Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अक्सिजन प्लान्टमा रोटरी क्लव अफ सुरुङ्गाबाट २ लाख ३५ हजारसहित कन्सेनट्रेटर
    आर्थिक

    अक्सिजन प्लान्टमा रोटरी क्लव अफ सुरुङ्गाबाट २ लाख ३५ हजारसहित कन्सेनट्रेटर

    कनकाई खबरBy कनकाई खबर२०७८ असार ६, आईतवार १६:१४ गते2 Mins Read

    कनकाई खबर \ कनकाई नगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्टकालागि रोटरी क्लव अफ सुरुङ्गाले २ लाख ३५ हजार ९९ रुपैंयाँसहित एक थान कन्सेनट्रेटर सहयोग गरेको छ ।

    कोरोना महामारीको यो समयमा कनकाई नगरपालिकाले प्रस्तावित नगर अस्पतालमा स्थापना गर्न लागेको अक्सिजन प्लान्टकालागि थोरै भएपनि राहत मिलोस् भन्ने उद्येश्यले क्लवको संयोजनमा सहयोग रकम संकलन भएको क्लवका वर्ष २०२०÷२१ का अध्यक्ष टिकाप्रसाद जमरकट्टेलले बताएका छन् ।


    स्थानीय सरकारले चालेको अभियानमा आफूहरुको समेत दायित्व सम्झेर क्लवको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु साथै केही सहयोगी शुभचिन्तकहरुबाट संकलन भएको सहयोग रकम हस्तान्तरण गरिएको अध्यक्ष कट्टेलले जानकारी दिए । क्लवका संस्थापक अध्यक्ष एलपी उप्रेती, निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल, वर्ष २०२०÷२१ का अध्यक्ष टिकाप्रसाद जमरकट्टेल, वर्ष २०२१ ÷२२ का अध्यक्ष सुशिल श्रेष्ठसहित कार्यसमितिका अन्य पदाधिकारीहरुको उपस्थितीमा कनकाई नगरपालिकाको कार्यालयमा नै गएर सहयोग रकम साथै अक्सिजन कन्सेनट्रेटर हस्तान्तरण गरिएको क्लवका प्रथम उपाध्यक्ष शिव कडेलले जानकारी दिए ।
    मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लव अफ सुरुङ्गाबाट यो महामारीको समयमा भएको सहयोग महत्वपूर्ण भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताएका छन् । अक्सिजन प्लान्ट सहयोग तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका नगरपालिकाका प्रमुख पोखरेलले यस महान मानवीय कार्यमा जोडिनुभएकोमा सहयोगी मनहरुप्रति हार्दिक आभार प्रकट गर्दै सुस्वास्थ्य एवम् दिर्घायुको कामना गरेका छन् ।

    यस क्षेत्रमा क्रियाशिल सामाजिक अभियन्ताहरुले नेतृत्व गरेको सामाजिक संस्था रोटरी क्लव अफ सुरुङ्गाले संस्थाको स्थापनादेखि नै शिक्षा, स्वास्थ्य, शुद्ध पिउने पानी लगायतका क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.