Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा थपियो निषेधाज्ञा – १२ बजे सम्म बजार खुल्ने, सरकारी कार्यालयको सेवा सूचारु नहुने
    समाचार

    झापामा थपियो निषेधाज्ञा – १२ बजे सम्म बजार खुल्ने, सरकारी कार्यालयको सेवा सूचारु नहुने

    कनकाई खबरBy कनकाई खबर२०७८ असार ७, सोमबार १७:३१ गते6 Mins Read

    कनकाई खबर \ झापामा थप एक साताका लागि निषेधाज्ञा थप भएको छ । असार १४ गतेसम्मको लागि निषेधाज्ञा थपिएको हो ।

    हाल बिहान १० बजे सम्म सञ्चालन हुँदै आएका व्यवसायहरु सञ्चालनको समय दुई घण्टा बढाएर १२ बजे सम्म कायम गरिएको छ तर सो समय भित्र सार्वजनिक तथा निजी सवारी साधन चल्न पाउने व्यवस्था गरिएको छैन ।

    होटल तथा रेष्टुरेन्टहरुले टेक– अवे सेवा मात्र सञ्चालन गर्न पाउने उल्लेख छ । सेवाग्राहीका लागि सरकारी कार्यालयको सेवा सूचारु हुने अपेक्षा गरिएपनि तत्काल अत्यावश्यक बाहेकका कुनै पनि कार्यालयीय सेवा सञ्चालन हुने आदेशमा उल्लेख छैन । अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, वीमा लगायतका कार्यालयहरुले सेवा स्थगन गर्ने र त्यस्ता कार्यालयमा न्यूनतम कर्मचारी मात्र उपस्थित भई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने भन्ने आदेश भएकाले सर्वसाधारणका लागि बहुप्रतिक्षित मालपोत, नापी कार्यालयसहित अन्य कार्यालयीय सेवा सञ्चालन हुने अवस्था नदेखिएको हो । झापामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा निम्न अनुसारको आदेश जारी गरिएको छ ।

    सर्वसाधारणका लागिः–
    अत्यावश्यक कामका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने । खाद्य पदार्थलगायत अन्य सामग्री खरिद गर्न निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने र कुनै पनि भीडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने ।
    हाट बजार, मेला, जात्रा, महोत्सव, पार्टी, भोजलगायत भीडभाड हुने कार्य नगर्ने नगराउने ।
    कोभिड १९ को लक्षण देखिएमा वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहको आइसोलेसन सेन्टरमा सम्पर्क राख्ने ।

    कार्यालय संचालन सम्बन्धमाः–
    अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, वीमा लगायतका कार्यालयहरुले सेवा स्थगन गर्ने र त्यस्ता कार्यालयमा न्यूनतम कर्मचारी मात्र उपस्थित भई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने ।
    सरकारी, सार्वजनिक कार्यालयका कर्मचारीहरुले कर्मचारी परिचय–पत्रका आधारमा बिहान ९ बजे देखि १० बजेसम्म तथा बेलुकी ५ बजेदेखि ६ सम्ममात्र सरकारी तथा निजी सवारी साधनमा आवतजावत गर्न पाउने । अत्यावश्यक सेवा सञ्चालन गर्ने कार्यालयका कर्मचारीहरुको हकमा कर्मचारी परिचय–पत्रका आधारमा सरकारी तथा निजी सवारी साधनमा आवश्यकता अनुसार आवतजावत गर्न पाउने ।

    बैंक/वित्तीय संस्था सम्वन्धमाः–
    बैक तथा वित्तीय संस्थाहरुले बैंकिङ्ग कारोबार न्यूनतम कर्मचारीको उपस्थितिमा स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी÷गराई सञ्चालन गर्ने । साथै एटीएम आउटलेटहरु २४ सै घण्टा संचालन हुने व्यवस्था मिलाउने ।

