कनकाई खबर / रोट्रयाक क्लव अफ सुरुङ्गा र रोटरी क्लव अफ विर्तामोड मिड टाउनले शिवसताक्षी १ धरमपुरस्थित एक विपन्न परिवारलाई खाद्य सामाग्री सहयोग गरेको छ ।
धरमपुर निवासी विपन्न परिवारकी ६० वर्षिय सुकसरी राजवंशीको निधन भएसँगै काजक्रिया कर्म सम्पन्न गर्नकालागि परिवारलाई समस्या भइरहेको खबर सुनेपछि आवश्यक खाद्य सामाग्रीका साथ क्लवका पदाधिकारीहरु उपस्थित भएको रोट्रयाक क्लव सुरुङ्गाका वर्ष २०२१/०२२ का अध्यक्ष दिपेन ओलीले जानकारी दिएका छन् ।
रोटरी क्लव अफ सुरुङ्गाको भातृ संगठनका रुपमा रहेको रोट्रयाक क्लव साथै रोटरी क्लव अफ विर्तामोड मिड टाउनबाट तत्काल भएको सहयोगले राजवंशी परिवारले थोरै भएपनि राहतको महसुश गरेको क्लवका अध्यक्ष ओली बताउँछन् । क्लवले ३ बोरा चामल, ५ केजी चिनी, खाने तेल, दाल, आँटा, न्युटेला, चना, मटर, मसला, साबुन लगायतका खाद्य सामाग्री परिवाजनलाई हस्तान्तरण गरेको बताइएको छ ।
अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्थाका रुपमा रहेको क्लवमा क्रियाशिल रहेका पदाधिकारीहरुबाट समाजमा आइपर्ने सानातिना समस्याहरुलाई सहजीकरण गरिँदै आएको रोट्रयाक क्लव अफ सुरुङ्गाका संस्थापक अध्यक्ष डाक्टर मनिष उप्रेती बताउँछन् । संस्था स्थापनाको पहिलो वर्षमै समाजमा देखिएका विकृति विसंगतिका विरुद्ध विभिन्न कोणबाट सचेतनामूलक अभियान संचालन गर्दै आएको क्लवले शिक्षा, स्वास्थ्य, गरिवी न्युनिकरण साथै वातावरणका क्षेत्रमा समेत महत्वपूर्ण कार्य गर्दै आएको क्लवका संस्थापक अध्यक्ष उप्रेतीले जानकारी दिएका छन् ।
Advertisement :
