Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » केपी ओली र माधव नेपालबीच सहमति भएपछि एमाले कार्यकर्ता खुसी
    राजनीति

    केपी ओली र माधव नेपालबीच सहमति भएपछि एमाले कार्यकर्ता खुसी

    कनकाई खबरBy कनकाई खबर२०७८ बैशाख २४, शुक्रबार ०६:२५ गते3 Mins Read

    काठमाडौं। विगत लामो समयदेखि एक अर्कालाई सिध्याउने खेलमा लागेका नेकपा एमालेका दुई नेताहरु प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचमा अन्ततः विवाद नबढाउने सहमति भएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर प्रधानमन्त्री ओली र नेता नेपालबीच बिहीबार राति यस्तो सहमति भएको हो। तर दुवै पक्षले सहमति सार्वजनिक गरिसकेका छैनन्। एमाले नेता नेपाल निकट स्रोतका अनुसार नेता नेपालले यसबारेमा आफू निकटस्थ केही एमाले नेतालाई जानकारी पनि गराएका छन्।

    राष्ट्रपति भण्डारीलाई साक्षी राखेर दुई नेताबीच भएका सहमति अनुसार पार्टी अध्यक्ष ओलीले नेता नेपालसहितका नेतामाथि भएको कारवाही फिर्ता लिने र नेपाल समूहले वैशाख २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनेछन्।

    नेता नेपाल निकट स्रोतका अनुसार बिहीबार राष्ट्रपति भण्डारीले माधव नेपाललाई भेट्न बोलाएकी थिइन्। नेता नेपाल साँझ सात बजे शितल निवास प्रवेश गरेका थिए।

    राष्ट्रपति भण्डारीलाई साक्षी राखेर दुई नेताबीच भएका सहमति अनुसार पार्टी अध्यक्ष ओलीले नेता नेपालसहितका नेतामाथि भएको कारवाही फिर्ता लिने र नेपाल समूहले वैशाख २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनेछन्।

    नेता नेपाल र राष्ट्रपतिबीच छलफल चलिरहेकै बेला प्रधानमन्त्री ओली पनि शितल निवास पुगेका थिए। त्यसपछि राष्ट्रपतिलाई साक्षी राखेर दुई नेताबीच विवाद अघि नबढाउने सहमति भएको हो।

    स्रोतका अनुसार वैशाख २७ अगाडि नै नेता नेपालसहितका नेतामाथि गरिएको कारवाही फिर्ता लिन ओली सहमत भएका छन्। अब बस्ने संसदीय दलको बैठकमा माधव नेपाल समूहका सांसद सहभागी हुनेछन्।

    त्यसपछि महाधिवेशन आयोजक कमिटीको बैठक र स्थायी कमिटीको बैठकमा वरिष्ठ नेता माधव नेपालसहितका उनको समूहका नेता सहभागी हुने सहमति भएको छ।

    २७ वैशाख अगाडि नै नेपाल समूहमाथिको कारवाही फिर्ता लिने सहमति भएको छ। आफूहरु माथिको कारवाही फिर्ता लिन ओली तयारी भएपछि वैशाख २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नेपाल तयार भएका हुन्।

    को को थिए पर्दा पछाडि

    व्यवहारिक रुपमा विभाजन भइसकेको नेकपा एमालेलाई कानुनी रुपमा विभाजनबाट रोक्न दुवै पक्षका दोस्रो तहका युवा नेता सक्रिय थिए। माधव नेपाल समूहबाट सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टले दुवै समूहका शीर्ष नेतालाई भेटेर एकताको पक्षमा दबाव दिएका थिए भने ओली समूहबाट प्रदीप ज्ञवाली, सुवास नेम्वाङ र विशाल भट्टराईले एकताको पक्षमा भूमिका निर्वाह गरेका थिए।

    स्रोतका अनुसार दुवै पक्षका नेताले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीभित्रको विवाद समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए। राष्ट्रपतिले पार्टीको विवादमा आफूलाई प्रवेश नगराउन आग्रह गरेपनि नेताहरुले अन्तिम पटक पार्टी एकताको लागि भूमिका निर्वाह गरिदिन आग्रह गरेपछि बिहीबारको भेटवार्ता संभव भएको हो।

    बिहीबार भएको सहमति राष्ट्रिय सभाको आगामी निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादललाई मत हालेर जिताउने सम्म पुग्छ कि पुग्दैन भन्ने हेर्न बाँकी छ। किनभने निर्वाचनमा माधव नेपालले आफ्नै उम्मेद्वार उठाएका छन्। माधव नेपालले उठाएका उम्मेद्वारलाई नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि समर्थन गरेका छन्। तर माधव नेपालले ओलीसँग सहमति गरेपछि कांग्रेस र माओवादीले के गर्छन् भन्ने निश्चित भएको छैन । पाथिभरा न्युजबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.