Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुरुङ्गा रोटरी
    शिक्षा

    शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुरुङ्गा रोटरी

    कनकाई खबरBy कनकाई खबर२०७८ असार ११, शुक्रबार १३:३३ गते2 Mins Read

    कनकाई खबर \ अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लव अफ सुरुङ्गाले कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा अध्ययनरत छात्राहरुलाई लक्षित गरी अतिआवश्यक सामाग्री सहयोग गरेको छ ।

    कनकाई नगर क्षेत्रका सामाजिक अभियन्ताहरुको सक्रियतामा तीन वर्षअघि जुन २२ तारिख अर्थात असार ८ गतेका दिन विधिवत रुपमा स्थापना भएको रोटरी क्लवले सामाजिक क्षेत्रमा विभिन्न गतिविधि संचालन गर्दै आएको छ । यसै क्रममा शिक्षा साथै स्वास्थ्यका क्षेत्रमा समेत महत्वपूर्ण कार्य गर्दै आएको क्लवले आफ्नो स्थापना दिवसको अवसर पारेर क्याम्पसका छात्राहरुको लागि निर्माण गरिएको छात्रा विशेष कक्षमा मेडिकल बेड र मेडिसिन टेवल हस्तान्तरण गरिएको क्लवका अध्यक्ष टिकाप्रसाद जमरकट्टेलले बताए । छात्रा विशेष कक्षमा दराज, कार्पेट, ऐना लगायतका सामाग्रीको समेत अति आवश्यक्ता देखिएकाले थप आवश्यक्ताका सामाग्रीहरु तीन दिन भित्रमा व्यवस्थापन गरी क्याम्पसलाई हस्तान्तरण गरिने अध्यक्ष कट्टेलले प्रतिवद्धता जनाएका छन् ।

    क्याम्पसमा अध्ययन अध्यापनका समयमा छात्राहरुकालागि उत्पन्न हुन सक्ने विविध स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै मानवीय सेवामा समर्पित रोटरी क्लवले गरेको सहयोग महत्वपूर्ण भएको भन्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चुडालले क्लवको पवित्र कार्यप्रति प्रशंसा गरेका छन् । छात्राहरुको संवेदनशिलतालाई नजिकबाट मूल्यांकन गरी क्याम्पस परिसरमा रहेको छात्रा विशेष कक्षमै आएर क्लवका पदाधिकारीहरुबाट भएको सहयोगले क्याम्पस व्यवस्थापन पक्षलाई ठूलो राहत मिलेको अध्यक्ष चुडालले प्रष्ट पारेका छन् । स्नातकोत्तर तह सम्मको अध्ययन अध्यापन हुँदै आएको कनकाई बहुमुखी क्याम्पसको थप शैक्षिक स्तर वृद्धिकालागि आगामी दिनमा समेत रोटरी क्लवबाट निरन्तर सहयोगको अपेक्षा राखेको बताउँदै अध्यक्ष चुडालले क्लवसँग आँफूहरुले निरन्तर सहकार्य गर्दै अघि बढ्न चाहेको बताएका छन् ।

    रोटरी क्लव अफ सुरुङ्गाका उपाध्यक्ष शिव कडेलले सहजीकरण गरेको सामाग्री हस्तान्तरणको संक्षिप्त कार्यक्रममा क्याम्पस प्रमुख विकास उप्रेती, सहायक क्याम्पस प्रमुख शेरवहादुर बानियाँ लगायत अन्य प्राध्यापकहरु, क्लवका पूर्व अध्यक्ष कुमारमणि पोखरेल, वर्ष २०२१÷०२२ का अध्यक्ष सुशिलकुमार श्रेष्ठ लगायत क्लवका अन्य पदाधिकारीहरुको समेत उपस्थिती रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.