कनकाई खबर \ स्वास्थ्य कार्यालय झापाले आज जारी गरेको विज्ञप्तीमा झापामा ७९ महिलासहित १७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ भने ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले दिएको जानकारी अनुसार कनकाईका ४८ वर्षीय पुरुष, मेचीनगर–६ का ५८ वर्षीया महिला, भद्रपुर–२ का ७० वर्षीय पुरुष, दमक–१ का ५६ वर्षीय पुरुष, दमक–२ का ६९ वर्षीय पुरुष, बिर्तामोड–५ का ७३ वर्षीय महिलाको विभिन्न अस्पतालमा उपचारका क्रममा र होम आइसोलेसनमा मृत्यु भएको हो ।
फोकल पर्सन चौलागाईका अनुसार कनकाईमा ४ महिलासहित १४ जना, दमकमा ९ महिलासहित ३२ जना, बिर्तामोडमा १९ महिलासहित ४१ जना, गौरादहमा २ महिलासहित ६ जना, मेचीनगरमा ५ महिलासहित १० जना, भद्रपुरमा १९ महिलासहित ३४ जना, , हल्दीबारीमा १ महिलासहित २ जना, अर्जुनधारामा ४ महिलासहित ९ जना, बुद्वशान्तिमा १ महिलासहित ३ जना, कचनकवलमा १ महिलासहित ३ जना, कमलमा ४ महिलासहित ९ जना, शिवसताक्षीमा २ महिलासहित ३ जना, झापामा २ महिलासहित ५ जना र ठेगाना नखुलेका ६ महिलासहित ७ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
योसँगै झापामा संक्रमितको संख्या ५ हजार ६ सय, डिस्चार्ज ४ हजार ५ सय ६० जना, आइसोलेसनमा ८ सय ९८ जना, कुल संक्रमित एन्टिजेन १३८ जना र मृत्यु हुनेको संख्या १४२ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।