कनकाई खबर / कोरोना संक्रमणका कारण झापाको कनकाईमा आज २ जना पुरुषको निधन भएको छ ।
संक्रमणका कारण निधन हुनेमा कनकाई ४ का ६२ वर्ष र कनकाई ५ का ४१ वर्षका पुरुष रहेको कनकाई नगरपालिका कार्यालयका कोरोना फोकल पर्सन नारायण अधिकारीले जानकारी दिएका छन् । दोस्रो लहरमा निधन हुनेको संख्या १० पुगेसँगै कोरोना संक्रमणका कारण कनकाईमा निधन हुनेको संख्या अब १६ पुगेको बताइएको छ ।
कोरोना संक्रमणको लहरसँगै कनकाईमा हालसम्म पिसिआर परिक्षणकालागि ५ हजार ५ सय ७२ जनाको स्वाव संकलन गरिएकोमा सक्रिय संक्रमितको संख्या ७ सय ४३ रहेको बताइएको छ । सक्रिय संक्रमित मध्ये उपचारका क्रममा हाल विभिन्न अस्पतालमा ६जना र कनकाई नगर अस्पतालको आइसोलेशनमा ४ जना रहेको कनकाईका कोरोना फोकल पर्सन अधिकारीले कनकाई खबरलाई जानकारी दिए ।
हाल सम्ममा ४ सय ४८ जना नगरवासी कोरोना जितेर घर फर्किएको बताइएको छ । बाँकी संक्रमित सामान्य अवस्थामा होमआइसोलेशनमा रहेको बताइएको छ ।