Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » युवासंघले बनाए अग्नि पीडितको घर
    समाचार

    युवासंघले बनाए अग्नि पीडितको घर

    कनकाई खबरBy कनकाई खबर२०७८ बैशाख २८, मंगलवार ०६:२९ गते2 Mins Read

     कनकाई खबर / झापाको शिवसताक्षी नगरपालिकामा नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवासंघ नेपालले स्थानीय एक अग्नि पीडितलाई घर निर्माण गरेर हस्तान्तरण गर्ने कार्य अन्तिम चरणमा पु-याएको छ ।

    इटा, ढुङ्गा, बालुवा र रडको सबैकाम निर्माण मजदुरले सकेको युवासंघ शिवसताक्षी नगर अध्यक्ष फुर्बा तामाङले बताए । उनले कोरोना सङ्क्रमणका कारण बन्दाबन्दी नभएको भए वैशाख २० गते अगावै अग्निपीडितलाई घर हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताए ।

    निषेधाज्ञाको कारण केही प्राविधिक समस्या भएकोले विलम्ब भएको अध्यक्ष तामाङले बताएका छन् । राष्ट्रिय युवासंग शिवसताक्षी नगरले बनाउने घरको छाना र रंग रोगन मात्र बाँकी रहेको छ । सोमबार घर निर्माण स्थलमा पुगेका अध्यक्ष तामाङले अब केही दिनमा अग्निपीडितलाई घर जिम्मा लगाउने बताए ।

    राष्ट्रिय युवासंघ शिवसताक्षीले एक भव्य कार्यक्रमको आयोजना गरेर संविधान सभाका अध्यक्ष सुभाषचन्द्र नेम्बाङ मार्फत अग्नि पिडितलाई घर हस्तान्तरण गर्ने कार्यक्रम गरेको बताएको छ ।

    ‘कोभिडको कारणले मुलुक नथलिएको भए यसअघि नै घर निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिने थियो,’ राष्ट्रिय युवासंघ शिवसताक्षी नगरका अध्यक्ष तामाङले भने । शौचालय, भान्सा र चारवटा कोठा सहितको घर निर्माणमा राष्ट्रिय युवासंघ शिवसताक्षी नगरले करिब ६ लाख रुपैयाँ खर्च गरेको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ७ झारबारिका अग्नि पिडितको घर बनाइदिएर शिवसताक्षी नगरमा नेकपा एमालेको राष्ट्रिय युवा सङ्घ नेपालले प्रशंसनीय कार्य गरेको पार्टी समेतले बताएको छ ।

    झापाको शिवसताक्षी नगरमा युवाहरुले अग्नीपीडितको घर निर्माण गरेको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय समेतमा चर्चा भएको सचिवालयका सदस्य चेतन अधिकारीले बताए । उनले भने, ‘अग्नीपीडितको घर निर्माण कार्यमा राष्ट्रिय युवासंघ लागिपरेको झापाबाट खबर आएको प्रधानमन्त्रीले पनि जानकारी राख्नु भएको छ ।’ आगोले जलेर घर खरानी भएका पीडितको घर निर्माण गरिदिने नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ शिवसताक्षीले यसअघि घोषणा गरेको थियो ।

    राष्ट्रिय युवा संघकाे याे कार्यकाे जिल्ला, प्रदेश र केन्द्रमा चाैतर्फी प्रसंसा भएको छ । गएको चैत्र २७ गते राती विद्युत सर्ट भई स्थानीय रामबहादुर खड्काको घर आगलागीमा परेर नष्ट भएको थियो । आगलागीबाट उनको करिब २५ लाख बराबरको धनमाल जलेर नष्ट भएको थियो ।

    राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटीको अगुवाइमा घर निर्माण भएपछि पीडित परिवारका छिमेकी र आफन्त समेत खुसी भएका छन् । स्थानीयवासीले भने, ‘मन मिल्यो भने युवाले समाज रुपान्तरणका अनेकौं रचनात्मक कामहरु गर्न सक्नेछन्, स्याबास युवा।’

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.