Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा अक्सिजनसहितको आइसोलेशन कक्ष शनिवारदेखि संचालन हुने (भिडियो सहित)
    भिडियो

    कनकाईमा अक्सिजनसहितको आइसोलेशन कक्ष शनिवारदेखि संचालन हुने (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७८ जेष्ठ ७, शुक्रबार १६:४४ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिकाले भोलि शनिवारदेखि अक्सिजनसहितको २० शैय्याको आइसोलेशन कक्ष संचालनमा ल्याउँने भएको छ ।

    आवश्यक सामाग्रीका साथमा आइसोलेशन कक्ष संचालनकालागि तयारी पूरा भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिएका छन् । कनकाई नगरको सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रको दोस्रो तलामा व्यवस्थापन गरिएको आइसोलेशन कक्षका सवै शैय्यामा अक्सिजनको व्यवस्था गरिनुका साथै संक्रमितलाई स्वास्थ्यकर्मीवाट आवश्यक परामर्श सेवा संचालन गरिने भएको छ ।

    कोरोना सम्वन्धि आवश्यक परामर्शकालागि २४सै घण्टा सेवा उपलव्ध गराउँन नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर मनिष तिमल्सिना साथै डाक्टर अभिषेक नायकसहित अन्य २० जना स्वास्थ्यकर्मीबाट आलोपालो गरेर सेवा प्रदान गर्ने गरी जिम्मेवारी दिइएको नगर प्रमुख पोखरेलले बताए ।

    कोरोनाका कारण अति प्रभावित भएका स्थानीयवासीलाई प्राथमिक चरणको रोकथाम तथा नियन्त्रणकालागि अन्य ठूला अस्पतालहरुमा दिने प्राथमिक चरणको सेवा संचालनकालागि स्थानीय सरकारका तर्फबाट आवश्यक स्वास्थ्य सामाग्रीको विशेष तयारी भएको बताइएको छ । सक्रिय संक्रमितहरुकालागि ठूला अस्पतालमा विरामीको चाप अत्यधिक बढेसँगै उपचार सेवाको अभावमा अस्पताल घुमाउँदा घुमाउँदै धेरै विरामीहरुले ज्यान गुमाउँनु परेको दयनीय अवस्थालाई मध्यनजर गर्दै नगरवासीको जीउधनको सुरक्षाकालागि गम्भिर हुँदै पहिलो चरणमा आवश्यक तयारीका साथ आइसोलेशन कक्ष संचालन गर्न लागेको स्थानीय सरकार प्रमुख पोखरेलले जानकारी दिए ।

    स्वास्थ्य अस्पतालमा कार्यरत डाक्टर मनिष तिमल्सिनाको नेतृत्वमा डाक्टर अभिषेक नायकसहित अन्य २५ जना स्वास्थ्यकर्मीहरुले सेवा दिइरहेको डाक्टर तिम्सिनाले बताए । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तिव्र गतिमा फैलिएको अवस्थालाई मध्यनजर गर्दै नगरस्तरीय स्वास्थ्य अस्पतालमा यस अघि दिँदै आएको प्रसुती सेवा साथै आकस्मीक सेवालाई भने नियमित रुपमा संचालन गर्दै जाने डाक्टर तिम्सिनाले जानकारी दिए ।

    कोरोना संक्रमितहरुलाई प्राथमिक चरणको उपचार सेवा प्रदान गरिरहेको समयमा समेत विरामीको पूर्जाका आधारमा स्वास्थ्य विमा तर्फको औषधि, नियमित दिर्घरोगीहरुले खाने औषधि आवश्यक्ता अनुसार उपलव्ध गराउँने गरी तयारी भएको स्वास्थ्य अस्पतालका फार्मेसी व्यवस्थापक भिष्म कट्टेलले कनकाई खबरलाई जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.