Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा कांग्रेसमा देउमान थेवे कि राम कट्टेल ?
    राजनीति

    झापा कांग्रेसमा देउमान थेवे कि राम कट्टेल ?

    कनकाई खबरBy कनकाई खबर२०७८ असार २०, आईतवार १६:२५ गते3 Mins Read

    झापा / नेपाली कांग्रेसको संशोधित विधान अनुसार यस पटक हुने १४ औं महाधिवेशनमा कांग्रेस झापाका सभापति उद्धव थापाले उम्मेदवार बन्न पाउँदैनन । लगातार दुई कार्यकालभन्दा बढी जिल्ला सभापति बन्न नपाउने कांगेसको संशोधित विधानमा उल्लेख छ ।

    पार्टीमा दुई कार्यकाल लगातार जिल्ला सभापति बनिसकेका देशभरका २५ जनाको सूचीमा पर्छन थापा । यस अघि उनी एक पटक कांग्रेसका युवा नेता एवं हालका प्रवक्ता विश्वप्रकाश शर्मालाई हराएर पार्टीको जिल्ला सभापति बनेका थिए भने अर्को पटक सभापतिका अर्का आकांक्षी मानिएका आफनै टिमका देउमान थेवेलाई मनाएर निर्विरोध जिल्ला सभापति बनेका थिए । यसपटक उनी केन्द्रिय महाधिवेशनका लागि लडने हुन वा पहिलो पटक बन्न लागेको प्रदेश संरचनामा नयाँ जिम्मेवारी लिने हुन भन्ने आम कार्यकर्ताहरुमा जिज्ञासा छ ।

    हुन त नेपाली कांग्रेसमा पहिलो पटक प्रदेश संरचना अनुसार कार्यसमिति बन्न लागेकाले धेरै जिल्ला कार्यसमितिमा बसिसकेका तर केन्द्रिय समितिमा पुग्न नसकेका नेताहरुको लागि प्रदेश कार्यसमितिको पदाधिकारीमा व्यवस्थापन गर्ने अवसर भएकाले नेता थापाले त्यसलाई उपयोग गर्न सक्ने अनुमान भने झापामा कांग्रेस कार्यकर्ताहरुले गरिरहेका छन । प्रदेश कार्यसमितिमा सभापतिसहित उपसभापति र महामन्त्री दुई/दुई, सहमहामन्त्री तीन र कोषाध्यक्ष एक जना पदाधिकारी रहने व्यवस्था छ ।
    झापामा कसलाई अवसर ?
    पार्टीमा निडर र हक्की स्वभाव भएका जुझारु र सक्रिय नेताको पहिचान बनाएका देउमान थेवेसहित पार्टीमा सालिन र भद्र स्वभावको गुण भएका उपसभापति राम कट्टेललाई यस पटक पार्टीको जिल्ला सभापतिका प्रमुख दाबेदारका रुपमा हेरिएको छ । कट्टेलले सामाजिक सञ्जाल मार्फत आफू जिल्ला सभापतिको उम्मेदवार बन्ने इच्छा व्यक्त गरिसकेका छन ।


    कांग्रेस वृत्तमा कतिपयले थापा र थेवेबीच १४ औं महाधिवेशनमा थेवेलाई सभापति बनाउने भद्र सहमती भएको भनि चर्चा गर्दै आएका थिए ।
    पार्टीमा जिल्ला उपसभापति र महासमिति सदस्य भई भाृत संगठन तथा संघ संस्थाहरु परिचालनको जिम्मेवारी सम्हालिसकेका नेता थेवे भौगोलिक रुपमा झापा क्षेत्र नं ४ मा बस्छन ।
    उनको सो क्षेत्रमा यस अघि पार्टी नेता स्व. चक्रप्रसाद बाँस्तोला, त्यसपछि नेता केशवकुमार बुढाथोकीको उपस्थितीले पार्टीको माथिल्लो तहमा पुग्न हम्मे हम्मे परिरहेको थियो । यतिबेला उनी सो क्षेत्रको मात्रै होइन कांग्रेसमा झापाकै शक्तिशाली नेताका रुपमा चिनिन्छन तर पार्टीको जिल्ला सभापतिका लागि भने उपल्लो तहका नेताको आशिर्वाद उनले पाउन सकेका छैनन ।
    झापा जिल्ला कांग्रेसका पूर्व महामन्त्री एवं प्रभावशाली नेता मानिने कृष्ण प्रसाद सिटौलाको गृह जिल्ला पनि भएकाले यहाँका नेता कार्यकर्ताहरुको व्यवस्थापनमा जहिलेसुकै नेता सिटौलाको भुमिकानै निर्णायक हुँदै आएको छ । हुन त अहिले कांग्रेस प्रवक्ता समेत रहेका युवा नेता विश्वप्रकाश शर्माको प्रभाव पनि झापामा देखिन्छ । त्यस्तै पार्टीको केन्द्रिय नेतृत्वमा पुगिसकेका र पूर्व मन्त्री समेत रहेका अर्का प्रभावशाली नेता केशवकुमार बुढाथोकीको भुमिकालाई पनि झापामा महत्वसाथ हेरिन्छ ।
    तुलनात्मक रुपमा यस अघिका अधिवेशन सम्म नेता सिटौलाको प्रभाव नेता शर्माको र बुढाथोकीको भन्दा बलियो मानिएको थियो । यसपटक भने के हुने हो यसै अनुमान गर्न सहज छैन ।

    पार्टीमा केन्द्रिय सभापतिका दावेदार र युवापुस्ता माझ लोकप्रिय डा. शेखर कोइरालाको प्रभाव झापामा पनि परेको छ । मोरङका डा. कोइराला सभापतिको उम्मेदवार बन्दै गर्दा र कांग्रेसमा विशेष महत्व राख्ने अग्रज नेताहरुको परिवार विराटनगरका कोइराला परिवारसंग नजोडिएका झापाली कांग्रेसहरु कमै छन । त्यसकारण पनि डा. कोइरालाको प्रभावलाई झापामा कम आंकलन गर्न सकिन्न । यद्यपी डा. कोइरालाको समुहले झापामा समुहनै बनाएर अधिवेशन लडने कसरत भने गरेको देखिन्न । कांग्रेसमा हालको नेतृत्व परिवर्तनको पक्षमा रहेका धेरै जसो नेता कार्यकर्ताहरु सिटौलाले सभापतिमा दाबी नगरी कसलाई समर्थन गर्ने हुन ? भन्ने पर्खाइमा रहेको बुझिन्छ ।

    सिटौलाले १३ औ महाधिवेशनमा आफूलाई केन्द्रिय सभापतिको उम्मेदवारका रुपमा उभ्याएर पार्टी भित्र आफनो प्रभाव देखाउन सफल त भए तर अन्तिम समयमा सभापतिमा देउवालाई समर्थन गरेका थिए । तर सभापति देउवाको कार्यकाललाई उनले सफल कार्यकालका रुपमा लिएका छैनन ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.