Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पिसिआर रिपोर्टमा पोजेटिभ आएको आयै भएपछि ३४ दिनदेखि आइसोलेशनमा
    विचार

    पिसिआर रिपोर्टमा पोजेटिभ आएको आयै भएपछि ३४ दिनदेखि आइसोलेशनमा

    कनकाई खबरBy कनकाई खबर२०७८ जेष्ठ १८, मंगलवार ०६:५५ गते5 Mins Read

    विज्ञ भन्छन्- कोरोना लक्षण छैन भने १० दिनपछि बाहिर निस्किए हुन्छ

    पटक-पटक पिसिआर परीक्षण अनि हरेक पटक पोजिटिभ रिपोर्ट।

    शरीरमा कुनै समस्या नभए पनि कोरोनाको ‘नेगेटिभ’ स्वरूप कुर्ने क्रममा धेरै संक्रमित लामो समय तनाव झेल्न बाध्य भएका छन्।

    भाइरसको प्रकृति, पिसिआर परीक्षणको विशेषताबारे चिकित्सकले सम्झाउँदा पनि नेगेटिभ रिपोर्ट पर्खिरहेका बिरामी र तिनका परिवार कोरोना पोजिटिभ रिपोर्टका कारण लामो तनाव झेल्न विवश छन्। विज्ञहरूका अनुसार यो अनावश्यक तनावमात्रै हो। लक्षण नभए पोजिटिभ रिपोर्टबाट आत्तिन पर्दैन। किनभने त्यसले संक्रमितलाई र अरूलाई पनि कुनै असर गर्दैन। विज्ञहरूले यसो भनिरहे पनि व्यवहार भने ठीक उल्टो छ। प्रदेश १ मा त प्रदेश सरकारले हरेक सरकारी अस्पतालाई ‘नेगेटिभ’ रिपोर्ट नआएसम्म बिरामीलाई नछाड्नु भन्ने प्रोटोकल नै बनाएको छ। विज्ञका अनुसार यो पूर्णतः अनावश्यक छ।

    विराटनगर-२ का ४५ वर्षीय सुवास कार्की ३४ दिनयता ‘होम आइसोलेशन’ मा छन्। वैशाख १४ मा पहिलो पटक कोरोना पोजिटिभ देखिएपछि उनले परिवारका अरू सदस्यको पनि पिसिआर जाँच गराए। परिवारका पाँच जनाकै रिपोर्ट पोजिटिभ आयो। १४ दिनको आइसोलेशन अवधि पार भएपछि वैशाख २९ मा पुनः जाँच गर्दा अरुको रिपोर्ट ‘नेगेटिभ’ आयो। तर, सुवासको फेरि पोजिटिभ आयो।

    समस्या केही थिएन तर पिसिआर रिपोर्टले पोजिटिभ देखाएपछि उनले आइसोलेशन तोड्ने हिम्मत गरेनन्। बीसौं दिनको दिन जेठ ३ गते उनले फेरि स्वाब दिए। रिपोर्ट पुनः पोजिटिभ आयो। ३१ औं दिन जेठ १३ गते उनले फेरि पिसिआर जाँच गर्न दिए। भोलिपल्ट रिपोर्ट कार्ड आउँदा लेखिएको थियो ‘पोजिटिभ’।

    ‘३१ दिनमा जाँच गराउँदा पनि पोजिटिभ आएपछि होम आइसोलेशनमै छु’, विराटनगरबाट प्रकाशित हुने दर्शन दैनिकका सम्पादकसमेत रहेका  कार्कीले भने ‘समस्या त केही नै छैन। तर, रिपोर्ट पोजिटिभ आएपछि काममा निस्कने आँट आएकै छैन। छिमेकीहरू पनि  नेगेटिभ नआएसम्म बाहिर ननिस्कन भन्छन्। त्यसैले घरभित्रै छु।’

     

    चिकित्सकहरूले केही समस्या नहुने बताए पनि उनलाई मानसिक रूपमा तयार हुन समय लागिरहेको छ।

