Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई माविको २०६३ को व्याचबाट नगरपालिकाको आइसोलेशनमा ६३ हजार सहयोग
    आर्थिक

    कनकाई माविको २०६३ को व्याचबाट नगरपालिकाको आइसोलेशनमा ६३ हजार सहयोग

    कनकाई खबरBy कनकाई खबर२०७८ जेष्ठ ९, आईतवार १५:१३ गते2 Mins Read

    कनकाई खबर / कनकाई नगरपालिकाले स्थापना गरेको आइसोलेशन कक्षमा अक्सिजन सिलिण्डर खरिदकालागि कनकाई माविको एसएलसी वर्ष २०६३ को व्याचका विद्यार्थीले रु.६३ हजार सहयोग गरेका छन् ।

    कनकाई नगरपालिकाको कार्यालयमा नै गएर विद्यार्थी प्रतिनिधिहरुले नगर प्रमुख राजेन्द्र पोखरेललाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै अत्यन्तै संवेदनशिलताका साथ कनकाई नगरपालिका परिसरमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो । वर्ष २०६३ का पूर्व विद्यार्थी पूर्ण श्रेष्ठको सभापतित्व एवम् नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा पूर्व विद्यार्थी भीम राजवंशीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै आँफूहरुले गरेको सानो सहयोगले विरामीको उपचार सेवामा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    विद्यालयको एसएलसी वर्ष २०६३ को व्याचमा भएका २ सय २५ जना विद्यार्थीहरुले फेशबुक ग्रुपमा भएको सामान्य कुराकानीका आधारमा संकलन भएको प्रारम्भिक चरणको रकम अक्सिजन खरिदकालागि स्थानीय सरकारलाई हस्तान्तरण गरेको संयोजक राजवंशीले जानकारी दिए ।

    कोरोना भाइरसको संक्रमण तिव्र गतिमा अघि बढेसँगै सक्रिय संक्रमित नगरवासीहरुको प्राथमिक चरणको उपचार सेवाकालागि नगरपालिकाले नगर स्वास्थ्य अस्पतालमा अक्सिजनसहितको २० शैय्याको आइसोलेशन कक्ष संचालनमा ल्याइसकेको नगर प्रमुख पोखरेलले जानकारी दिए । आइसोलेशन कक्ष संचालनमा पूर्व विद्यार्थीहरुबाट भएको सहयोगले नगरपालिकालाई थप उर्जा मिलेको भन्दै नगर प्रमुख पोखरेलले आँफू पनि कनकाई माविको पूर्व विद्यार्थी भएकाले यस विद्यालयका हालसम्मका एसएलसीका सबै व्याचबाट यो संकटको घडीमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । पूर्व विद्यार्थी युनिता दवाडीले सहजीकरण गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कर्णवहादुर डाँगीले वर्तमान अवस्थामा विद्यालयका पूर्व विद्यार्थीहरुबाट भएको सहयोग प्रशंसनीय रहेको बताए ।

    पूर्व विद्यार्थीहरुले आज नै जनताको जीउधनको सुरक्षाकालागि अहोरात्र खटिएका सुरक्षाकर्मीलाई समेत आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरेका छन् । ईलाका प्रहरी कार्यालय सुरुङ्गा परिसरमा गएर पूर्व विद्यार्थीहरुले स्वास्थ्य सुरक्षाका सामाग्री सेनिटाइजर, सर्जिकल मास्क, ग्लोब्स लगायतका सामाग्री हस्तान्तरण गरेको पूर्व विद्यार्थी खगेन्द्र महतोले जानकारी दिएका छन् । स्वास्थ्य सामाग्री ग्रहण गर्दै ईलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख उदयसमशेर जबराले कोरोना भाइरसको च्यान ब्रेक गर्न आँफूहरुलाई थप हौसला मिलेको प्रतिक्रिया दिएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.