    पसल तथा व्यवसाय सञ्चालन सम्बन्धमा 
    औषधी र स्वास्थ्य सामग्री, ईन्धन (पेट्रोल/डिजल स्टेसन,एलपी ग्यास) बाहेक अन्य पसल तथा व्यवसाय पूर्णरुपमा बन्द गर्ने तर खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दुध डेरी, पुस्तक, हार्डवेयर तथा निर्माणजन्य सामग्री, ईलेक्ट्रोनिक, टेलरिङ्ग, ड्राईक्लिनर्स, लत्ताकपडा, जुत्ता चप्पल, सुनचाँदी, कस्मेटीक, भाँडा, गाडी/मोटरसाईकल शोरुम, प्लास्टिक तथा मेशिनरी पसल विहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन गर्न पाईने । माथि उल्लेखित पसलहरु सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने÷गराउने, सोको प्रभावकारी अनुगमन सम्वन्धित स्थानीय तह, स्थानीय उद्योग वाणिज्य संघ तथा स्थानीय प्रहरी ईकाईहरुले गर्ने ।

    होटल तथा रेष्टुरेन्टहरुले टेक अवे सेवा मात्र सञ्चालन गर्न पाउने । मलखाद, बीउविजन, कुखुराका चल्ला, दाना, पशुपक्षंीका आहार लगायत कृषि सम्बन्धी पसल स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी विहान १० बजे देखि वेलुका ५ बजेसम्म सञ्चालन गर्न पाईने ।
    मोटर वर्कशपहरुले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी न्यूनतम कामदारहरुको उपस्थितिमा विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाउने ।
    औषधी पसल तथा अत्यावश्यक सेवा सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्ने ।
    सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जन स्थल, पार्क, सैलुन, ब्यूटी पार्लर, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना, आदि बन्द गर्ने ।

    सवारी साधन सञ्चालन सम्बन्धमाः–
    अत्यावश्यक सेवाहरु वाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारी साधन मिति २०७८ असार ७ गते राति १२ बजेदेखि २०७८ असार १४ गते राति १२ बजेसम्म झापा जिल्लाभर सञ्चालनमा पूर्णरुपले रोक लगाउने ।
    अत्यावश्यक सेवा संचालन गर्ने नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले प्रयोग गर्ने सरकारी तथा निजी सवारी साधनको हकमा कार्यालयले जारी गरेको कर्मचारी परिचय–पत्रको आधारमा विहान ९ बजे देखि १० बजेसम्म तथा बेलुकी ५ बजेदेखि ६ सम्म सञ्चालन गर्न पाईने ।
    अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, ईन्धन तथा लुब्रिकेन्ट, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध, तथा दुधजन्य पदार्थ, मलखाद, बीउविजन, कुखुराका चल्ला, दाना, पशुपन्क्षीका आहार बोकेको सवारी साधन, बैङ्क, वित्तीय संस्था, रेडक्रस, दुरसञ्चार, विद्युत, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाँकसेवा, ढुवानीलगायतका सवारी साधनहरु विषय उल्लेख गरी सञ्चालन गर्न पाईने । यस जिल्लाबाट अन्य जिल्लाको लागि खाद्यान्न लगायतका अन्य सामग्री ढुवानी गर्ने सवारी साधनहरु सञ्चालन गर्न पाईने । धान रोप्ने समय नजिकिएकोले खेत जोत्ने कार्यमा प्रयोग हुने ट्रयाक्टर कृषि कार्यको लागि सञ्चालन गर्न पाईने ।

    उद्योग, कल–कारखाना र विकास निर्माण कार्य सञ्चालन सम्बन्धमाः–

    उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सकेसम्म थोरै जनशक्तिबाट सञ्चालन गर्ने र त्यस्ता जनशक्तिलाई खान र बस्ने सुविधा उद्योग परिसरभित्रै मिलाउने, छुट्टै क्वारेन्टाइनको व्यवस्था सम्बन्धित उद्योगले मिलाउने। राष्ट्रिय गौरब तथा महत्वका आयोजना÷परियोजना र अति आवश्यक विकास निर्माण कार्यका लागि कामदारहरुलाई खाने बस्ने ब्यबस्था सम्वन्धित आयोजनाले निर्माणस्थलमा नै मिलाई स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने ।

