Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा स्वास्थ्य सेवा अब पहिलो प्राथमिक्ता ः नगर प्रमुख पोखरेल
    समाचार

    कनकाईमा स्वास्थ्य सेवा अब पहिलो प्राथमिक्ता ः नगर प्रमुख पोखरेल

    कनकाई खबरBy कनकाई खबर२०७८ असार ३, बिहीबार १८:३४ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा पहिलो प्राथमिक्ता दिने भएको छ ।

    कोरोनाको कहरसँगै प्रस्तावित कनकाई नगर अस्पतालमा दाताहरुबाट प्राप्त भएको अतिआवश्यकीय स्वास्थ्य सामाग्री ग्रहण गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले स्वास्थ्यका क्षेत्रमा कनकाई नगरपालिकाले पहिलो प्राथमिक्ता दिने बताएका हुन् । केहि दिन अघि स्थानीय स्तरमा रहेका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि साथै नगरमा क्रियाशिल सामाजिक संघसंस्थाहरुसँगको अन्तरक्रियाबाट प्राप्त सुझावका आधारमा समेत कनकाई नगरमा स्वास्थ्य सेवालाई पहिलो प्राथमिक्ता दिने योजना बनाएको नगर प्रमख पोखरेलले जानकारी दिएका छन् ।

    स्वास्थ्य उपकरणले व्यवस्थित बन्दै गएको प्रस्तावित नगर अस्पतालमा हेल्पिङ हेन्ड फर रिलाईफ एण्ड डेभलपमेन्ट नामक संस्थाले इन्डोस्कोपी मेसिन सहित अस्पतालकालागि आवश्यक पर्ने ४० लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । अस्पतालका प्रमुख डाक्टर मनिष तिमल्सिनाको अध्यक्षतामा आयोजित एक संक्षिप्त कार्यक्रममा संस्थाका कार्यक्रम व्यवस्थापक जीवप्रसाद पोखरेल, परियोजना संयोजक आरिफ अन्सारीले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल र उपप्रमुख मन्जु प्रसाईँलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । संस्थाले अस्पताल सहयोग कार्यक्रम अन्तर्गत झापाको कनकाईसहित मेची प्रादेशिक अस्पताल भद्रपुर र शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रमा गरी तीनवटा ठूला अस्पताललाई एक करोड मुल्य बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिसकेको बताएको छ ।

    कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, नगरका जनप्रतिनिधि, स्वास्थ्यकर्मीसहितको उपस्थिती रहेको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा वर्क फर नेपालका अध्यक्ष तीलचन्द्र अधिकारी , हेस्रा नेपालका प्रदेश नं. २ का प्रमुख मिराज खान एवम् प्रवन्ध निर्देशक जीयाउदिन खान लगायतको उपस्थिती रहेको प्रस्तावित नगर स्वास्थ्य अस्पतालका फार्मेसी प्रमुख भिष्म कट्टेलले जानकारी दिएका छन् ।

    भौतिक रुपमा सुविधा सम्पन्न भएपनि कनकाईमा विशेषज्ञ डाक्टर र आवश्यक स्वास्थ्य उपकरणको अभाव भएकै कारण उपचार सेवाकालागि स्थानीयवासी अन्य ठूला अस्पतालमा जान बाध्य छन् । कनकाई नगर लगायत आसपासको क्षेत्रका सवै किसिमका विरामीकालागि प्रविधिसँगै विशेषज्ञ सेवा संचालनमा ल्याउँने तयारीमा जुटेका स्थानीय सरकार प्रमुख राजेन्द्र पोखरेलले अव कनकाईमा स्वास्थ्य सेवा पहिलो प्राथमिक्ता भएको बताएका हुन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.