Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अक्सिजन प्लान्ट निर्माणमा युवा संघको अभियान, आज करीब २ लाख संकलन
    आर्थिक

    अक्सिजन प्लान्ट निर्माणमा युवा संघको अभियान, आज करीब २ लाख संकलन

    कनकाई खबरBy कनकाई खबर२०७८ जेष्ठ २२, शनिबार १५:४५ गते3 Mins Read

    कनकाई खबर / अक्सिजन प्लान्ट निर्माणकालागि राष्ट्रिय युवा संघ नेपाल, कनकाई नगर कमिटीले आज शनिवार करीब २ लाख सहयोग रकम संकलन गरेको छ ।

    कोरोना कहरका विच स्थानीय सरकार कनकाई नगरपालिकाले निर्माण गर्न लागेको अक्सिजन प्लान्टकालागि नगरपालिकालाई सहयोग गर्ने उद्येश्यले युवा संघले अभियान संचालन गरेको जनाएको छ ।
    “दिगो समस्या समाधान नै भोलिको दिगो विकासको पुर्वाधार” भन्ने नाराका साथ अभियान संचालन गरेको युवा संघले अझै केही दिन सहयोग संकलन गरेर कनकाई नगरपालिकालाई एकमुष्ट रकम हस्तान्तरण गर्ने योजना रहेको युवा संघ कनकाईका अध्यक्ष विश्वविजय खरेलले कनकाई खबरलाई जानकारी दिएका छन् ।

    युवा संघले संचालन गरेको अभियानमा जोडिन पुगेका कनकाई नगरपालिका ३ निवासी सहयोगी तथा समाजसेवी श्यामसुन्दर ओली र शकुन्तला ओली साथै छोरी खुस्बु ओलीबाट ५१ हजार सहयोग रकम प्राप्त भएको छ । सामाजिक व्यक्तित्वहरु पवित्रा आयल ट्रेडर्स एण्ड सप्लायर्सका सन्चालकहरु क्रमशःकनकाई –३ निवासी टङ्क पाठक र भावना पाठक, धर्म उप्रेती र तारा उप्रेती, प्रकाश सेडाइँ र ममता सेडाइँबाट जम्मा ५१ हजार सहयोग रकम उपलब्ध भएको छ ।

    त्यस्तै पवित्रा आयल ट्रेडर्स एण्ड सप्लायर्सकै म्यानेजर कनकाई –५ निवासी गिरेन्द्र र गङ्गा आचार्यबाट २० हजार त्यस्तै कनकाई ३ निवासी रमेश र विद्यादेवी सेडाइँबाट १५ हजार सहयोग रकम उपलब्ध भएको युवा संघ कनकाईका पूर्व अध्यक्ष एवम् नेकपा एमाले कनकाई नगर कमिटीका सचिव विनोद रानाले जानकारी दिए ।

    त्यस्तै टोयस पार्कका सन्चालक युवा व्यवसायी, बिर्तामोड ७ निवासी सुनिल र सिर्जना कुँवर खरेलबाट २१ हजार सहयोग रकम संकलन भएको युवा संघ कनकाईका पूर्व अध्यक्ष रानाले जानकारी दिए ।
    अभियानकै क्रममा कनकाई — १ निवासी सामाजिक व्यक्तित्व गङ्गा ढुङ्गेलका सुपुत्र हाल जर्मनमा रहेका मणि ढुङ्गेलबाट १५ हजार सहयोग रकम प्राप्त भएको बताइएको छ ।

    यस महान कार्यको अभियान संचालनमा लागेको युवा संघले यस अघि एकैदिनमा एक लाख रकम संकलन गरेको बताइएको छ । अझै स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुसँग सम्पर्क भइरहेको बताउँदै युवा संघ कनकाईका सचिव केशव शिवाकोटीले कोरोना महामारीको यो संकटमा स्थानीय सरकार कनकाई नगरपालिकाको महान कार्यमा खुल्ला हृदयले सहयोग गर्न सम्वन्धित सवैलाई अपिल गरेका छन् ।

    कोरोना महामारीको यो समयमा कोरोना भाइरसका कारण संक्रमित भएका विरामीहरुले सहज रुपमा अक्सिजन नपाएर ज्यान गुमाइरहेको वर्तमान अवस्थामा कनकाई नगरपालिकाले चालेको अभियानका बारेमा झापाको कनकाई नगरबाट प्रकाशन हुँदै आएको यहाँको लोकप्रिय संचार माध्यम कनकाई खबर डटकम अनलाइन मार्फत जानकारी प्राप्त भएपछि आँफूहरुलाई समेत सहयोगको भावना जागेको दाताहरुले बताउँदै आएकाछन् । कनकाई नगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्टकालागि थोरै भएपनि राहत मिलोस् भन्ने उद्येश्यले आँफूहरु युवा संघको अभियान मार्फत जोडिएको युवा व्यवसायी, बिर्तामोड ७ निवासी सुनिल खरेलले बताए ।

    सहयोग रकम ग्रहण गर्दै युवा संघ कनकाईका अध्यक्ष विश्वविजय खरेलले सहयोगी सम्पूर्ण दाताहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा आर्थिक, सामाजिक तथा व्यक्तिगत जीवनको समेत उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक आभार प्रकट गरेका छन् ।

    अक्सिजन प्लान्ट निर्माणकालागि यस अघि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले आफ्नो तीन वर्षको पारिश्रमिक १० लाख रुपैंयाँ जम्मा गरेपछि अक्सिजन प्लान्ट निर्माणकालागि नगर प्रमुखकै संयोजकत्वमा छुट्टै समिति निर्माण भई बैंक खाता समेत संचालनमा आएको छ । यसका साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सहयोगी मनहरुलाई समेत तपशिलमा उल्लेखित विवरणको खातामा रकम जम्मा गरेर पनि सहयोग गर्न सकिने बताइएको छ ।
    नेपाल बैंक सुरुङ्गा शाखा, कनकाई नगरपालिका प्रकोप व्यवस्थापन कोष खाता, खाता नम्बर—१४७०३०००००७००२०००००१

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.