Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बिएण्डसीलाई सम्बन्धन दिन, सरकार आफैंले चलाउन वा बन्द गर्न प्रधानमन्त्रीसँग दुर्गा प्रसाईंको माग
    समाचार

    बिएण्डसीलाई सम्बन्धन दिन, सरकार आफैंले चलाउन वा बन्द गर्न प्रधानमन्त्रीसँग दुर्गा प्रसाईंको माग

    कनकाई खबरBy कनकाई खबर२०७८ असार १९, शनिबार १०:४४ गते2 Mins Read

    काठमाण्डौ \ प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन, सरकार आफैंले सञ्चालन गर्न वा सधैंका लागि बन्द गर्ने विषयमा ठोस निर्णय लिन प्रधानमन्त्री केपी ओलीसँग माग गरेका छन्।

    शनिबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै पटक-पटक आफ्नो मेडिकल कलेजलाई सम्बन्धनका लागि प्रयास भए पनि अवरोध सिर्जना भइरहेको भन्दै प्रसाईंले यस्तो माग गरेका हुन्।

    ‘सम्पूर्ण मापदण्ड पूरा गरेको, विश्वविद्यालयले सम्बन्धनको सहमति प्रदान गरी सिट संख्या निर्धारणको अनुरोध गरेको, सम्बन्धनको सिफारिस शुल्क समेत बुझाइसकेको अवस्थामा समेत विभिन्न बहानाबाजी गरी आलटाल गर्ने, झुक्याउने, धम्की दिने र काम पन्छाउने परिपाटी भइरहेको छ,’ प्रसाईंले पत्रकार सम्मेलनमा भने, ‘अनन्त समयसम्म यस्तो व्यवहार राज्यका तर्फबाट हुनु भनेको नागरिकमाथि घोर अन्याय हो।’

    प्रसाईंले मेची अञ्चलबासीको धरोहर रहेको आफ्नो संस्थालाई ध्वस्त र तहस नहस पार्न खोजिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन आफूले पत्रकार सम्मेलन गरेको जनाएका छन्।

    ‘प्रत्येक वर्ष नेपालमा एमबिबिएसमा नयाँ भर्नाको समय सुरू हुन्छ तथाकथित अभियन्ता समूहको धाकधम्की, आन्दोलन, अनसन सुरू हुन्छ, सबै अस्तव्यस्त हुन्छ र सम्पूर्ण विद्यार्थी विदेशिएपछि आन्दोलन वर्षात्, बाढीपहिरो, दसैं-तिहार आयो भनी बहाना देखाएर स्थगित हुन्छ,’ प्रसाईंले भनेका छन्।

    प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कारबाही गर्नसमेत प्रधानमन्त्रीसँग माग गरेका छन्।

    ‘सम्माननीय प्रधानमन्त्री तथा माननीय शिक्षा मन्त्रीलाई अनावश्यक आरोप र आक्षेप लगाई आफू बालुवाटारमा ६ घण्टासम्म बन्धक बनाइएको,  जिउ ज्यान नै जोखिममा परेको, धाकधम्की दिएको, बल्ल तल्ल बाँचेर आएको भन्दै हिँड्ने उहाँले राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ को कार्यान्वयनमा अवरोध खडा गर्ने कार्य निरन्तर गरिरहनुभएको छ,’ उनले भनेका छन्, ‘उहाँलाई राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा २२ को ४ अनुसार स्पष्टीकरण सोधी कारबाही अगाडि बढाउन प्रधानमन्त्रीसमक्ष अनुरोध गर्दछु।’ 

    चिकित्सा शिक्षा आयोगको बैठकबाट जेठ २८ गतेको बैठकले डा. प्रकाशराज पाण्डे संयोजक र सदस्यमा डा.भोजराज अधिकारी, प्राडा. रमेशप्रसाद आचार्य र सेमन्तराज कोइराला भएको निरीक्षण तथा अनुगमन टोली पठाए पनि चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले आजको मितिसम्म रिपोर्ट पेश गरी सम्बन्धन अगाडि नबढाएको भन्दै उनले आपत्ति जनाएका छन्।

    आफ्नो मेडिकल कलेजको अध्ययन टोलीमा गिरीले उनकै मुद्दामा साक्षी बनाएका व्यक्ति पठाएको भन्दै प्रसाईंले सम्बन्धनमा बाधा पार्नका लागि गिरीले अनेक तानाबाना बनाएको आरोप लगाए।  

    ‘चिकित्सा शिक्षा आयोगको मिति जेठ २८ मा भएको निर्णयको कार्यान्वयन नगर्ने नगराउने बदनियतले  उपाध्यक्ष श्रीकृष्ण गिरीले तोकिएको समय सीमाभित्र प्रतिवेदन पेश नगर्ने नगराउने कार्य गरिरहनुभएको तथ्य स्पष्ट भएको छ,’ प्रसाईंले भने।

    त्यो बैठकमा सात दिनभित्र बिएण्डसी मेडिकल कलेजको समग्र अवस्थाको प्रतिवेदन पेश गरी सम्बन्धनबारे निर्णय गर्नुपर्ने भए पनि गिरीले आलटाल गरेको प्रसाईंले बताएका छन्।

    Advertisement :

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.