Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कारितासले दियो मेची अस्पताललाई स्वास्थ्य सामग्री
    समाचार

    कारितासले दियो मेची अस्पताललाई स्वास्थ्य सामग्री

    कनकाई खबरBy कनकाई खबर२०७८ असार २२, मंगलवार १५:१७ गते2 Mins Read

    झापा / कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण एवम् संक्रमितहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले कारितास नेपालले मेची अस्पताल भद्रपुरलाई अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
    अस्पतालको कोभिड वार्ड परिसरमा आज मंगलबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल र अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.टंकप्रसाद बाराकोटीलाई कारितास नेपाल, दमक शाखा कार्यालय प्रमुख देवेन्द्र पोखरेलले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

    कारितास जर्मनको आर्थिक सहयोगमा जुटाइएको स्वास्थ्य सामग्रीमा आरामदायी फोल्डिङ बेड २० थान, त्यसका लागि आवश्यक ओछ्याउने–ओड्ने, आइसोलेशन तथा आकस्मिक कोभिड उपचार केन्द्रहरुका लागि आवश्यक टेन्ट १० थान, पीपीई सेट ५० थान, एन ९५ मास्क २५०० थान, स्वचालित सेनिटाइजर डिस्पेन्सर मेशिन ३ थान, अक्सिमिटर २० थान, नेबुलाइजर मेशिन १२ थान, ५ लिटरको स्यानिटाइजर जार १० थान, ५०० मिलिलिटरको स्यानिटाइजर १२५ थान, पीसीआर किट १९२ थान, भीटीएमकिट ७५ थान, सक्सन मेशिन एक थान, एक्स्ट्राक्सन मेशिन किट ५० थान र सर्जिकल पञ्जा १७५० थान रहेको पोखरेलले जानकारी दिए ।

    दोस्रो लहरको कोरोना संक्रमण तीव्र रुपमा फैलिएको, संक्रमणदर तीब्र हुँदा र अस्पताल जानुपर्ने विरामीको संख्या निकै भएको, धेरै बिरामीमा अक्सिजनको मात्रा कम हुने, श्वासप्रश्वासमा निकै समस्या हुने गरेको पाइएकोले त्यस्तो बेला बढी आवश्यक पर्ने स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरिएको पोखरेलले बताए ।

    कारितास नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत मेची अस्पतालनजिक श्रयरोग निवारण संस्थाको परिसरमा अस्पतालसँगको सहकार्यमा कोभिड १९ हेल्पडेस्क पनि सञ्चालन गरिरहेको छ भने यसै वर्ष झापाकै कमल गाउँपालिकाको आइसोलेशन सेन्टर र दमकमा पनि स्वास्थ्य तथा राहत सामग्री सहयोग गर्नुका साथै लायन्स क्लब अफ दमकको सहयोगमा बेलडाँगीस्थित दमक अस्पतलको कोभिड उपचार केन्द्रमा बिरामी र कुरुवाका लागि एक महिनासम्म खानाको व्यवस्था गरिएको पोखरेलको भनाइ छ ।

    कारितास नेपालले हस्तान्तरण गरेको स्वास्थ्य सामग्री जिम्मा लिँदै अस्पतालका अध्यक्ष पोर्तेलले कोभिड–१९ महामारी नियन्त्रण एवम् संक्रमितहरुको उपचारमा ती सामग्री अत्यन्तै उपयोगी हुने बताए । उनले कारितास नेपालले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरे । मेडिकल सुपरिन्टेन्डेन्ट डा. बाराकोटीले कारितास नेपालले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.