    ‘पोजिटिभ हुँ भन्ने कुराले तनाव दिने रहेछ’, कार्की थप्छन् ‘त्यसले बाहिर निस्कने, काममा फर्कने जाँगर पनि कम हुने रहेछ।’

    पिसिआरको चक्करमा लागेर दुःख पाउने सुवास एक जनामात्रै छैनन्, महिना दिनभन्दा पनि बढी समयदेखि कोरोना रिपोर्ट ‘पोजिटिभ’ आएर मानसिक तनाव व्यहोरिरहेका संक्रमित धेरै छन्। जसले कोरोना हाउगुजीबाट उन्मुक्त हुने अवसर पाएका छैनन्। त्यसैले बारम्बार पिसिआर जाँच गर्दै रिपोर्टको प्रतीक्षा गर्न बाध्य छन्।

    ‘छैटौं पटक पनि पोजिटिभ आएपछि अबचाहिँ जाँच नगर्ने निधोमा पुगेको छु’, झापा मेचीनगरका गणेश अधिकारी भन्छन् ‘समस्या केही छैन। ३६ दिन पूरै आइसोलेशनमा रहें।’

    कोरोना संक्रमितले महिना दिन वा त्योभन्दा बढी समयसम्म ‘आइसोलेट’ हुन र पटक-पटक पिसिआर जाँच आवश्यक छ?

    विशेषज्ञहरुका अनुसार कुनै लक्षण छैन र समस्या पनि छैन भने यसो गर्न आवश्यक छैन। तर, चिकित्सकको सुझावअनुसार आफ्नो स्वास्थ्य अवस्थाबारे प्रष्ट भएर तनावरहित बन्नुभन्दा पनि पिसिआरको पछि लाग्दा धेरैले दुःख पाइरहेका छन्। आफूले मात्रै होइन, परिवारले नै मानसिक सास्ती भोगिरहेका छन्।

    विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रका डाक्टर डेनप्रसाद आचार्य यसरी तनाव झेल्ने संक्रमितको संख्या एकदमै धेरै छ। ‘बिरामीलाई कुनै लक्षण हुँदैन, अब घर जानुस् भन्यो भने पिसिआर नेगेटिभ खोज्नुहुन्छ उहाँहरू’, डाक्टर आचार्य भन्छन्, ‘यसले उपचारको चेनमा पनि समस्या ल्याएको छ।’

    लक्षण बेगरका बिरामीले बेड ओगट्ने र समस्यामा परेकाहरूले नपाउने समस्या यसले निम्त्याउने खतरा रहेको उनी बताउँछन्।

    ‘धेरैको दुई महिनासम्म पोजिटीभ आएको भेटेका छौं’, उनले भने ‘भाइरस र पिसिआरबारे हामीले सम्झाउँदा पनि नमानेर धेरै संक्रमित आत्तिने र अन्य समस्या आउने देखिएको छ।’

    भाइरोलोजिष्ट डाक्टर लुना भट्ट शर्माका अनुसार यसरी बारम्बार पिसिआर जाँच गर्नु पर्दैन, कुनै समस्या नभए १४ दिनभन्दा बढी आइसोलेट बन्नु पनि पर्दैन।

    ‘पिसिआरले मान्छेको शरीरमा भाइरस छ कि छैन भन्नेमात्रै पत्ता लगाउने हो, भाइरसको संक्रमणशीलता पिसिआरले नाप्दैन’, डा. भट्टले सेतोपाटीसँग भनिन् ‘त्यसैले लक्षण हुनुभएन। १४ दिनपछि समस्या नभए आइसोलेशन बस्न पर्दैन, पुनः पिसिआर जाँच पनि गर्नु पर्दैन।’

    उनकाअनुसार विश्वव्यापी रूपमा भएका अध्ययनका अनुसार कोरोनाभाइरसको संक्रमणशीलताको निश्चित अवधि हुन्छ।

