Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » १२ बर्षे वालकद्धारा अनाथ आश्रममा जन्मोत्सव
    कनकाई खबर बिशेष

    १२ बर्षे वालकद्धारा अनाथ आश्रममा जन्मोत्सव

    ramBy ram२०७५ पुष २८, शनिबार १२:०६ गते2 Mins Read

     

      सुरुङ्गा \ झापा कनकाई नगरपालिका ३ सुरुङ्गाका एक १२ बर्षे वालकले आफ्नो जन्मोत्सव अनाथ आश्रममा रहेका आफ्नै उमेर समूहका अपाङ्ग बालवालिकासँग मनाएका छन् ।

       कनकाई नगरपालिका ३ सुरुङ्गा निवासी समाजसेवी गोविन्द र सपना सुवेदीका छोरा युनिक विर्तामोडस्थित ग्रीन स्कुलमा कक्षा ५ मा अध्ययनरत् छन् । उनीहरुका एक छोरी युनिका र छोरा युनिक मध्ये छोराले दैनिक टिफिन खान दिएको रकमलाई बचाएर जम्मा गरेको पैशाले कनकाई नगरपालिका ३ स्थित आफ्नै घर छेउमा रहेको पुकार अपाङ्ग वाल आश्रममा रहेका १३ जना वालवालिकालाई मिठो खाना तथा केहि खाद्यान्न सामाग्रीहरु प्रदान गरेर आफ्नो जन्मदिन मनाएका हुन् ।

        वालकको जन्मदिन मनाउनँका लागि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , लगायतका यस क्षेत्रका संचारकर्मी र नागरिक अगुवाहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । आफ्ना छोराले बर्षदिन देखि नै स्कुलमा खाजा खान दिएको रकम खुत्रुकेमा बचत गर्ने गरिरहेको र आफुले छिमेकमा रहेको वाल आश्रममा सहयोग गर्ने बताएपछि छोराको समाजसेवी मन देखेर आँफूहरु पनि खुसी भएको युनिकका वुवाआमा गोविन्द र सपना सुवेदीले बताएका छन् ।

        बालकले वालवालिकालाई जन्मदिनको केक सबै वालवालिकालाई खुवाउनुका साथै करिव ३ महिनासम्म पुग्ने चामल र तेल, नुन लगायतका सामाग्री समेत प्रदान गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि बन्नु भएका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बच्चाको काम देखेर आफुलाई समेत केहि गर्न शिक्षा मिलेको भन्दै काम गर्न सिक्नका लागि उमेर बाधक नहुने बताए । कार्यक्रममा बोल्दै समाजसेवी श्याम ओलीले वालकको जन्मोत्सवको सिको अरुले पनि गर्ने हो भने समाजमा कोहि पनि अनाथ वालवालिका भोकै नपर्ने बताए ।

       अनाथ आश्रमकी संचालिका निर्मला ओझाले आफ्नो आश्रममा पहिलोपटक मनाइएको जन्म दिनले आश्रममा ठूलो सहयोग पुगेको भन्दै वालवालिकाका लागि गाउँमा पैँचो चामल मागेर संचालन गरिरहेको वेला केहि महिनासम्मका लागि राहत मिलेको वताएकी छन् । कार्यक्रममा वालक युनिक सुवेदीले अघिल्लो बर्ष आफुले साथीहरुलाई घरमै खाना खुवाएर जन्मोत्सव मनाएकोमा यसबर्ष गरिव तथा अपाङ्ग वालवालिकाहरुसँगै बसेर खाना खाएर मनाएको बताए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Comments are closed.

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.