Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोरोना संक्रमित सदस्यको घर घरमा दोमुखा बहुउद्येश्यीय
    समाचार

    कोरोना संक्रमित सदस्यको घर घरमा दोमुखा बहुउद्येश्यीय

    कनकाई खबरBy कनकाई खबर२०७८ असार २४, बिहीबार १७:०२ गते2 Mins Read

    कनकाई खबर \ कोरोना महामारीको दोस्रो लहरसँगै संक्रमित भएका शेयर सदस्यहरुलाई कनकाई ३ सुरुङ्गास्थित दोमुखा बहुउद्येश्यीय सहकारी संस्थाले पोसिलो खानेकुरा वितरण गरेको छ ।

    कोरोना महामारीका विच उत्पन्न असहज परिस्थितीलाई मध्यनजर गर्दै संस्थाले आफ्नो २३औं वार्षिक उत्सवको अवसर पारेर संक्रमित सदस्यहरुको घर घरमै गएर पोसिलो खानेकुरा हस्तान्तरण गरेको हो । संक्रमित सदस्यहरुलाई चेवनप्रास, मह, काजु लगायतको पोसिलो खानेकुरा वितरण गर्ने कार्यको सुरुवात गरेको संस्थाका सचिव छवि थपलियाले बताए । सचिव थपलियाका अनुसार हाल सम्ममा संस्थाका २६ जना शेयर सदस्यहरु कोरोना संक्रमणमा परेका छन् । होम आइसोलेशनमा रहेका संक्रमित धेरै सदस्यहरु सामान्य अवस्थामा आइसकेका छन् भने अन्य केही सदस्यहरु हालसम्म पनि होमआइसोलेशनमै रहेको बताइएको छ ।

    वार्षिक उत्सवको अवसरमा थोरै भएपनि पोसिलो खानेकुराका साथमा संक्रमित सदस्यहरुलाई सहानुभूति प्रकट गर्ने उद्येश्यले विहिबारदेखि घरदैलो कार्यक्रमको सुरुवात गरिएको संस्थाका व्यवस्थापक रमेश बारकोटीले बताए । पहिलो चरणको घरदैलो कार्यक्रममा संस्थाका अध्यक्ष भरतकुमार थपलिया, पूर्वअध्यक्ष प्रयागराज काफ्ले , उपाध्यक्ष रोमादेवी खतिवडा, सचिव छवि थपलिया लगायत संस्थाका अन्य पदाधिकारी साथै कर्मचारीहरुको सहभागिता रहेको व्यवस्थापक बारकोटीले जानकारी दिएका छन् ।

    कार्यक्रमलाई निरन्तरता दिँदै क्रमिक रुपले संक्रमित सबै सदस्यको घर घरमा जाने योजना बनाएको संस्थाका अध्यक्ष भरतकुमार थपलियाले बताएका छन् । संस्थाको उपस्थितीलाई संक्रमित सदस्यहरुले राहतको महशुस गरेको अध्यक्ष थपलियाले कनकाई खबरलाई जानकारी दिएका छन् ।

    हालसम्ममा ३ हजार ९ सय १९ शेयर सदस्य रहेको दोमुखा बहुउद्येश्यीय सहकारी संस्थाले आफ्नो भवन निर्माणकालागि जमिन खरिद गर्ने प्रक्रिया समेत अन्तिम चरणमा पुर्याएको बताइएको छ ।

    Advertisement :

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.