Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बीएण्डसीको अनुगमन गर्न गएको टोलीले किन बुझाएन प्रतिवेदन ?
    राष्ट्रिय

    बीएण्डसीको अनुगमन गर्न गएको टोलीले किन बुझाएन प्रतिवेदन ?

    कनकाई खबरBy कनकाई खबर२०७८ असार १६, बुधबार ०६:२४ गते3 Mins Read

    झगडियामा साक्षी बसेका व्यक्ति नै अनुगमनमा गएपछि प्रतिवेदन तयार गर्न लफडा

    काठमाडौँ \   गत २८ जेठमा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले झापास्थित बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई एमबीबीएस पढाउन सम्वन्धन दिन मिल्ने वा नमिल्ने निर्णय सात दिन भित्र गरिसक्ने निर्णय गरेको थियो । सोही बैठकले त्यसअघि स्थलगत अनुगमनका लागि स्वतन्त्र विज्ञ टोली झापा पठाउने र उसले दिएको प्रतिवेदनका आधारमा अन्तिम निर्णय लिने भनेको थियो । तर आयोगले निर्णय गरेको १८ दिन पुगिसक्दा प्रतिवेदनको अत्तोपत्तो छैन् ।

    आयोगको सातौं बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा २८ जेठमा बसेपनि ३० जेठमा माइन्युट तयार गरिएको थियो ।  दुई दिन अघिको बैठकले गरेको निर्णय अनुसार आयोगले बीएण्डसीको अनुगमन गर्न विज्ञहरुको तर्फबाट प्राडा प्रकाशराज पाण्डेको संयोजकत्वमा विज्ञ डा भोजराज अधिकारी र आयोगका तर्फबाट प्राडा रमेश आचार्य र सेमन्तराज कोइराला सदस्य रहेको चार सदस्यीय टोली पठाउने निर्णय गरेको थियो । उक्त टोली निर्धारित समय भन्दा  केही ढिला भएपनि झापा पुगेर फर्किएको थियो ।

    एक साताको म्यादमा दुई साता पुग्दा समेत प्रतिवेदनको अत्तोपत्तो नहुँदा आयोगले मंगलबारको बैठकमा प्रतिवेदन आउने अपेक्षा गरेका थिए । तर त्यो अपेक्षा सफल हुन सकेन । मंगलबारको बैठकले सीसीएमसीको सहमति पछि ९ साउन देखि प्रवेश परीक्षा लिने निर्णय मात्रै गरयो ।

    आयोग स्रोतका अनुसार वीएण्डसीको इन्स्पेक्सनमा गएका टोली संयोजक प्राडा पाण्डेले अहिलेको अनुगमन टोलीमा ‘इन्ट्रेष्ट’ बाझिने व्यक्ति भएको पछि थाहा पाएको भन्दै प्रतिवेदनमा हस्ताक्षर गर्न मानेका छैनन् । संयोजक रहेका प्राडा पाण्डेले वीएण्डसी संञ्चालक दुर्गा प्रसाई र आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीबीच गतवर्ष भएको विवाद र त्यसपछिको अदालती प्रक्रियामा डा गिरीकै तर्फबाट साक्षी बस्ने व्यक्ति डा भोजराज अधिकारी नै हुन् भन्ने थाहा पाएपछि प्रतिवेदनमा ‘कन्फिल्क्ट अफ इन्ट्रेष्ट’ देखिने भन्दै हस्ताक्षर गर्न नमानेका हुन् । नेपाली हेल्थसंगको कुराकानीमा भने,  ‘डा पाण्डेले यो विषयमा आफूले कुनै प्रतिक्रिया नदिने बताए ।

    ‘सुरुमा आयोगका तर्फबाट इन्पेक्सनमा गएका प्राडा आचार्यले डा. अधिकारी पहिले झगडियाको साझी बसेको हुँदा विपक्षी झगडियाको इन्फेक्सन गर्ने टोलीमा राखिएको भन्दै प्रतिवेदनमा ‘कन्फिल्क्ट अफ इन्ट्रेष्ट’ बाँझिने भएकाले हस्ताक्षर नगर्ने अडान लिए । त्यो कुरा समितिका संयोजक डा. पाण्डेले थाहा पाए । त्यसपछि डा. पाण्डेले डा. अधिकारीलाई आयोगका उपाध्यक्ष डा. गिरीकोतर्फबाट बीएण्डसी कलेजका सञ्चालक दुर्गा प्रसाईसँगको गाली बेइज्जती सम्बन्धि मुद्धामा साक्षी बसे—नबसेको स्पष्ट पार्न आग्रह गरेका थिए । त्यसक्रममा डा. अधिकारीले आफू उक्त मुद्धामा साक्षी बसेको जवाफ दिएका थिए । सो स्पष्ट भएपछि इन्सफेक्सन टोली संयोजक डा. पाण्डेले आफूलाई उपाध्यक्ष डा. गिरीले जाना—जान विवादमा फसाउन खोजेको भन्दै प्रतिवेदनमा हस्ताक्षर गर्न नमानेका हुन्,’ स्रोतले भन्यो ।

    आयोगका प्रवक्ता डिल्लीराम लुईटेलले आफूलाई वीएण्डसीको अनुगमन प्रतिवेदन सम्वन्धमा कुनै जानकारी नभएको बताए । ‘यो कुरा गोप्य पनि भयो । यो विषयमा हामीले चासो लिने कुरा पनि भएन । प्रवक्ता भएको नाताले मैले यति भन्न सक्छु प्रतिवेदन आएको छैन् ।,’ यसै बिषयमा आयोगका उपाध्यक्ष डा गिरी र अनुगमन टोलीका अरु सदस्यसंग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन ।

    नेपाली हेल्थ डटकम

    अदालतमा यसरी बयान दिएका थिए बीएण्डसीको अनुगमनमा जाने डा. अधिकारीले :

    Advertisement :

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.