Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘कोरोना भाइरसबाट प्रभावितहरुका लागि विशेषज्ञको मनोपरामर्श’ कार्यक्रम
    समाचार

    ‘कोरोना भाइरसबाट प्रभावितहरुका लागि विशेषज्ञको मनोपरामर्श’ कार्यक्रम

    कनकाई खबरBy कनकाई खबर२०७८ असार ९, बुधबार १०:४५ गते2 Mins Read

    बिर्तामोड \ नेपाल पत्रकार महासंघ झापा शाखाले कोरोना भाइरसबाट संक्रमित र संक्रमणमुक्त भएकासहित सबै पत्रकारको मानसिक एवं मनोसामाजिक स्वास्थ्यमा टेवा पुर्याउन ‘विशेषज्ञको मनोपरामर्श’ कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ ।

    महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बुधबार सम्पन्न भएको भर्चुअल वैठकले त्यस्तो निर्णय गरेको हो । महासंघले ‘कोरोना भाइरसबाट प्रभावितहरुका लागि विशेषज्ञको मनोपरामर्र्श’ विषयक भर्चुअल कार्यक्रम मिति २०७८ असार ११ गते शुक्रबार दिनको ११ः३० बजेबाट १ः०० बजेसम्म गर्ने लगायतका निर्णय गरेको महासंघ झापाका सचिव डिकेश लामाले जानकारी दिए ।
    कोभिड १९ बाट संक्रमितहरु र संक्रमणमुक्त भएकाहरुलाई नियमित मनोपरामर्श दिने कार्यमा खटिइरहनुभएका विशेषज्ञ मनोविद् (मानसिक एवं मनोसामाजिक स्वास्थ्य राष्ट्रिय अभियान नेपाल, संयोजक गोपाल ढकाल)ले सहजीकरण गर्ने उक्त कार्यक्रममा यसअघि संक्रमित भई स्वास्थ्यलाभ गर्नुभएका, हाल आइसोलेसनमा रहनुभएका तथा सबै पत्रकारलाई सहभागी गराउने निर्णय गरिएको छ ।
    संक्रमण मुक्त भएकाहरुले गर्नु पर्ने आफ्नो हेरचाह, कसरी उच्च मनोवलका साथ सामान्य अवस्थामा फर्कने, संक्रमित पत्रकारहरुले स्वास्थ्य सुधारका लागि गर्नु पर्ने कार्य, आत्मबल बढाउने बारे परामर्श, पत्रकारहरु र आम नागरिकले कोरोनाको सन्दर्भमा ध्यान दिनु पर्ने विषयमा केन्द्रित हुने कार्यक्रममा सहभागिताका लागि सरोकार राख्ने सबैलाई आह्वान गर्ने निर्णय गरिएको छ ।

    कोभिड–१९ को दोस्रो लहरले सञ्चार क्षेत्रमा पारेको प्रभाव तथा उत्पन्न समस्याहरु र महासंघले हालसम्म गरेका कार्यबारे वैठकमा गम्भीर छलफल र समीक्षा भएको जनाइएको छ । हालसम्म झापाका ३४ जना पत्रकार कोरोना भाइरसबाट संक्रमित बनेकोमा एक जनाको निधन भएको र २ जना हाल आइसोलेशनमा रहनुभएको छ । हाल आइसोलेसनमा रहनुभएका सबै पत्रकारको वैठकले शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै सबै पत्रकारलाई प्रविधिको प्रयोग गरेर भरसक घरबाटै काम गर्न र बाहिर जानै पर्ने भए स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूर्ण पालना गरेर मात्र काम गर्न वैठकले अपिल गरेको छ ।

    कोभिड–१९ को दोस्रो लहरको प्रभावबाट प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार तथा सञ्चारगृहमा उत्पन्न हुनसक्ने समस्याको समाधान, समन्वय लगायतका कार्य गर्नका लागि उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा गठित समिति , कोभिड–१९ को दोस्रो लहरबाट सञ्चार क्षेत्रमा उत्पन्न भएका र हुनसक्ने समस्या लगायत समग्र विषयको अनुगमन गर्न उपाध्यक्ष सुशीला संग्रौलाको संयोजकत्वमा गठित समिति र महासंघको वेबसाइट सञ्चालन र विवरण अद्यावधिका लागि महासंघका सचिव डिकेश लामाको संयोजकत्वमा गठित समितिको कामबारे एवं आर्थिक गतिविधिबारे कोषाध्यक्ष रञ्जित प्रसाईबाट वैठकमा विषयगत रिपोर्टिङ र समीक्षा भयो । उक्त तीनै समितिलाई अझ सक्रिय र आफ्नो कामलाई प्रभावकारी बनाउन वैठकले निर्णय गरेको छ ।

    कोरोना महामारीको संकटको घडीमा नागरिकलाई सही सूचना सम्प्रेषण गर्ने कार्यमा अहोरात्र खटिने सञ्चारकर्मीको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिएर महासंघलाई स्वास्थ्य सामग्री, नगद सहयोग तथा कोरोनाविरुद्धको खोप उपलब्ध गराउने तथा समन्वय र सहजीकरण गर्ने सबैलाई वैठकले धन्यवाद ज्ञापन गरेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.