Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अभियानको घोषणा : अक्सिजन बैंक स्थापना र एक करोड संकलन गर्ने
    समाचार

    अभियानको घोषणा : अक्सिजन बैंक स्थापना र एक करोड संकलन गर्ने

    कनकाई खबरBy कनकाई खबर२०७८ जेष्ठ १, शनिबार ११:५५ गते3 Mins Read

    झापा \ समाजसेवा क्षेत्रमा अग्रणी तथा कोरोना भाइरस रोकथाम एवम् नियन्त्रणमा पनि उल्लेखनीय योगदान गरिरहेको एकका लागि एक अभियानले दोस्रो चरणको कार्यक्रम घोषणा गरेको छ । जुममार्फत् पत्रकार सम्मेलन गरी अभियानले आजबाट सुरु गरिएको अभियानको दोस्रो चरणका कार्यक्रम सार्वजनिक गरेको हो ।

    अभियानले अक्सिजन बैंकको स्थापना गर्ने, एक्सरे मेशिन खरिद गरी संक्रमितको परीक्षण गर्नेजस्ता महत्वपूर्ण योजना बनाएको छ । अभियानको संयोजनमा डाक्टरसँगको परामर्श सेवालाई सहज बनाउने र कोभिड लागेका विपन्नहरुको लागि खाद्यान्न सहयोग गर्ने एवम् सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन पहल गर्ने लगायतका कार्यक्रमहरु संचालन गर्ने तयारी गरेको अभियानका संयोजक महेन्द्रकुमार गिरीले घोषणा गरेका छन् । यो पटक एक करोड रुपैयाँको बजेट संकलन गरी अभियानका लागि रचनात्मक कामहरु गरी कोभिड परास्त गर्ने लक्ष्यमा रहेको उनको भनाई छ ।

    अभियानले अक्सिजन बैंक स्थापना गर्ने विषयलाई प्रमुखताका साथ उठान गरेको छ । जसका लागि एउटा अक्सिजन सिलिण्डर वापत १५ हजार रुपैयाँका दरले संकलन गरी कम्तीमा ४०० थान सिलिण्डर उपलब्ध गराउने तयारी भएको संयोजक गिरीले बताए । उनका अनुसार हिजो एकैदिन ९ वटा सिलिण्डर वापत रकम संकलन भएको छ भने पत्रकार सम्मेलनका माझ विभिन्न व्यक्ति तथा संस्थाहरुले २०० वटा सिलिण्डर उपलब्ध गराउने वचन दिएका छन् ।

    अभियानमा झापा जिल्ला सहकारी संघले एक्स रे मेसिन खरिद गर्न २५ लाख रुपैयाँ उपलब्ध गराउने तथा प्रारम्भिक सञ्चालन खर्च व्यवस्थापन लागि पाँच लाख रुपैयाँ प्रदान गर्ने अध्यक्ष गणेश ढकालले प्रतिवद्धता जनाएका छन् । यस्तै, अन्तर्राष्ट्रिय झापाली समाज सहित विभिन्न सामाजिक संघ संस्थाहरुले उल्लेखनीय योगदान गर्ने आश्वासन प्राप्त भएको छ ।

    यसैबीच अभियानले अघिल्लो वर्षदेखि सञ्चालन गरेको कार्यक्रममा एक करोड ८० लाख ४० हजार ६९ हजार रुपैयाँ संकलन भएको विवरण सार्वजनिक गरिएको छ । अभियानका संयोजक गिरीले सार्वजनिक गरेको विवरण अनुसार संघ–संस्थाबाट आर्थिक सहयोगवापत १ करोड ११ लाख ७२ हजार ९६ रुपैयाँ, ब्यक्तिगतरुपमा सहयोगवापत ६६ लाख ९६ हजार ३९९ रुपैयाँ प्राप्त भएको थियो ।

    सो रकमबाट पिसिआर ल्याव स्थापना, सेटअपका लागि एक करोड तीन लाख ४८ हजार ५६० रुपैयाँ, प्लाज्मा बैंक स्थापनाका लागि ११ लाख रुपैयाँ खर्च गरिएको जनाइएको छ । यसैगरी, दुई हजार परिवारका लागि खाद्यान्न वापत ३० लाख ६२ हजार ४२५, भिटिएम किट स्वास्थ्य सामग्री खरिदमा ६ लाख नौ हजार ६२५ रुपैयाँ, क्वारेन्टाइनमा खाना तथा अन्य ब्यवस्थापनमा ८ लाख ६४ हजार ९३७ रुपैयाँ तथा अभियान कार्यालय व्यवस्थापनमा चार लाख ७६ हजार ३४० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । गत चैत मसान्तमा अभियानको बैंक खातामा १५ लाख ७७ हजार ५६४ रुपैयाँ बचत रहेकाले सोही रकमबाट अक्सिजन सिलिण्डर नेपाल ल्याउन टेण्डर प्रक्रिया अघि बढाइएको पत्रकार सम्मेलनमा जनाइएको छ ।

    अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा सम्पन्न जुम प्रेसमिटमा सहसंयोजक बिनोद बस्नेतले अभियानले सञ्चालन गरिरहेका पुनित कार्यहरुबारे चर्चा गर्दै आगामी योजनामा सबैको साथ पाउने अपेक्षा सुनाएका थिए । पत्रकार केशव भट्टराईले सहजीकरण गरेको बैठकमा सहभागी सबैलाई मदनगोपाल सुब्बाले धन्यवाद जनाएका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.