Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लायन्स क्लवको उदाहरणीय कार्य
    समाचार

    लायन्स क्लवको उदाहरणीय कार्य

    ramBy ram२०७५ पुष २४, मंगलवार १५:५९ गते4 Mins Read

     

      कनकाई खबर डेक्स \ भारतसँग सिमाना जोडीएको  झापा जिल्लाकै दक्षिणी क्षेत्र  झापा गाउँपालिका १, रसुनगञ्ज स्थित सरस्वती प्राविमा कक्षा तीनमा अध्ययनरत विद्यार्थी सेनसरी खातुनको सोमवार मध्यान्नदेखी एकाएक मुहार नै फरीएको छ ।
    जाडोको समयमा विद्यालय आउँदा न्यानो कपडा कहिल्यै लाउँन नसकेकी सेनसरीले सुइटरका साथमा खुट्टामा जुत्तामोजा र कापी किताव राख्नका लागि स्कुल व्याग सित्तैमा पाएपछि यी सवै चिज साथमा लिएर उनी दङ्ग परेकी थिइन् । वोर्डिङ् स्कुलका विद्यार्थीहरुले लगाएको जुत्तामोजा र विद्यालयको ड्रेसमा सुइटर लगाएको देख्दा आँफूलाई पनि त्यस्तै लगाउँन मन लागीरहेको वताउँने खातुनले आफ्नो इच्छा बल्ल पुरा भएको संक्षिप्त प्रतिक्रिया दिएकी छन् । उनीसँगै रहेकी सोही विद्यालयकी कक्षा तीनमा अध्ययनरत छात्रा जीन्नत खातुन आँफुले पहिलो पटक जुत्तामोजा र सुइटर लगाएर विद्यालय आउँन पाइने भएकोमा खुशी व्यक्त गर्छिन् । सधैं चप्पल लगाएर जाडोको समयमा पनि एउटा सटको भरमा दिन विताउँनु पर्ने वाध्यतामा रहेका यी दुई विद्यार्थी मात्र नभई यस विद्यालयका २ सय ११ विद्यार्थीको मुहारमा एकैसाथ खुशी छाएको हो ।

       वाल विकासदेखी कक्षा ५ सम्म अध्ययनरत यस विद्यालयका २ सय ११ जना विद्यार्थीहरुको शैक्षिक स्तर उकास्नका लागि लायन्स क्लव र लियो क्लव अफ कनकाई सुरुङ्गाले विद्यार्थीहरुलाई अति आवश्यक सामग्रीहरु वितरण गरेसँगै विद्यार्थीहरुमा खुशी छाएको छ । ‘हामी सेवा गर्छौं’ भन्ने मूल नाराका साथ समाजमा मानवीय सेवामा समर्पित भएको संस्था लायन्स क्लवले विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि २ वटा कम्प्युटरका साथमा सवै विद्यार्थीका लागि विद्यालय पोशाकको रुपमा रहेको सुइटर, जुत्ता र स्कुल व्याग वितरण गरेको क्लवका जोन चेयर पर्सन सुरेन्द्र प्रधानले वताएका छन् ।

      शैक्षिक क्षेत्रमा समेत हरेक वर्ष विभिन्न गतिविधि गर्दै अतिआवश्यक सामाग्री वितरण गर्दै आएको लायन्स क्लवले आँफ्नो वार्षिक क्यालेन्डर अनुसार नै कार्यक्रमको आयोजना गरेको कार्यक्रमका संयोजक डिआर सुवेदी(देवराज) ले वताएका छन् । वितरण गरिएका सामाग्री मध्ये आइएमई फाउण्डेशनले स्विटरका लागि रु. ४० हजार सहयोग गरेको फाउण्डेशनका प्रतिनिधी गगन सिटौलाले जनाएका छन् ।

       लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष रुपनारायण खतिवडा र लियो क्लव अफ कनकाई सुरुङ्गाका फष्ट भाइस प्रसिडेन्ट रोचक कार्कीको संयुक्त अध्यक्षतामा विद्यालय परिसरमा सम्पन्न भएको एक विशेष कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहेका झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह एवम् लायन्स क्लवका डिस्ट्रीक ३२५ ए वानका रिजन चेयर पर्सन लिलाप्रसाद चिमरीयाले शैक्षिक सामग्री वितरण गरेका हुन् । अति विपन्न वर्गका मुस्लीम साथै आदिवासीहरुको बाहुल्यता रहेको यस क्षेत्रका वालवालिकाहरुलाई न्यानो कपडाको अभावमा जाडोको समयमा विद्यालय जान गाह्रो भएको वताउँदै विद्यालयका प्रधानाध्यापक भीष्म अधिकारीले लायन्स क्लवले गरेको मानवीय सेवाको कार्य प्रशंसनीय रहेको वताएका छन् ।

        क्लवको यो सहयोगले विद्यालय परिवारलाई थप हौसला मिलेको भन्दै प्रधानाध्यापक अधिकारीले आगामी शैक्षिक सत्रदेखी क्रमिक रुपले अंग्रेजी माध्यलाई निरन्तरता दिँदै विद्यालयको स्तर उन्नती समेत गर्दै जाने वताएका छन् । शैक्षिक सामाग्री वितरण कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले भर्खरै मात्र विकासको गतिमा अघि वढ्दै गरेको भए पनि झापा गाउँपालिका क्षेत्रमा रहेका अति विकट अवस्थाका केही विद्यालयहरु मध्येको रसुनगञ्ज स्थित सरस्वती प्राविको चौतर्फी विकासमा स्थानीय सरकारको समेत ध्यान केन्द्रित भएको वताएका छन् ।

       झापा गाउँपालिका क्षेत्रको शैक्षिक स्तर वृद्धिका लागि लायन्स क्लवले कम्प्युटर सहितको अन्य सामाग्री वितरण गरेको कार्यलाई प्रशंसा गर्दै गाउँपालिका अध्यक्ष शाहले विद्यालयले सुरुवात गरेको अंग्रेजी माध्यमको शिक्षण कार्यलाई थप सहयोग पुग्नुका साथै विद्यालयलाई समय सापेक्ष प्रविधिमैत्री वन्न प्रोत्साहन मिलेको वताएका छन् । मानवीय सेवाका क्षेत्रमा हरेक वर्ष विभिन्न गतिविधि गर्दै आएको लायन्स क्लवले यसको निरन्तरता स्वरुप शैक्षिक सामाग्री वितरण गरेको लायन्स क्लवका डिस्ट्रीक ३२५ ए वानका रिजन चेयर पर्सन लिलाप्रसाद चिमरीयाले वताएका छन् ।

       सामाग्री वितरणको औचित्यमाथि प्रकाश पार्दै रिजन चेयर पर्सन चिमरीयाले सामुदायिक विद्यालयहरुले हरेक विद्यार्थीहरुलाई किताव निशुल्क दिए पनि लेख्ने कापीको विषयमा विद्यार्थी आँफैले व्यवस्थापन गर्नु पर्ने भएकाले शैक्षिक क्षेत्रलाई अझ सहज वनाउँनका लागि आगामी शैक्षिक सत्रमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुको पहिचान गरी १० हजार विद्यार्थीहरुलाई कापी वितरण गर्ने योजना रहेको वताएका छन् । शैक्षिक सामाग्रीका साथमा विद्यार्थीहरुका लागि पौष्टीक आहारको व्यवस्थापनमा लायन्स क्लवले योजना वनाएर अभियानका रुपमा अघि बढ्ने र यस कार्यलाई हरेक वर्ष निरन्तरता दिँदै जाने कुरामा चिमरीयाले जोड दिएका छन् ।

       लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष रुपनारायण खतिवडाको स्वागत तथा क्लवका थर्ड भाइस प्रेसिडेन्ट मनोज वस्नेतले संचालन गरेको कार्यक्रममा झापा गाउँपालिका वडा नंं. १ का वडाअध्यक्ष राजकुमार यादव, सरस्वती प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अलीहुसेन मिया, स्रोतव्यक्ति खड्गप्रसाद खरेल, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरीया, लायन्स क्लव अफ कनकाई सुरुङ्गाका फष्ट भाइस प्रेसिडेन्ट गंगाराम दहाल, लियो क्लवका रविन गुप्ता लगायतले मन्तव्य राखेको क्लवका सदस्य शिवशंकर महासेठले वताएका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.