Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मेची अभियान मानवीय सेवामा : अब ननकोभिडका लागि टेलिमेडिसिन सेवा
    आर्थिक

    मेची अभियान मानवीय सेवामा : अब ननकोभिडका लागि टेलिमेडिसिन सेवा

    कनकाई खबरBy कनकाई खबर२०७८ जेष्ठ १७, सोमबार ०७:०३ गते2 Mins Read

    मेचीनगर \ यतिबेला अस्पतालहरु कोभिडका विरामीले भरिएका छन् । उपचार अभावमा कयौको मृत्यु भइरहेको छ । सम्पूर्ण स्वास्थ्य क्षेत्र र राज्य कोभिड नियन्त्रणमा केन्द्रीत छ । यस्तो बेला अन्य रोगका विरामीहरु ठुलो मर्कामा पर्ने गरेका छन् । उनीहरुको रेखदेख र उपचार संकटपूर्ण भनेको छ । कोभिड बाहेकका विरामीले समेत समयमा उपचार नपाएर मृत्यु हुने अवस्था छ । यस्तो अवस्थामा कोभिड बाहेकका (ननकोभिड) बिरामीका लागि उपचार सहज बनाउन झापाको मेची अभियानले टेलिमेडिसिन सेवा सुरु गर्ने भएको छ ।

    मेची अभियानले आइतबार भर्चुअल पत्रकार सम्मेलन गरी टेलिमेडिसिन सेवाका बारेमा जानकारी गराएको हो । अभियानले झापाका मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र भद्रपुर नगरपालिकाका ननकोभिड बिरामीहरुका लागि विशेषज्ञ चिकित्सा सुविधा सहित टेलिमेडिसिन सेवा शुरु गरेको अभियानका संयोजक बिजय डालमियाले बताउनु भयो

    मेचीनगर नगरपालिकाको सहकार्य तथा केएचडीसी नेपाल नामक गैरसरकारी संस्थाको प्राविधिक सहयोगमा शुरु गरिएको टेलिमेडिसिन सेवामा मिर्गौला, मुटु, मधुमेह, उच्च रक्तचाप, डिप्रेसन लगायतका दीर्घरोग लागेकालाई टेलिमेडिसन पद्धतिमार्फत घर बसेरै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटु तथा मिर्गौला रोग विशेषज्ञ प्राडा सञ्जीवकुमार शर्माबाट स्वास्थ्य परामर्श प्रदान गरिरहेको अभियानका संयोजक डालमियाले बताउनु भयो ।

    यो अभियान मेचीनगर नगरपालिकाका सबै १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाको वडा नं। ४,५,६ र ७ र भद्रपुर नगरपालिकाको वडा नं। ९ र १० मा सञ्चालन भइरहेको अभियानका स्वास्थ्य संयोजक दिलिप सुवेदीले बताउनु भयो । सुवेदीले भन्नु भयो, “सबैको ध्यान ध्यान कोरोनाको बिरामीतिर मात्रै रहेको बेला कोरोना बाहेकका अन्य बिरामी र गर्भवती महिलाहरुलाई निक्कै अप्ठ्यारो परेको छ । यस्तो बेला हामीले यो अभियान मार्फत सेवा प्रवाह गर्न सोचेका हौं ।”

    भर्चुअल माध्यमबाट विशेषज्ञ डाक्टरसँग कुराकानी समेत गराइने भएको हुँदा विरामीले आफ्नो स्वास्थ्य समस्या चिकित्सकसँग सुनाउन पाउँछन । अभियानलाई गाउँकेन्द्रित बनाइएको छ । सहरको अस्पतालबाट टाढा रहेका ग्रामीण वस्तीलाई यो सेवाले लक्षित गरेको छ ।

    अभियानका स्वास्थ्यकर्र्मीहरुले शनिवार एकैदिन ३० जना दीर्घरोगीको घरमा पुगेर सेवा प्रवाह गरेका थिए । यसरी खटेको टोलीले स्वास्थ्य सेवा र आवश्यक परामर्श प्रदान गरिरहेको अभियानका सचिवालय संयोजक पुष्पराज पौडेलले बताउनु भयो ।

    पौडेलका अनुसार गाउँमा केएचडीसी (किड्नी, हाइब्लडप्रेसर, डायविटिज र कार्डियो भास्कुलर) का विरामी उपचारका लागि अस्प्ताल जान नसकेर धेरै समस्यामा छन् । अभियानले त्यस्ता विरामीहरुलाई मद्दत गरिरहेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.