Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्थानीय सरकारलाई सुरुङ्गा रेडक्रसको एम्बुलेन्स सहयोग
    समाचार

    स्थानीय सरकारलाई सुरुङ्गा रेडक्रसको एम्बुलेन्स सहयोग

    कनकाई खबरBy कनकाई खबर२०७८ जेष्ठ १०, सोमबार १५:०८ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिकालाई मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले सहयोग स्वरुप एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

    कोरोना भाइरसको संक्रमण तिव्र गतिमा अघि बढेसँगै संक्रमित विरामीहरुको चाप बढ्न थालेपछि महामारीको यो समयमा सरकारलाई सहयोग गर्ने उद्येश्यले स्थानीय सरकारलाई एम्बुलेन्स हस्तान्तरण गरेको रेडक्रस उपशाखाका सभापति प्रविन तिम्सिनाले जानकारी दिएका छन् । कोरोना संक्रमित विरामीहरुलाई अस्पताल सम्म लैजाने र घरमा पुर्याउँने कामकालागि नगरपालिकालाई एम्बुलेन्सको थप आवश्यक्ता महसुश गर्दै रेडक्रसले एम्बुलेन्स हस्तान्तरण गरेको बताइएको छ । आजभन्दा २० वर्ष अघि कनकाई ३ स्थित सुरुङ्गामा स्थापना भई विपत व्यवस्थापन लगायत सामाजिक क्षेत्रमा महत्वपूर्ण सेवा गर्दै आएको सुरुङ्गा रेडक्रसले मे. १ च.९९५ नम्बरको महेन्द्रा एण्ड महेन्द्रा कम्पनीको एम्बुलेन्स कनकाई नगरपालिकाको स्वामित्वमा रहनेगरी हस्तान्तरण गरेको रेडक्रस सभापति तिम्सिनाले बताए ।

    संस्थाको तर्फबाट रेडक्रस उपशाखाका सभापति प्रविन तिम्सिना , कोषाध्यक्ष तोयानाथ अधिकारी र एम्बुलेन्स संचालक संयोजक दुर्गाप्रसाद ( राजु ) पाठकले संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् । त्यस्तै कनकाई नगरका तर्फबाट नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , उपप्रमुख मञ्जु प्रसाईं , प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपाने र सि.अ.हे.ब. ( छैटौं ) खगेन्द्रप्रसाद दंगालले ग्रहण गरेका हुन् । कनकाई नगरमा हाल भारतीय राजदुतावासबाट प्राप्त एउटा एम्बुलेन्स संचालनमा रहेको छ ।

    नगरपालिकाले कोरोना संक्रमित आफ्ना नगरवासीलाई प्राथमिक चरणको उपचार सेवा दिने उद्येश्यले भर्खरै मात्र अक्सिजनसहितको २० शैय्याको आइसोलेशन कक्ष संचालनमा ल्याएको छ । रेडक्रसले नगरपालिकालाई सहयोग गरेको एम्बुलेन्सबाट विरामीको उपचार सेवामा थप सहज हुने विश्वास व्यक्त गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले रेडक्रस संस्थाप्रति धन्यवाद प्रकट गरेका छन् । कनकाई नगर क्षेत्रमा क्रियाशिल विभिन्न सामाजिक संघसंस्थाहरु मध्ये रेडक्रस सुरुङ्गाले स्थानीय सरकारको आवश्यक्तालाई मध्यनजर गरेर यो संकटको घडीमा गरेको सहयोगबाट यहाँका अन्य सामाजिक संस्थाहरुले समेत अनुसरण गर्न सकेमा कनकाई नगरपालिकालाई आत्मनिर्भर बनाउँन सकिने भन्दै कनकाई नगर प्रमुख पोखरेलले नगर क्षेत्रमा क्रियाशिल सवै संघसंस्थाहरुसँग सकारात्मक साथै रचनात्मक सहयोगकालागि अपिल गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.