Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरको अक्सिजन प्लान्टमा एकता र दिपेशले दिए २० हजार ७ सय ४६
    आर्थिक

    कनकाई नगरको अक्सिजन प्लान्टमा एकता र दिपेशले दिए २० हजार ७ सय ४६

    कनकाई खबरBy कनकाई खबर२०७८ जेष्ठ २०, बिहीबार ०७:४० गते2 Mins Read

    कनकाई खबर \ कनकाई नगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्टकालागि पशुपति अंग्रेजी माविका पूर्व विद्यार्थी एकता दहाल र दिपेश उप्रेतीले २० हजार ७ सय ४६ रुपैंयाँ सहयोग गरेका छन् ।

    सम्बन्धले दिदीभाइ पर्ने यी दहाल र उप्रेती हाल अष्ट्रेलियामा रहेका छन् । दहाल कनकाई ३ सुरुङ्गा निवासी भुपेन्द्र एवम् लीला दाहालकी छोरी हुन् भने दिपेश कनकाई ३ सुरुङ्गा निवासी दयाराम र देवी उप्रेतीका छोरा हुन् । स्वदेश तथा विदेशमा समेत रहेका पशुपति माविका पूर्व विद्यार्थीहरु सामाजिक संजाल मार्फत जोडिएर केही दिन अघिदेखि नै रकम संकलन गर्दै आएको भएपनि यो महामारीको समयमा संकलन भएको एकमुष्ट सहयोग रकम पशुपति माविको भूतपूर्व विद्यार्थी समाजका प्रतिनिधिहरुबाट चाँडै कनकाई नगरपालिकालाई हस्तान्तरण हुने विद्यालयका पूर्व विद्यार्थी दुर्गाप्रसाद उप्रेतीले जानकारी दिएका छन् ।

    कोरोना महामारीको यो समयमा कोरोना भाइरसका कारण संक्रमित भएका विरामीहरुले सहज रुपमा अक्सिजन नपाएर ज्यान गुमाइरहेको वर्तमान अवस्थामा कनकाई नगरपालिकाले चालेको अभियानका बारेमा झापाको कनकाई नगरबाट प्रकाशन हुँदै आएको यहाँको लोकप्रिय संचार माध्यम कनकाई खबर डटकम अनलाइन मार्फत जानकारी प्राप्त भएपछि आँफूहरुलाई समेत सहयोगको भावना जागेको दाताले बताएका छन् । विदेशमै रहे पनि दहाल र उप्रेतीले यो महामारीका समयमा आफ्नो गाउँ ठाउँको धेरै सम्झना आउँने गरेको भन्दै कनकाई नगरपालिकाले प्रस्तावित नगर अस्पतालमा स्थापना गर्न लागेको अक्सिजन प्लान्टकालागि थोरै भएपनि राहत मिलोस् भन्ने उद्येश्यले आर्थिक सहयोग गरेको बताएका छन् ।

    सुनौलो भविष्य निर्माणकालागि विदेशिएका कनकाई नगरवासी युवाहरुबाट समेत यो महामारीको समयमा भएको सहयोग महत्वपूर्ण भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताएका छन् । अक्सिजन प्लान्ट सहयोग तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका नगरपालिकाका प्रमुख पोखरेलले यस महान मानवीय कार्यमा जोडिनुभएकोमा सहयोगी मनप्रति हार्दिक आभार प्रकट गर्दै सुस्वास्थ्य एवम् दिर्घायुको कामना गरेका छन् ।
    साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सहयोगी मनहरुलाई तपशिलमा उल्लेखित विवरणको कनकाई नगरपालिकाको खातामा रकम जम्मा गरेर पनि सहयोग गर्न सकिने नगर प्रमुख पोखरेलले जानकारी गराएका छन् ।

    नेपाल बैंक सुरुङ्गा शाखा, कनकाई नगरपालिका प्रकोप व्यवस्थापन कोष खाता, खाता नम्बर—१४७०३०००००७००२०००००१

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.