Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पत्रकारको क्षमता विकासमा मिडिया संस्थाको भूमिका महत्वपूर्ण
    समाचार

    पत्रकारको क्षमता विकासमा मिडिया संस्थाको भूमिका महत्वपूर्ण

    कनकाई खबरBy कनकाई खबर२०७८ असार ११, शुक्रबार १३:५९ गते3 Mins Read

    कनकाई खबर \  पत्रकारको क्षमता विकासका लागि प्रदेश सरकारले विभिन्न योजना बनाएर अघि बढ्ने प्रदेश–१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

    मिडिया एक्सन नेपाल प्रदेश–१ द्धारा आयोजित कोभिड महामारी र पत्रकारको पेशागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले पत्रकारको पेशागत सुरक्षाका लागि प्रदेश सरकारले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले मिडियाको विकासका लागि प्रदेश सरकारले सबैसंग सहकार्य गर्ने भन्दै मिडिया एक्सन नेपालसंग हातेमालो गर्न तयार रहेको बताए । उनले कोरोना कहरको समयमा पत्रकारमा परेको आर्थिक समस्यालाई मध्यनजर गर्दै फेलोसिपको ब्यवस्था गरेर सहयोग गरेको बताए । प्रदेश–१ मा प्रादेशिक सञ्चार प्रतिष्ठान गठन गरेर पत्रकारको क्षमता र दक्षता विकासका लागि पहल थालेको मन्त्री कार्कीको भनाई छ । उनले पत्रकारको पेशागत सुरक्षा तथा प्रदेश सरकारले निर्माण गर्ने मिडिया विधेयकका सवालमा मिडिया एक्सन नेपालसंग परामर्श गर्ने बताए ।

    मिडिया एक्सन नेपालका केन्द्रिय अध्यक्ष लक्ष्मणदत्त पन्तले पत्रकारको विषयमा मिडिया संस्था संवेदनशिल हुनुपर्ने बताए । उनले मिडिया संस्थाले सरकारसंगको परनिर्भरता हटाएर आत्मनिर्भर हुदैं पत्रकारको पेशागत सुरक्षा तथा दक्षमता विकासमा ध्यान दिए मात्रै सञ्चार क्षेत्र सुदृढ हुने विश्वास ब्यक्त गरे । पत्रकारको पेशागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका प्रभावकारी हुनुपर्नेमा अध्यक्ष पन्तले जोड दिए । उनले मिडिया स्वतन्त्र र निस्पक्ष नभए त्यसको असर सबै क्षेत्रमा पर्ने भएकाले पत्रकारलाई दक्ष र जिम्मेवार बनाउनका साथै पत्रकारिताको विकासको क्षेत्रमा मिडिया एक्सन नेपालले लामो समयदेखि काम गर्दै आएको बताए ।

    नेपाल पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष लीलाबल्भ घिमिरले पत्रकारको दक्षता र क्षमता विकासमा ध्यान दिनुपर्ने बेला आएको बताए । उनले मिडिया एक्सन नेपालसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । पत्रकारको पेशागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । सरकारसंगको परनिर्भरता हटाए मात्रै पत्रकारिता स्वतन्त्र हुने विचार ब्यक्त गरे ।

    शिक्षा पत्रकार समूहकी प्रदेश संयोजक एवम् सञ्चारिक समूह प्रदेश–१ की महासचिव राधा खनालले महिला पत्रकारको क्षमता विकासमा ध्यान दिन प्रदेश सरकार र पत्रकार महासंघको ध्यानाकर्षण गराइन् । उनले प्रदेश–१ का महिला पत्रकारको अवस्थाको विषयमा चर्चा गर्दै महिला पत्रकारलाई सवल र सक्षम बनाउनुपर्नेमा जोड दिइन् । उनले अझै पनि महिला पत्रकार निर्णयक तहमा पुगि नसकेको भन्दैे पछिल्लो समय महिला पत्रकारहरु पनि विभिन्न अनलाइन सञ्चार माध्यम सञ्चारन गरेर आफैं उद्यमी बन्न थालेकाले प्रदेश सरकारले प्रोत्सहान गरिनुपर्नेमा जोड दिइन् ।

    नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले कोभिड महामारीमा पत्रकारको पेशागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका महत्वपूर्ण हुने बताए । उनले झापामा सञ्चार माध्यमहरुले नै पत्रकारको कोरोना बिमा गरिदिएको भन्दै पत्रकारको पेशागत सुरक्षाका लागि महासंघले पहल थालेको विचार ब्यक्त गरे । उनले पत्रकारलाई जिम्मेवार र दक्ष बनाउदै अघि बढाउन मिडिया एक्सन नेपाल जस्ता सञ्चार सम्बद्ध संस्थाहरुसंग सहकार्य गर्न तयार रहेको बताए । उनले प्रदेश सरकारले मिडियासंग सम्बन्धित कानुन निर्माण गर्दा सञ्चार मैत्री हुनुपर्नेमा जोड दिए ।

    प्रादेशिक सञ्चार प्रतिष्ठानका सदस्य गोपाल काफ्लेले पत्रकारलाई जिम्मेवार र दक्ष बनाउनका लागि प्रतिष्ठानले योजनाबद्ध ढङ्गबाट काम गर्ने बताए । उनले प्रदेश–१ का पत्रकारको क्षमता विकासका लागि पहल गर्ने उल्लेख गरे । उनले मिडिया एक्सन नेपालसंग परामर्श गरेर अघि बढ्ने प्रतिबद्धता समेत जनाए ।

    पछिल्लो समय सरकारसंगको परनिर्भरता बढ्दै गएकाले पत्रकारिता क्षेत्र स्वतन्त्र हुनेमा शंका उत्पन्न भएको मिडिया एक्सन नेपालका कार्यसमिति सदस्य आशिष मिश्रले बताए । कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै उनले मिडियाको विकासका लागि मिडिया संस्था जिम्मेवार बन्नुपर्नेमा जोड दिए । कार्यक्रको सञ्चालन प्रदेश–१ संयोजक नरेन्द्र ढकालले गरेका थिए । हालसम्म ६ वटा प्रदेशमा वेबिनारबाट कार्यक्रम सम्पन्न भइसकेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.