    ‘तिनै अध्ययनहरूका आधारमा १४ दिनको समय भनिएको हो’, उनले थपिन् ‘त्यसपछि यसको अरूलाई सार्ने समस्या हुँदैन। अध्ययनहरूले त्यही देखाएको छ। त्यसैले १४ दिनपछि आइसोलेशनबाट निस्के हुन्छ भनिएको हो।’

    जापानको ओसाका सिटी मेडिकल स्कुलबाट भाइरोलोजीमा विद्यावारिधी डा. भट्टले कोरोना भाइरसलाई धागोसँग दाँजिन्।

    उनले भनिन् ‘हामीले एउटा लामो धागो कुनै ठाउँमा राख्यौं, धागोका साना-साना टुक्राहरू पनि त्यहीँ राख्यौं भने धागो खोज्दा हामीले लामो धागो भेट्न सक्छौं। तर, अन्धकारमा त्यही ठाउँमा फेरि धागो खोज्यौं भने ती साना टुक्राहरु पनि भेट्न सकिन्छ। अब हामीले त्यो लामो धागोले कुनै खराबी गर्ला कि भनेर १४ दिनसम्म सचेत हुने हो। ती साना धागोका टुक्रा भेटेका भरमा धागो भेटियो भनेर आत्तिने होइन। सानो टुक्रा होला भने बेवास्ता गर्ने हो।’

     उनका अनुसार मानव शरीरमा कोरोनाभाइरस प्रवेश गरेपछि त्यो तीव्र रूपमा फैलिन्छ। ‘त्यसक्रममा भाइरसका साना टुक्राहरू पनि कोष–कोषमा पुगेका हुन सक्छन्’, डाक्टर भट्टले भनिन्, ‘लक्षणबेगरका संक्रमितलाई १४ दिनपछि देखिने पिसिआर पोजिटिभ भाइरसको त्यही साना टुक्राहरूका कारण हो, जसको संक्रमणशीलता पनि हुँदैन। संक्रमितलाई पनि कुनै असर हुँदैन।’

    संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी लक्षण बेगरका संक्रमितले बारम्बार पिसिआर जाँच गराउने कार्यलाई अनावश्यक तनावको संज्ञा दिन्छन्।

    उनका अनुसार लक्षण नभएका संक्रमितले १० दिनमात्रै आइसोलेशनमा बसे हुन्छ। ११ औं दिन पूरा भएपछि निस्के हुन्छ। लक्षण भएकाहरूले पनि १४ दिनभन्दा बढी बस्न पर्दैन। पिसिआर पनि गर्नु पर्दैन।

    ‘यसका दुईवटा शर्तचाहिँ छन्’, डा. सुवेदीले भने ‘लक्षण भएकाहरूलाई  तीन दिनदेखि ज्वरोले  छाडेको हुनुपर्छ।  लक्षण सुरू भएदेखि १० दिन  पूरा भएर ११ औं दिनमा प्रवेश गरेको हुनुपर्छ।’

    उनका अनुसार कसैलाई नौ दिनसम्म ज्वरो आएको हुनसक्छ। त्यस्ता संक्रमितले १२ औं दिनसम्म कुर्नुपर्ने हुन्छ। अक्सिजन कम भएकाहरूलाई भने १४ दिन नै भन्ने गरेको उनले बताए। ‘पिसिआर र भाइरसको कल्चर समानन्तर रूपमा गर्दा पिसिआर पोजिटिभ आएको र  कल्चर नेगेटिभ आएको अध्ययनले  देखाएको छ। धेरै मान्छे यस्तो अनावश्यक तनावले पिरोलिएको पाइएको छ’, उनले थपे, ‘पिसिआर भनेको भाइरसको आनुवांशिक तत्वको एउटा सानो अंशको मात्रै टेस्ट हो। त्यसैले बारम्बार पिसिआर गर्ने, लामो समय आइसोलेट हुन जरूरी छैन।’ सेतो पाटीबाट राजु अधिकारीको रिपोर्ट जनहितकालागि ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.