Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » महामारीमा नकारात्मक तथा भ्रामक समाचारको प्रभाव र तथ्य जाँच बारे प्रशिक्षण
    शिक्षा

    महामारीमा नकारात्मक तथा भ्रामक समाचारको प्रभाव र तथ्य जाँच बारे प्रशिक्षण

    कनकाई खबरBy कनकाई खबर२०७८ जेष्ठ ६, बिहीबार १२:२२ गते2 Mins Read

    बिर्तामोड \ नेपाल पत्रकार महासंघ झापाको आयोजनामा ‘महामारीमा नकारात्मक तथा भ्रामक समाचारको प्रभाव र तथ्य जाँच’ विषयक प्रशिक्षण विहीवार भर्चुअल रुपमा सम्पन्न भएको छ ।

    नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्य रहेको प्रशिक्षणको सहजीकरण साउथ एशिया चेकका सम्पादक दीपक अधिकारीले गरेका थिए ।पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको प्रशिक्षणमा झापासहित १ नं. प्रदेशका विभिन्न जिल्लाबाट ९७ जना पत्रकारको सहभागिता रहेको थियो ।कार्यक्रममा शुभकामना व्यक्त गर्दै महासंघका केन्द्रीय अध्यक्ष पोखरेलले अहिले महामारीको समयमा ‘फ्रन्टलाइनर’को रुपमा रहेका पत्रकारले आफू सुरक्षित भएर नागरिकलाई सुरक्षित राख्न सही सूचना दिनुपर्नेमा जोड दिए । गलत सूचनाले समाजमा ठूलो समस्या सृजना गर्ने भन्दै प्रमुख अतिथि पोखरेलले महामारीको समयमा अझ संवेदनशील र तथ्य जाँच गरेर मात्र समाचार सम्प्रेषण गर्न सबै पत्रकारहरुलाई आग्रह गरेका छन् ।

    ‘सामाजिक उत्तरदायित्वको सिद्धान्तमा रहेर पत्रकारिता गर्न सबै पत्रकारमा आग्रह गर्दछु’– पोखरेलले भने– ‘अहिलेको समयमा सूचनाको संकट आउन नदिनु र तथ्यफरक समाचार सम्प्रेषण गर्नु सबै पत्रकारको दायित्व हो ।’प्रशिक्षणका सहजकर्ता अधिकारीले पत्रकारले तथ्य र पारदर्शीतालाई प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले कसैले बोलेको कुरालाई आधार बनाएर होइन तथ्यगत रुपमा उक्त कुरा कतिको सही छ भनेर परीक्षण गरेर मात्र सम्प्रेषण गर्नुपर्ने बताए । तथ्य जाँच नगरी हतारमा समाचार सम्प्रेषण गर्दा समाजमा ठूलो क्षति पुग्ने भन्दै उनले तथ्य जाँचको अभ्यासलाई अनिवार्य गर्न पत्रकारहरुलाई आग्रह पनि गरे । अझ महामारीको समयमा गलत र भ्रामक समाचारले व्यक्तिको मानसिकता र समाजमा नकारात्मक असर पर्नेतर्फ सबै पत्रकार सचेत हुनुपर्नेमा उनको जोड छ ।

    महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईले स्वागत, सचिव डिकेश लामाले सञ्चालन गरेको कार्यक्रममा सहसचिव अर्जुन राजवंशीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा झापासहित विभिन्न जिल्लाका सञ्चारकर्मीहरुले जिज्ञासा र सुझाव राखेका थिए । झापा शाखाका पूर्वअध्यक्ष कृष्ण हुमागाई, नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल तथा सन्तोष गुप्ता, विष्णु पोखरेल, चूडामणि शर्मा, सन्तोष अग्रवाल, युद्धबहादुर बोहोरा, राम निरौला, सृजन घिमिरे, ढण्डीराज घिमिरे, बिनोद पाण्डे, भोजराज राई, मिनप्रकाश उप्रेती, सन्तवीर लामा, धर्मेन्द्र मामा, राजन साम्पाङ, लक्ष्मी उप्रेती, चिरञ्जीवी घिमिरे, उमानाथ भण्डारी, युवराज रेग्मी, देवु बानियाँ लगायतले जिज्ञासा र सुझाव राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.