दिएका हुन् ।
सर्वोच्च अदालतले हिजो सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएपछि ओली प्रधानमन्त्रीबाट हट्दै छन् ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts