Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा जेसीजको अध्यक्षमा कट्टेल
    समाचार

    सुरुङ्गा जेसीजको अध्यक्षमा कट्टेल

    ramBy ram२०७५ पुष २८, शनिबार १९:५५ गते3 Mins Read

    कनकाई खबर  डेक्स  \ सुरुङ्गा जेसीजको शनिवार सम्पन्न ११ औं वार्षिक साधारण सभावाट वर्ष २०१९ का लागि जेसीज अभियन्ता कमल कट्टेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

        सुरुङ्गा जेसीजको विधान अनुसार अध्यक्ष लगायत, कार्यकारिणी उपाध्यक्षमा दुईजना, उपाध्यक्षमा चारजना र जनसम्पर्क अधिकारीमा एकजना गरी जम्मा आठवटा पदमा निर्वाचन प्रक्रियावाट नेतृत्व चयन गर्नु पर्ने भएकाले शनिवार निर्वाचन सहितको साधारण सभा सम्पन्न भएको हो । अध्यक्ष पदका लागि कसैको पनि उम्मेद्वारी नपरेपछि कट्टेल निर्विरोध  निर्वाचित भएका हुन् । सुरुङ्गा जेसीजको स्थापना कालदेखि हाल सम्म विभिन्न जिम्मेवारी सफलतापूर्वक सम्हाल्दै आएका कट्टेल सुरुङ्गा सहकार्य युवा क्लवका संस्थापक सचिव, नेपाल परिवार नियोजन संघ झापाका वर्तमान सचिव, रेडक्रस साथै एक सफल सहकारी कर्मीका रुपमा स्थापित युवा व्यक्तित्वका रुपमा परिचित छन् ।

         त्यस्तै कार्यकारिणी उपाध्यक्षको दुईवटा पदका लागि पाँचजनाको उम्मेद्वारी परेकोमा प्रत्यासी मध्येका प्रविन तिम्सिनाले उम्मेद्वारी फिर्ता लिएपछि अन्य चारजना विचमा निर्वाचन भएको थियो । राती अबेला सम्म भएको मतदान कार्यक्रमवाट चारजना मध्ये सुस्मा न्यौपाने उप्रेती र दुर्गा पाठक (राजु ) अत्यधिक मतका साथ विजयी भएका हुन् । प्रत्यासीका रुपमा रहेका सुमन कार्की र मनोज वस्नेतलाई पाखा लगाउँदै न्यौपाने र पाठक वर्ष २०१९ का लागि सुरुङ्गा जेसीजको कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

         सुरुङ्गा जेसीजमा हाल ६८ जना सदस्य रहेको भए पनि ६ जना सदस्य जिल्ला वाहिर भएकाले ६२ जना सदस्यहरुले मतदाताका रुपमा मतदान गरेका थिए । जेसीजको विधान अनुसार निवर्तमान अध्यक्ष जविन तिम्सिनाको संयोकत्वमा पूर्व अध्यक्ष जनक कार्की र जेसीज सदस्य प्रेमप्रसाद अधिकारी सदस्य रहेको निर्वाचन मण्डलले मतदान कार्यको सहजीकरण गरेको थियो ।

        त्यसैगरी चारजना उपाध्यक्ष पदका लागि तोकीए अनुसार मात्र उम्मेद्वारी परेको हुँदा चारैजना निर्विरोध निर्वाचित भएका छन् । यसरी निर्वाचित भएका उपाध्यक्षहरुमा क्रमशः सुशिला वोहोरा कार्की, चन्द्रकला ढकाल सिटौला, मेनुका (देवका) उप्रेती शिवाकोटी र किशोर दहाल रहेका छन् । त्यस्तै जनसम्पर्क अधिकारीमा सुदिप भण्डारी ( टिकाराम) निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक सुरुङ्गा जेसीजका निवर्तमान अध्यक्ष जविन तिम्सिनाले वताएका छन् । समितिको कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष लगायत अन्य पदहरुमा अध्यक्षले मनोनीत गरी चाँडै पूर्णता दिने जनाएका छन् ।

        सुरुङ्गा जेसीज वर्ष २०१८ का अध्यक्ष भिमप्रसाद भट्टराईको अध्यक्षता एवम् कनकाई नगर वडा नं.३ का वडा अध्यक्ष रुद्रप्रसाद चिमरीयाको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाको वन्द सत्रले सचिव त्रिलोचन उप्रेती र कोषाध्यक्ष प्रविन तिम्सिनाको वार्षिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको थियो । त्यस्तै सुरुङ्गा जेसीज वर्ष २०१८ का कार्यकारिणी उपाध्यक्ष अर्जुन वोहोरा संयोजक रहेको भवन पुनः निर्माण समितिका तर्फवाट वर्ष २०१७ का अध्यक्ष जविन तिम्सिनाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन समेत साधारण सभाले पारित गरेको थियो ।

           साधारण सभावाट सुरुङ्गा जेसीजको भवन साथै आर्थिक पक्षलाई दिर्घकालीन रुपमा व्यवस्थापन गर्नका लागि नेपाल जेसीजको विधान अनुसार पुर्व अध्यक्ष शिव कडेंलको संयोजकत्वमा पुर्व अध्यक्षद्वय मोतीखर ओझा र सरला पोखरेल सदस्य रहने साथै हरेक वर्षका निवर्तमान र तत्कालिन अध्यक्ष पदेन सदस्य रहने गरी पाँच सदस्यीय बोर्ड अफ ट्रस्टीज गठनको प्रस्ताव सर्वसम्मत रुपमा पास भएको वर्ष २०१८ का अध्यक्ष भिमप्रसाद भट्टराईले वताएका छन् । साधारण सभामा प्रशान्त भण्डारी, सफल शिवाकोटी, रीता पौडेल र वविता भट्टराईलाई जेसीजको नयाँ सदस्यता प्रदान गरिएको छ ।

       साधारण सभाको उद्घाटन सत्रमा सचिव त्रिलोचन उप्रेतीको संचालन, उपाध्यक्ष टिकाराम भण्डारीको आस्थावाचन र कार्यकारिणी उपाध्यक्ष उषा उप्रेतीले जेसीजको मिसन एण्ड भिजन प्रस्तुत गरेको कार्यक्रममा पूर्व अध्यक्षहरु कुमारमणि पोखरेल, एल.पी.उप्रेती, मोत्खिर ओझा,जनक कार्की, शिव कडेल, सरला पोखरेल, अध्यक्ष सल्लाहकार ख्याम प्रसाईँ लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.