Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विवेकशिलका नेता थापाको स्मृतिमा झापामा वृक्षरोपण
    पर्यटन

    विवेकशिलका नेता थापाको स्मृतिमा झापामा वृक्षरोपण

    कनकाई खबरBy कनकाई खबर२०७८ जेष्ठ ३१, सोमबार ०२:५३ गते2 Mins Read

    कनकाई खबर \ विवेकशिल साझा पार्टीका संस्थापक संयोजक स्व.उज्वल थापाको १३ औं पुण्य तिथीको अवसर पारेर आइतवार झापाका विभिन्न स्थानमा वृक्षरोपण गरिएको छ ।

    नेता थापाको अल्पायुमै ४४ बर्षमा निधन भएको थियो । थापाको निधन पछि पार्टीले विज्ञप्ती निकालेर १३ औं पुन्य तिथिमा वृक्षरोपण गर्न सबै पार्टी सदस्यहरुलाई अपिल गरेको थियो ।
    बैकल्पिक सुसंस्कृत राजनितिका सुत्रधार रहेका नेता थापाको कोरोना संक्रमण पछि गत जेठ १८ गते काठमाण्डौंको मेडिसिटि अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

    विवेकशील साझा पार्टी झापाले आयोजना गरेको वृक्षरोपण कार्यक्रम झापाको दमक र कनकाईमा सम्पन्न भएको हो । कनकाई नगरमा रहेका विभिन्न पर्यटकीय क्षेत्रहरु मध्ये प्राकृतिक सुन्दरताले भरिएको जामुनवारी सामुदायिक वन एवम् जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा फलफूल, टिक, कदम, धुपी लगायतका विभिन्न जातका ३ सय विरुवा रोपिएको विवेकशिल साझा पार्टीका केन्द्रिय सदस्य भीमप्रसाद अधिकारीले बताए ।

    केन्द्रिय सदस्य अधिकारीको अध्यक्षता एवम् पार्टीका प्रदेश सदस्य घनेन्द्र खनालको संयोजनमा सम्पन्न कनकाईको वृक्षरोपण कार्यक्रममा जामुनवारी सामुदायिक वन समुहका अध्यक्ष ख्यामराज सिटौला, विवेकशिल साझा युवा संगठन प्रदेश नं.१ का संयोजक प्रशान्त ढकाल, युवा संघका जिल्ला संयोजक राजेन्द्र खनाल, विवेकशिल साझा पार्टीका झापा संयोजक मेदनी प्रसाईँ, सहसंयोजक जयप्रसाद विमली, जिल्ला सचिव केदार चापागाईँ, मोरङ् जिल्ला सदस्य सविन थापा लगायतको उपस्थिती रहेको विवेकशिल साझा पार्टी कनकाई नगर समितिका सचिव खड्गप्रसाद चुडालले जानकारी दिएका छन् ।

    त्यस्तै दमक ८ स्थित रतुवा बाँध क्षेत्रमा धुपी, टिक, कदम लगायत विभिन्न जातका २०० विरुवा रोपिएको पार्टीका झापा सह—संयोजक जयप्रसाद विमलीले जानकारी दिएका छन् । विवेकशील साझा पार्टीका दमक नगर संयोजक रेवतचन्द्र भण्डारीको अध्यक्षता एवम् झापाका सह—संयोजक विमलीको संयोजन रहेको कार्यक्रममा दमक नगरपालिका वडा नं.८ का वडाअध्यक्ष पशुपतिराज गौतम, पार्टीका जिल्ला सचिव केदार चापागाईँ, जिल्ला सदस्य तेज श्रेष्ठ र तीर्थराज चाम्लीङ् राई लगायतको उपस्थिती रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.