Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बिएण्डसी अस्पताल र डा. केसी समूहबीच जुहारीः भ्रामक प्रचार र प्रधानमन्त्रीलाई जोडेकोमा कार्यकारी निर्देशक प्रसाईंको आपत्ती
    समाचार

    बिएण्डसी अस्पताल र डा. केसी समूहबीच जुहारीः भ्रामक प्रचार र प्रधानमन्त्रीलाई जोडेकोमा कार्यकारी निर्देशक प्रसाईंको आपत्ती

    कनकाई खबरBy कनकाई खबर२०७८ जेष्ठ ११, मंगलवार ०७:५६ गते2 Mins Read

    झापा । बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाई र डा. गोविन्द केसी सोलिडारिटीका संयोजक डा. जीवन क्षेत्रीबीचको हालै सार्वजनिक टेलिफोन सम्वाद एवम् डा. केसीले हिजो प्रकाशन गरेको प्रेस विज्ञप्तीबाट उत्पन्न तरङ्गलाई सम्बोधन गर्दै अस्पतालका तर्फबाट प्रसाईंले प्रेस विज्ञप्ती जारी गरेका छन् ।

    डा. केसीद्वारा हिजो जारी विज्ञप्तीलाई सम्बोधन गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कलेजसँग जोडेकोमा आपत्ती पनि जनाएका छन् । आफ्नो संस्थाले सम्बन्धन पाउनका लागि सरकारी निकायले निर्धारण गरेका र अवलम्बन गरेका सबै प्रक्रिया पूरा गरिसकेकोले डा. केसी र उनको समूहले रोक्दैमा अब सम्बन्धन नरोकिने विज्ञप्तीमा जिकिर गरिएको छ ।

    निजी लगानीमा सञ्चालन गरिने प्राविधिक महाविद्यालय (कलेज/क्याम्पस) सम्बन्धमा बनेको आधारभूत नीति, २०६३ का आधारमा सम्पूर्ण मापदण्ड पूरा गरी कलेजको सम्बन्धनका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ जारी हुनु अगावै २०७३ फागुन १५ गते काठमाडौ विश्वविद्यालय समक्ष निवेदन दिएको विज्ञप्तीमा उल्लेख छ । सोही निवेदनका आधारमा काठमाडौं विश्वविद्यालय सभाको ८९औं बैठकले यस संस्थालाई एमवीवीएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धन दिने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको पनि स्मरण गराइएको छ ।

    काठमाडौं विश्वविद्यालयका विज्ञहरु सम्मिलित टोलीले गत वैशाख २२ देखि २६ गतेसम्म कलेजको प्रारम्भिक निरीक्षण गरी पेश गरेको प्रतिवेदन समेतका आधारमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३(६) बमोजिम विश्वविद्यालयले सम्बन्धनको सहमति दिएको कार्यकारी निर्देशक प्रसाईद्वारा जारी विज्ञप्तीमा भनिएको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३(६) बमोजिम बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिलाई सम्वन्धन प्रदान गर्न र सिट संख्यासहित स्वीकृतिका लागि निर्णय गर्न चिकित्सा शिक्षा आयोगमा पठाइएको विषयलाई डा. केसीहरुले अतिरन्जित गरेको कार्यकारी निर्देशक प्रसाईंको आरोप छ ।

    डा. केसीको विज्ञप्तीलाई ‘धम्कीपत्र’को संज्ञा दिँदै प्रसाईंद्वारा जारी विज्ञप्तीमा ‘निजको धम्कीपत्रबाट कुनै पनि राष्ट्रप्रेमी नेपाली भ्रममा नपर्न हुन हार्दिक अनुरोध गर्दछौं’ भनिएको छ । माफियागिरीलाई प्रत्यक्ष परोक्ष पृष्ठपोषण गर्ने, विदेशीद्वारा पालित पोषित जीवन क्षेत्री नामक व्यक्तिसमेतले मुलुकका सम्माननीय प्रधानमन्त्रीज्यू समेतलाई यस वि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटलसँग अनावश्यक रुपमा जोडेर लगाएका भ्रामक, कपोलकल्पित, असत्य र झुठा अनर्गल आरोप तथा आक्षेपप्रति कलेजको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।

    ‘कोभिड १९ को माहामारीले नेपाल र नेपालीलाई आक्रान्त पारेको विषम परिस्थितिमा नेपाली जनताको जीवन रक्षामा दिनरात नभनी स्वास्थ्य उपचारमा समर्पित आफ्नो संस्था र मुलुकका प्रधानमन्त्री उपर विदेशी भूमिमा बसेर डा. क्षेत्रीले लगाएका भ्रामक, तथ्यहिन, झुठा, र निकृष्ट गाली गलौज तथा आरोपको घोर निन्दा र भत्सर्ना गर्दछौं’ प्रसाईंद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.