Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भान्कोनको प्रबद्र्धनात्मक कार्यक्रम
    समाचार

    भान्कोनको प्रबद्र्धनात्मक कार्यक्रम

    ramBy ram२०७५ माघ ३, बिहीबार ०२:२५ गते2 Mins Read

     

       सुरुङ्गा \ भारतीय विद्युतीय सामग्री उत्पादन कम्पनी भान्कोन मोड्यूलर कम्पनीले सुरुङ्गामा प्रबद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

      कम्पनीका सामग्रीका प्रदेश नं. १ को मुख्य डिलर जना स्टोर सुरुङ्गाको आयोजनामा भएको कार्यक्रममा झापा, मोरङ, सुनसरी, इलामका १ सय बढी बिक्रेता र बिजुली मिस्त्रीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीको मुख्य बिक्री प्रबद्र्धक राजीव पटनायकले कम्पनीको परिचय प्रस्तुत गरेका थिए ।

       सन् २००८ मा किशोर गुर्गानीले मुम्बईमा स्थापना गरेको कम्पनीले भारतका विभिन्न ठाउँमा १ हजार बढी मुख्य डिलर स्थापना गरिसकेको छ भने कम्पनीले सन् २०१७ देखि नेपाल र भुटानमा पनि आफ्ना डिलर शाखा विस्तार गरेको छ । अहिले कम्पनीको वार्षिक कारोबार १ सय ६० करोड रुपैयाँ पुगेको पटनायकले जानकारी दिए ।

       सामग्री उत्पादनमा विविधीकरण गर्दै निर्यातलाई पनि विस्तार गर्ने र निकट भविष्यमा विश्वस्तरीय विद्युतीय सामग्री उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको पटनायकले बताए । आयोजक सृजना स्टोर सुरुङ्गाका सञ्चालक डिल्लीराम बाराकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलको प्रमुख आतिथ्य एवम् साविक सुरुङ्गा गाविसका पूर्व अध्यक्ष भीमप्रसाद अधिकारीको विशेष आतिथ्य रहेको थियो ।

      कार्यक्रममा कम्पनीको हरियाणा स्टेटका एरिया सेल्स मेनेजर रोहितकुमार अग्रवालले कम्पनीले उत्पादन गर्ने भान्कोन इलेक्ट्रिकल एक्सेसोरिजका बारेमा प्रकाश पारेका थिए । कम्पनीले हाल लेड लाइट, टच स्वीच, केटु स्वीच, नेक्सा मोड्यूलर प्लेट, जेड स्वीच, सेरेनिटी स्वीच, ग्याङ बक्स, वायर, प्यानल बोर्ड, एमसीभी, स्वीच रेगुलेटर, फ्यान रेगुलेटर, इलेक्ट्रिक सकेट, ल्याम्प होल्डर लगायतका विद्युतीय सामग्री उत्पादन गर्दै आएको छ ।

        आईएसओ ९००१ प्राप्त कम्पनीले ‘कम्फर्ट फस्ट, कम्फर्ट लास्ट, कम्फर्ट अल्वेज’ नारालाई अघि सारेको छ । कार्यक्रममा कम्पनीका नेपाल च्यानल पार्टनर आलोक जयसवालले औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए ।

       कार्यक्रममा विद्युतीय व्यवसायी संघ झापाका अध्यक्ष भक्ति पाठकले गुणस्तरीय विद्युतीय सामग्रीको आवश्यकतालाई भान्कोनका उत्पादनले पूरा गर्ने आशा रहेको बताए । कार्यक्रममा विविध मनोरञ्जनात्मक प्रस्तुतिहरु समेत राखिएका थिए ।

       कम्पनीका काठमाण्डौ प्रतिनिधि अमित शाह सहित स्थानीय व्यवसायी साथै संचारकर्मीहरुको उपस्थिती रहेको कार्यक्रममा विद्युतीय सामग्री व्यवसायीहरु रत्न आचार्य, उत्सब बाँस्तोेला लगायतले जिज्ञासा राखेका थिए ।

      उठेका प्रश्नहरुको जवाफ रोहितकुमार अग्रवालले दिएका थिए । कार्यक्रमको सञ्चालन निर्माण व्यवसायी एवम् सञ्चारकर्मी डिल्लीराम घोर्सार्इंले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.