Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्थानीय सरकारप्रति कोरोना संक्रमितको गुनासो, आँफू सधैं नगरवासीको साथमा रहेको नगर प्रमुख पोखरेलको उद्घोष
    समाचार

    स्थानीय सरकारप्रति कोरोना संक्रमितको गुनासो, आँफू सधैं नगरवासीको साथमा रहेको नगर प्रमुख पोखरेलको उद्घोष

    कनकाई खबरBy कनकाई खबर२०७८ बैशाख २३, बिहीबार १९:०१ गते2 Mins Read

    कनकाई खबर \ कनकाई नगर क्षेत्रका कोरोना संक्रमितहरुले स्थानीय सरकारबाट कुनै किसिमको राहतको महशुस नपाएको भन्दै गुनासो पोखेका छन् ।

    कोरोना भाइरसको दोस्रो लहरसँगै संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको यो जटिल अवस्थामा स्थानीय सरकारबाट बेवास्ता भएको भन्दै हाल होम आइसोलेशनमा बसेका कोरोना संक्रमित नगरवासीहरुले स्थानीय सरकारप्रति आक्रोस पोखेका हुन् । कोरोना परिक्षणबाट रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा बसेका नगरवासीको स्वास्थ्य अवस्थाका बारेमा स्थानीय सरकार गम्भिर हुनु पर्नेमा जोड दिँदै कोरोना संक्रमित नगरवासीहरुले स्थानीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    होम आइसोलेशनमा बसेका एक संक्रमितले भने, “दुई हप्ता बित्न लाग्दा पनि स्थानीय सरकारले औषधोपचार, खाद्यसामाग्रीका विषयमा कुनै पनि परामर्श नगरेपछि आँफूहरु अन्यौलमा परेका कारण आफ्ना व्यथाहरु सामाजिक संजाल मार्फत सार्वजनिक गरेको हो ।” उचित समयमा नपाएको साथ, सहयोग र परामर्शले समय वितेपछि पश्चाताप गर्नु शिवाय अरु केही नहुने भन्दै कनकाई खबरसँगको कुराकानीमा अधिकांश कोरोना संक्रमित नगरवासीले स्थानीय सरकारको ढिलासुस्तीप्रति दुःख व्यक्त गरे ।

    यसरी संक्रमित भएका अन्य धेरै नगरवासीहरुको कष्टकर जीवनका बारेमा सामाजिक संजाल लगायत विभिन्न माध्यमबाट सार्वजनिक हुन थालेपछि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले प्राथमिक स्वास्थ्य केन्द्रका एक डाक्टरलाई साथमा लिएर भौतिक रुपमा नै उपस्थित भई संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए । सामाजिक दुरी कायम गर्दै प्रत्यक्ष भेटघाट साथै फोनबाट समेत संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा चासो राख्दै नगर प्रमुख पोखरेलले नगरवासीको स्वास्थ्य अवस्थाका बारेमा आँफू सधैं गम्भिर रहेको बताएका छन् । नगरवासीकै हितकालागि आवश्यक सामाग्री सहितको आइसोलेशन कक्ष संचालनको तयारीमा रहेको समेत नगर प्रमुख पोखरेलले जानकारी दिए ।

    नगर प्रमुख पोखरेलले कोरोना संक्रमित नगरवासीको स्वास्थ्यका वारेमा थप सहयोग पुगोस् भन्ने उद्येश्यका साथ प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा कार्यरत डाक्टर अभिषेक नायकलाई होम आइसोलेशनमा रहेका नगरवासीसँग परामर्श गरी २४ सै घण्टा आवश्यक सहयोग गर्ने गरी जिम्मेवारी प्रदान गरिसकेको बताएका छन् । डाक्टर नायकले आँफूले पाएको जिम्मेवारी ईमान्दारीताका साथ पूरा गर्न आँफू काममा लागिसकेको बताएका छन् ।

    दोस्रो लहरको कोरोना संक्रमणका विषयमा नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार बुधवार बेलुका सम्ममा कनकाई नगर क्षेत्रमा ८३ जना कोरोनाबाट संक्रमित भएका छन् भने १० जना निको भएर सामान्य अवस्थामा आइसकेको बताइएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी एवम् कोरोना फोकल पर्सन नारायण अधिकारीले दिएको जानकारी अनुसार कोरोनाको दोस्रो लहरसँगै नगरपालिकाको कार्यालयलाई जानकारी भएसम्म कोरोना संक्रमित भएका मध्ये एक महिला र एक पुरुष गरी दुईजनाको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितका रुपमा रहेका ७१ जना मध्ये चारजना विभिन्न अस्पतालमा रहेका छन् भने अन्य सबै होम आइसोलेशनमा रहेको अधिकारीले कनकाई खबरलाई जानकारी दिएका छन् ।
    कनकाई नगरका संक्रमितहरु मध्ये अधिकांश वडा नं.३ का स्थानीयवासी रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.