Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » महासंघद्वारा सञ्चार क्षेत्रका समस्याबारे छलफल र पत्रकारलाई उपचार सहयोग
    समाचार

    महासंघद्वारा सञ्चार क्षेत्रका समस्याबारे छलफल र पत्रकारलाई उपचार सहयोग

    कनकाई खबरBy कनकाई खबर२०७८ असार २६, शनिबार १४:१८ गते2 Mins Read

    बिर्तामोड /  नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा शनिवार बिर्तामोडमा प्रादेशिक सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीबीच सञ्चार क्षेत्रका समस्याबारे छलफल र सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भयो ।

    पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश नं. १ का कार्यकारी निर्देशक यज्ञ शर्माले सञ्चार क्षेत्रको विकास र प्रवद्र्धनमा प्रतिष्ठानले काम गरिरहेको बताए । प्रतिष्ठानबाट सञ्चारकर्मी र सञ्चार संस्थाको हितमा विभिन्न कार्यक्रम सञ्चालन भएको र हुने बारे शर्माले जानकारी दिएका छन् । कार्यक्रममा प्रतिष्ठानको तर्फबाट शर्माले कोरोना

    संक्रमित भई अस्पतालमा उपचार गराएका पत्रकार पर्वत पोर्तेललाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

    पत्रकारलाई लेखनवृत्तिदेखि कोरोनाबाट प्रभावित सञ्चार संस्थाहरुलाई प्रतिष्ठानका तर्फबाट सहयोग गर्नेबारे छलफल भइरहेको उनले बताए ।महासंघ झापाका निवर्तमान अध्यक्ष तारामणि सापकोटाले जिल्लाको सञ्चार क्षेत्रको अवस्थाको बारेमा जानकारी गराएका थिए । प्रतिष्ठानका सदस्य गोपाल काफ्ले, आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृतहरु उपेन्द्र श्रेष्ठ, कोमल दहालको कार्यक्रममा आतिथ्य रहेको थियो ।

    महासंघका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।
    प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत प्रादेशिक सञ्चार प्रतिष्ठान बनाएर सञ्चार क्षेत्रको समग्र विकासका लागि कार्यक्रमहरु अघि बढाउँदै आएको छ ।

    प्रतिष्ठानले कोरोनाबाट निधन भएका पाँचथरका पत्रकार एकराज भण्डारीकी श्रीमती शर्मिला दहाललाई ५० हजार रुपैयाँ र कोरोना संक्रमित भई अस्पतालमा उपचार गराएका इलामका पत्रकार बुद्धवीर राईलाई २५ हजार रुपैयाको चेक शनिवार नै सम्बन्धित जिल्लामै पुगेर हस्तान्तरण गरेको छ ।

    प्रतिष्ठानले कोरोनाबाट ज्यान गुमाउने पत्रकारको परिवारलाई ५० हजार र सात दिनभन्दा बढी अस्पतालमा अक्सिजनसहित उपचार गराएका पत्रकारलाई २५ हजार रुपैयाँको दरले सहयोग गर्ने निर्णय गरेको थियो । निर्णय बमोजिम ओखलढुंगाका दीपेन्द्र रुम्जाली र जुद्धबहादुर राई, भोजपुरका सुरेन्द्र राई, खोटाङका लोकमणि रिजाल, उदयपुरका हरिकुमार राईलाई जनही २५ हजार रुपैयाँ तथा कोरोनाबाट मृत्युवरण गरेका सुनसरीका पत्रकार चन्द्रप्रसाद न्यौपानेकी श्रीमती अनिता गुरागाईलाई ५० हजार रुपैयाँ प्रदान गरिने छ ।

    Advertisement :

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.