Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरको अक्सिजन प्लान्टमा आशिष र दिपाले दिए २५ हजार
    आर्थिक

    कनकाई नगरको अक्सिजन प्लान्टमा आशिष र दिपाले दिए २५ हजार

    कनकाई खबरBy कनकाई खबर२०७८ जेष्ठ १७, सोमबार १४:५५ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्टकालागि कनकाई ३ स्थित पशुपति अंग्रेजी माविका पूर्व विद्यार्थी आशिष संग्रौला र दिपा ओली संग्रौलाले २५ हजार सहयोग गरेका छन् ।
    कनकाई ३ को सुरुङ्गा बजार स्थायी घर भएपनि हाल अमेरिकामा बस्दै आएका संग्रौला पशुपति अंग्रेजी माविको एसएलसी वर्ष २०६३ को व्याचका विद्यार्थी हुन् ।

    कोरोना भाइरसका कारण संक्रमित भएका विरामीहरुले सहज रुपमा अक्सिजन नपाएर ज्यान गुमाइरहेको समाचार झापाको कनकाई नगरबाट प्रकाशन हुँदै आएको कनकाई खबर डटकम अनलाइन सहित विभिन्न सामाजिक संजालहरुबाट समेत जानकारी प्राप्त भएसँगै कनकाई नगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्टकालागि थोरै भएपनि राहत मिलोस् भन्ने उद्येश्यले संग्रौलाले आर्थिक सहयोग गरेको बताएका छन् । सहयोग रकम पशुपति माविको भूतपूर्व विद्यार्थी समाजका प्रतिनिधिहरुबाट चाँडै कनकाई नगरपालिकालाई हस्तान्तरण हुने संग्रौलाले बताए ।

    अक्सिजन प्लान्ट सहयोग तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले यस महान मानवीय कार्यमा जोडिनुभएकोमा सहयोगी मनप्रति हार्दिक आभार प्रकट गर्दै सुस्वास्थ्य एवम् दिर्घायुको कामना गरेका छन् । साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सहयोगी मनहरुलाई तपशिलमा उल्लेखित विवरणको खातामा रकम जम्मा गरेर पनि सहयोग गर्न सकिने नगर प्रमुख पोखरेलले जानकारी गराएका छन् ।
    नेपाल बैंक सुरुङ्गा शाखा, कनकाई नगरपालिका प्रकोप व्यवस्थापन कोष खाता, खाता नम्बर—१४७०३०००००७००२०००००१

    लामो समयदेखि अमेरिकामा बस्दै आएका सकारात्मक साथै रचनात्मक सोच भएका जुझारु युवाका रुपमा स्थापित संग्रौला हालै सम्पन्न नेपालीहरुको गयर आवासीय संस्था एनआरएनएको निर्वाचनमा बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भएको बताइएको छ । बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भएसँगै संग्रौलालाई नगर प्रमुख पोखरेलले कार्यकाल सफलताकालागि बधाई शुभकामना व्यक्त गरेका छन् । पशुपति माविका पूर्व विद्यार्थी समाजबाट समेत शुभकामना व्यक्त गर्दै कार्यकाल सफलताको कामना गरिएको विद्यालयका पूर्व विद्यार्थी दुर्गाप्रसाद उप्रेती (हाल अष्ट्रेलिया) ले बताए । त्यसैगरी पशुपति अंग्रेजी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद उप्रेती साथै प्रधानाध्यापक एलपी उप्रेतीले विद्यालय परिवारको तर्फबाट पूर्व विद्यार्थी संग्रौलाको प्रगतिको कामना गर्दै कार्यकाल सफलताकालागि बधाई शुभकामना व्यक्त गरेका छन् ।

    एनआरएनएको निर्वाचनमा बोर्ड अफ डाइरेक्टर जस्तो महत्वपूर्ण जिम्मेवारीमा निर्वाचित हुन सफल कनकाई खबर डटकमका अत्यन्तै सहयोगी एवम् शुभचिन्तक संग्रौलाको कार्यकाल सफलताको कामना गर्दै कनकाई खबरका सम्पादक \ प्रकाशक राम निरौलाले आगामी दिन थप रचनात्मक बनोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.