Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा रोटरीको जिम्मेवारी सम्हाल्दै शुसिल श्रेष्ठ , सुरुङ्गा रोट्रयाकमा दिपेन
    समाचार

    सुरुङ्गा रोटरीको जिम्मेवारी सम्हाल्दै शुसिल श्रेष्ठ , सुरुङ्गा रोट्रयाकमा दिपेन

    कनकाई खबरBy कनकाई खबर२०७८ असार १७, बिहीबार १८:४३ गते2 Mins Read

    कनकाई खबर \ रोटरी क्लव अफ सुरुङ्गाको अध्यक्षमा निर्वाचित शुसिलकुमार श्रेष्ठले आज विहिवारदेखि आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति विस्तार गरी कार्यभार सम्हालेका छन् ।

    त्यस्तै रोटरी क्लवकै भातृ संगठन रोट्रयाक क्लव अफ सुरुङ्गाको अध्यक्षमा दिपेन ओलीको नेतृत्वमा रहेको कार्यसमितिले विहिवारदेखि नै कार्यभार सम्हालेको छ । रोटरी क्लवको नेतृत्व गर्दै आएका टिकाप्रसाद कट्टेल र रोट्रयाक क्लवको नेतृत्व सम्हाल्दै आएका डाक्टर मनिष उप्रेती दुवैजना अब आआफ्नो क्लवको निवर्तमान अध्यक्ष भएका छन् । दुवैजनाको नेतृत्वमा क्लवले सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताइएको छ ।

    अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था दुवै क्लवको वार्षिक क्यालेण्डर अनुसार आज जुलाई फष्टदेखि नै वर्ष २०२१/०२२ को नयाँ कार्यसमितिले जिम्मेवारी लिनु पर्ने भएपछि दुवैजना अध्यक्षको नेतृत्वमा रहेको टिमले कार्यभार सम्हालेको हो । केहि दिन अघि सम्पन्न क्लवको साधारण सभावाट अध्यक्ष लगायत अन्य केही पदाधिकारीहरु सर्वसम्मत भएका थिए । क्लवको परिधिभित्र रहेर सर्वसम्मत भएका पदाधिकारी साथै अध्यक्षबाट मनोनित भएका अन्य पदाधिकारीसहित क्लवको कार्यसमितिले पदभार ग्रहण गरेको रोटरी क्लवका नवनिर्वाचित अध्यक्ष शुसिलकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
    नेपाल रेडक्रस सोसाइटी कनकाई उपशाखा घैलाडुवाका उपसभापति साथै आदर्श क्याम्पस घैलाडुवाका प्राध्यापक लगायत अन्य विभिन्न सामाजिक संघसंस्थामा समेत क्रियाशिल सामाजिक अभियन्ता श्रेष्ठको नेतृत्वमा रहेको रोटरी क्लवले समाज रुपान्तरणकालागि नयाँ कार्ययोजना बनाएर अघि बढेको बताइएको छ ।

    अध्यक्ष श्रेष्ठसँगै क्लवको प्रेसिडेन्ट इलेक्टमा खेमप्रसाद प्रसाईँ, प्रेसिडेन्ट नोमिनीमा मोतिखर ओझा, प्रथम उपाध्यक्षमा शिवकुमार कडेल, द्वितीय उपाध्यक्षमा लुवराज उप्रेती, तृतीय उपाध्यक्षमा डिल्लीराम मैनाली सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तै सचिवमा सरला दहाल पोखरेल, सहसचिवमा बमवहादुर कुँवर, कोषाध्यक्षमा अर्जुन बोहोरा, सहकोषाध्यक्षमा कमल कट्टेल चयन भएका छन् ।

    त्यस्तै क्लव एडमिनिस्ट्रेशन चेयरमा विनिता मैनाली, मेम्वरसिप चेयरमा शिव गिरी,पव्लीक इमेज चेयरमा क्लवका संस्थापक अध्यक्ष एलपी उप्रेती(लक्ष्मीप्रसाद), सर्भिस प्रोजेक्ट चेयरमा निवर्तमान अध्यक्ष टिकाप्रसाद कट्टेल , टिआरएफ चेयरमा क्लवका पूर्व अध्यक्ष कुमारमणि पोखरेल, मिडिया कोडिनेटरमा रामप्रसाद निरौला, एसजीटी आर्मसमा मेनुका उप्रेती चयन भएका छन् ।

    त्यस्तै क्लवका सदस्यहरुमा ख्यामप्रसाद ओली, मीनाल तिम्सिना, सोम उप्रेती, शुस्मा न्यौपाने, शुसिला बोहोरा, पुष्पा भट्टराई कडेल, तुलसी विमली, रमा ओली, चन्द्रकला कट्टेल, रेणुका मैनाली र यदुका उप्रेती(उषा) सर्वसम्मत रुपमा चयन भएको अध्यक्ष शुसिलकुमार श्रेष्ठले जानकरी दिएका छन् ।

    Advertisement :

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.