    विकास निर्माणसंग सम्वन्धित सामाग्रीहरु ढुवानी गर्ने सवारी साधनहरु वेलुकी ७ बजेदेखि विहान ६ बजेसम्म सञ्चालन गर्न पाईने । नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहबाट सञ्चालन भएका विकास निर्माण कार्यका लागि निर्माण सामाग्री बोक्ने÷बोकेका सवारी साधनलाई सम्वन्धित आयोजना÷निकायको पत्रको आधारमा आवतजावत गर्न पाईने ।
    विकास निर्माण कार्यका लागि अन्य समयमा ठूलो परिमाणमा निर्माणजन्य सामग्री आवश्यक पर्ने भएमा सम्वन्धित स्थानीय तह वा स्थानीय उद्योग वाणिज्य संघसंग समन्वय गरी गोदामबाट मात्र उपलब्ध गराउने ।

    विवाह तथा मृत्यु संस्कार सम्बन्धमाः–


    विवाहको लागि बढीमा १० जनासम्म जन्ति जान आउन दुलाहा दुलही सहित २ वटा सवारी साधनमा छ–छ जना सम्म व्यानर राखेर प्रयोग गरी जिल्लाभित्र वा अन्य जिल्लामा आवतजावत गर्नु पर्दा अनुमति आवश्यक नपर्ने।
    मृत्यु संस्कार, बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागि हुनु पर्ने व्यक्तिले अन्य जिल्लामा जानु पर्दा सम्बन्धित व्यक्तिले उक्त व्यहोरा खुल्ने कागजात ९निवेदन, अस्पतालको कागजात वा सम्बन्धित स्थानीय तहको सिफारिस० सहित जिल्ला प्रशासन कार्यालयमा अनुमतिका लागि निवेदन पेश गर्नु पर्ने ।

    सीमा नाका सम्बन्धमाः–
    सीमानाका काँकडभिट्टाबाट विदेशी नागरिकको प्रवेश स्थगन गर्ने । आपूर्ति प्रणाली सुचारु राख्न काँकडभिट्टा सीमा नाका यथावत सञ्चालन गर्ने । आपूर्ति प्रणालीसम्बद्ध ढुवानी साधनका चालक र सहचालकलाई स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने गरी आवतजावत गर्न दिइने ।
    काँकरभिट्टा नाकाबाहेक अन्य नाका तथा गौडाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउने । काँकडभिट्टा नाकाबाट प्रवेश गर्ने नेपाली नागरिकहरुको अभिलेख राख्ने, एन्टिजेन परीक्षण गर्ने, परीक्षणबाट पोजिटिभ देखिएकालाई आवश्यकता अनुसार नजिकको आइसोलेसन केन्द्र वा मेची अस्पतालमा थप उपचार गराउने,नेगेटिभ देखिएकालाई आवश्यक समन्वय गरी निजको गन्तव्यमा पठाउने व्यवस्था मिलाउने । यसको जानकारी सम्बन्धित स्थानीय तहलाई गराउने ।

    सभा सम्मेलनको हकमाः–

    सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमिनार लगायतका कार्यहरुको संचालनमा रोक लगाउने ।

    विविधः–
    सञ्चारकर्मी÷पत्रकारको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना बिभागले जारी गरेको परिचय पत्र वा सम्बन्धित संचार गृह वा पत्रकार महासंघको परिचयपत्रको आधारमा आवतजावत गर्न दिने । अत्यावश्यक उपयोग्य बस्तु वा सेवाको आपूर्तिमा कृतिम अभाव सिर्जना गर्ने, मूल्य वृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गर्नेहरु उपर कानून बमोजिम कडा कारवाही गर्ने ।
    अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हकमा हवाई टिकट, राहदानी, भिषा लगायतका कागजातका आधारमा सम्वन्धित व्यक्ति र निजले प्रयोग गर्ने सवारी साधनलाई यात्रा सहजीकरण गरिने । यस आदेशको पालना तथा कार्यान्वयनमा यसअघि झै आवश्यक सहयोग समन्वय तथा सहजीकरण हुन सम्वद्ध सबै सरोकारवाला र आम झापावासीमा हार्दिक अनुरोध छ । यो आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा हुने गरी कुनै कार्य गरे/गराईएको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.