Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरक्षाकर्मीलाई युवा संघ कनकाईले दियो स्वास्थ्य सामाग्री
    समाचार

    सुरक्षाकर्मीलाई युवा संघ कनकाईले दियो स्वास्थ्य सामाग्री

    कनकाई खबरBy कनकाई खबर२०७८ जेष्ठ २६, बुधबार १७:२१ गते2 Mins Read

    कनकाई खबर \ कोरोना कहरका विचमा पनि अग्र पंक्तिमा रहेर जनताको सेवा गर्दै आएका सुरक्षाकर्मीलाई राष्ट्रिय युवा संघ नेपाल कनकाई नगर कमिटीले अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

    कनकाई ३ सुरुङ्गास्थित पुजादेवी मेडिसिन सेन्टरका सन्चालक सिरश खरेल र पुजा खरेलको सौजन्यमा ईलाका प्रहरी कार्यालय सुरुङ्गा र ट्राफिक प्रहरी कार्यालय सुरुङ्गालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । कनकाई नगर क्षेत्रका एक सफल क्रिकेटर समेत रहेका युवा व्यवसायी सिरश खरेल र अत्यन्तै सहयोगी भावना भएकी पुजा खरेलले संचालन गरेको मेडिसिन सेन्टरका तर्फबाट स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

    यसरी हस्तान्तरण गरिएका सामाग्रीहरुमा सेनिटाइजर १० लिटर, एन नाइन्टी फाइभ मास्क २० थान, सर्जिकल मास्क २० थान, सर्जीकल ग्लोव्स ६ थान, साधारण ग्लोव्स १ बट्टा, साबुन २० थान, हेन्डवास २ थान, भाइरस किलर स्प्रे १ थान, फेस सिल्ड २० थान लगायतका स्वास्थ्य सामाग्री एक मुष्ठ रुपमा युवा संघ मार्फत ईलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालय सुरुङ्गालाई हस्तान्तरण गरिएको युवा संघ कनकाईका अध्यक्ष विश्व विजय खरेलले जानकारी दिएका छन् ।

    अत्यावश्यक स्वास्थ्य सामाग्री ग्रहण गर्दै ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख उदयसमशेर जबराले सहयोगी सम्पूर्ण दाताहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा आर्थिक, सामाजिक तथा व्यक्तिगत जीवनको समेत उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक आभार प्रकट गरेका छन् ं।

    युवा संघ कनकाईका पूर्व अध्यक्ष एवम् नेकपा एमाले कनकाई नगरका सचिव विनोद राना, संघका नगर सचिव केशव शिवाकोटी, सदस्य किशोर दहाल लगायतको उपस्थितीमा ईलाका प्रहरी प्रमुख जबरा र ट्राफिक प्रहरी सुरुङ्गाका प्रमुख चन्द्र बस्नेतलाई संयुक्त रुपमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताइएको छ ।

    युवा संघ कनकाईले कोरोना महामारीका विचमा पनि स्थानीय सरकार कनकाई नगरपालिकाले निर्माण गर्न लागेको अक्सिजन प्लान्टकालागि नगरपालिकालाई सहयोग गर्ने उद्येश्यले अभियान संचालन गरेर आर्थिक संकलन गरिरहेको बताइएको छ । हाल सम्म करिब ५ लाख रकम संकलन गरिसकेको युवा संघले संकलन गरेको सहयोग रकम चाँडै एकमुष्ट रुपमा कनकाई नगरपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको संघका नगर सचिव केशव शिवाकोटीले कनकाकई खबरलाई जानकारी दएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.