Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लायन्स क्लव सुरुङ्गाको पद हस्तान्तरण, अध्यक्षमा थापा
    समाचार

    लायन्स क्लव सुरुङ्गाको पद हस्तान्तरण, अध्यक्षमा थापा

    कनकाई खबरBy कनकाई खबर२०७८ असार १७, बिहीबार १०:१२ गते3 Mins Read

    कनकाई खबर \ लायन्स क्लव अफ कनकाई सुरुङ्गाको पाँचौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

    अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था लायन्स क्लवले संस्थाको वार्षिक क्यालेण्डर अनुसार जुलाईको पहिलो दिनबाट नै नयाँ समितिले पदभार ग्रहण गरेर नयाँ कार्ययोजनाका साथ अघि बढ्नु पर्ने भएकाले पदहस्तान्तरणसँगै क्लवले पूर्णता पाएको छ । लायन्स वर्ष २०२१ \ ०२२ का लागि अध्यक्ष लगायत केही पदाधिकारीहरुको यस अघि नै क्लवले भर्चुअल साधारण सभा सम्पन्न गरी नेतृत्व चयन गरिसकेको थियो ।

    क्लवको अध्यक्षमा सर्वसम्मत भएका स्थानीय सामाजिक अभियन्ताका रुपमा परिचित डम्बर थापा(साजन) यस क्षेत्रका एक जुझारु युवा हुन् । लायन्स क्लवको माध्यमबाट समाज रुपान्तरणमा नयाँ भिजन लिएर आएका थापाको कार्यकालमा संस्थाले थप उचाई प्राप्त गर्ने विश्वास गरिएको छ ।

    अध्यक्ष थापालाई वर्ष २०२० \ ०२१ का अध्यक्ष मनोज वस्नेतले अध्यक्षको पिन साथै ग्याबल हस्तान्तरण गरेपछि अध्यक्ष थापासँगै नयाँ समितिले पदभार ग्रहण गरेको हो । कार्यसमितिमा बाँकी रहेका अन्य पदाधिकारीहरुको नवनिर्वाचित अध्यक्ष थापाले मनोनित गरी समितिलाई पूर्णता दिएका हुन् । लायन्स वर्ष २०२१ \ ०२२ कालागि अध्यक्ष थापासँगै निवर्तमान अध्यक्ष मनोज वस्नेतसहित १७ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएपछि सवै पदाधिकारीहरुको पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

    यसरी सर्वसम्मत साथै मनोनित भएका यस क्षेत्रका सामाजिक अभियन्ताहरु क्रमशः प्रथम उपाध्यक्षमा डिआर सुवेदी, द्वितीय उपाध्यक्षमा गंगाराम गजुरेल (संजय), तृतीय उपाध्यक्षमा सन्दिपबाबु प्रसाईँ, सचिवमा त्रिलोचन उप्रेती, कोषाध्यक्षमा मानवहादुर दहाल(कुमार), सह—सचिवमा सुवासचन्द्र वंशल, सह—कोषाध्यक्षमा भीमप्रसाद फुयाल रहेका छन् । त्यस्तै क्लव एडमिन्सट्रेटरमा राजकुमार कट्टेल, क्लव कोडिनेटरमा डाक्टर एस.के. झा, मेम्बरसिप चेयरपर्सनमा धर्मराज प्रसाईँ, सर्भिस चेयर पर्सनमा पंकज मण्डल, जनसम्पर्क अधिकारी (पिआरओ) नविन श्रेष्ठ, मेम्बरसिप स्किल डेभलप्मेन्ट अफिसर विवेक शिवाकोटी, टेल ट्वीस्टर केवल उप्रेती र टेमर राजकिशोर चौधरी रहेका छन् ।

    क्लवलाई थप व्यवस्थित बनाउँन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । जस अनुसार क्लवका संस्थापक अध्यक्ष लिलाप्रसाद चिमरीयाको संयोजकत्वमा फण्डराइजीङ कमिटी साथै चिमरीयाकै संयोकत्वमा पूर्व अध्यक्षहरु गंगाराम दहाल, रुपनारायण खतिवडा, सुरेन्द्र प्रधान र स्थानीय समाजसेवी विजय गजुरेल सदस्य रहेको सल्लाहकार समिति गठन गरिएको छ ।

    त्यस्तै सञ्जय गजुरेलको संयोजकत्वमा एनएलएफ कमिटी, गंगाराम दहालको संयोजकत्वमा क्लव नेटवर्किङ एवम् वेबसाइड व्यवस्थापन उपसमिति, मिडिया संयोजकमा मनोज बस्नेत, तालिम संयोजकमा जनक कार्की, स्वास्थ्य संयोजकमा सुरेन्द्र प्रधान रहने गरी जिम्मेवारी तोकिएको वर्ष २०२१ \ ०२२ का अध्यक्ष थापाले जानकारी दिएका छन् ।

    यस वर्ष लायन्सले क्लवका संस्थापक सदस्य एवम् प्यारागन एकाडेमीका संस्थापक प्रिन्सिपल शिक्षासेवी स्व.लक्ष्मण सुवेदीको स्मृतिमा लक्ष्मण सुवेदी स्मृत्ति कोष स्थापना गर्ने भएको छ । लामो समय शिक्षा क्षेत्रमै बिताएका स्व.सुवेदीको योगदानलाई स्मरण गर्दै क्लवले स्थापना गर्ने कोषबाट शिक्षा सम्बन्धिका विविध कार्यक्रम संचालन गरिने योजना रहेको लायन्स वर्ष २०२१÷०२२ का प्रथम उपाध्यक्ष समेत रहेका प्यारागन एकाडेमीका प्रिन्सिपल डिआर सुवेदीले बताएका छन् । योसँगै क्लवले अल्पकालीन र दिर्घकालीन थुप्रै योजनाहरु यस वर्ष संचालन गर्ने गरी कार्ययोजना बनाएको बताइएको छ ।

    चुडामणि ढकालबाट रु.५१ हजारको चेक हस्तान्तरण

    लायन्स क्लव अफ कनकाई सुरुङ्गा वर्ष २०२० \ ०२१ का अध्यक्ष मनोज बस्नेतको सभापतित्व एवम् क्लवका संस्थापक अध्यक्ष लिलाप्रसाद चिमरीयाको प्रमुख आतिथ्य रहेको क्लवको पद हस्तान्तरण कार्यक्रममा लायन गंगाराम गजुरेल (सञ्जय) लाई लायन्स वर्ष उत्कृष्ट अवार्ड प्रदान गरिएको थियो । सोही अवसरमा निर्माणाधिन अवस्थामा रहेको लायन्स सामुदायिक भवनकालागि स्थानीय सामाजिक व्यक्तित्व चुडामणि र निर्मला ढकाल साथै लियो क्लवका संस्थापक सहसचिव गीवसन ढकालसहित परिवारबाट रु.५१ हजारको चेक हस्तान्तरण गरिएको थियो । सहयोगी मनप्रति क्लवका तर्फबाट हार्दिक आभार प्रकट गरिएको छ ।

    क्लवका द्वितीय उपाध्यक्ष गंगाराम गजुरेलको संचालन एवम् प्रथम उपाध्यक्ष डिआर सुवेदीले स्वागत गरेको कार्यक्रममा पूर्व अध्यक्षहरु सुरेन्द्र प्रधान, रुपनारायण खतिवडा, गंगाराम दहाल, पत्रकारद्वय रामप्रसाद निरौला र लिलाराज झापाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    Advertisement :

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.