कनकाई खबर \ झापामा जारी निषेधाज्ञालाई जेठ १४ गते सम्मका लागि थप गरिएको छ ।
जिल्लामा बिहीबार बसेको डिसीसीएमसीको निर्णय बमोजिम झापामा हाल जारी निषेधाज्ञालाई एक हप्ताका लागि थप गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको सूचनामा निषेधाज्ञामा यस अघि जारी गरिएका आदेशलाई यथावत राखिएको छ ।
झापामा कोभिड १९ संक्रमणको दर बढ्दो अवस्थामा रहेकाले निषेधाज्ञालाई निरन्तरता दिन आवश्यक रहेकाले निषेधाज्ञाको पालना गर्न अनुरोध गरिएको छ ।
आदेशको उल्लघन भएमा कानुन बमोजिम कारबाही गरिने जनाइएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts